गल्याङ महोत्सव उद्घाटनका लागि धनराज गुरुङ स्याङ्जा आउने

राम बहादुर रोकाहा/चैत्र २९: तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटनका लागि पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ स्याङ्जा आउने भएका छन् ।
गल्याङ उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसर पारी `गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार´ भन्ने मुल नारा सहित तल्लो गल्याङको खेलमैदानमा गर्ने महोत्सवको उद्घाटनका लागि पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापति गुरुङ आउने तय भएको संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ (धुर्व)ले जानकारी दिए ।

चैत्र ३० गतेदेखि सुरु गरी वैशाख ९ गतेसम्म चल्ने उक्त महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुति, जिल्लास्तरीय भलिबल प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक भेषभुषाहरुको प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी एवम् प्रतियोगिताहरु हुने आयोजक संघले जनाएको छ ।

Share Post on Social media