सुन्तला सुपरजोन स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित

राम बहादुर रोकाहा/वैशाख ३१: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन संचालन समन्वय समिति, स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित भएका छन् ।

वैशाख २९ गते सम्पन्न चौथो अधिवेशनले अर्यालको अध्यक्षतामा नौ सदस्यीय समिति निर्वाचित भएको हो । समितिको सदस्यमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित भएको हो भने अन्य पदाधिकारीहरु अध्यक्ष अर्यालले बनाउनेछन् ।

समन्वय समितिको चौथो अधिवेशनमा ३५२ मत मध्ये २४३ मत खसेकोमा बोधराज अर्यालले १९० मत, मुक्ति अधिकारीले ३६ मत, लेखनारायण कोइरालाले दुई मत प्राप्त गरेका थिए भने १५ मत बदर भएको थियो ।

यद्यपि एक समूहले निर्वाचन वहिष्कार समेत गरेको थियो।

Share Post on Social media