अर्जुनचौपारी गाउँपालिकाले बाँड्यो किसानलाई अनुदानमा आलुको बिऊ
कार्तिक २६/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आलुको बिऊ वितरण गरेको छ।
अर्जुनचौपारी गाउँपालिकाभित्रका आमा समूह तथा कृषकहरुले माग गरेअनुसार ५०% अनुदानमा जनकदेव / कार्डीनल प्रजातिको रातो आलु, MS42 निलो आलु, खुमल उज्वल जातको सेतो आलुको बिऊ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
वितरण गरिएको उक्त आलुको बिउ प्लट गराएर कृषक समूहले लगाउन सक्नेछन् भने उत्पादन भएको आलु गाउँपालिकाले खरिद समेत गरिदिनेछ।
सबै प्रजातिको गरी २० टन आलुको बिउ वितरण गरिएको हो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्