नेपाललाई आईसिसी यु-१९ विश्वकपमा पुर्याउन योगदान दिएका तीन स्याङ्जाली खेलाडी पुरष्कृत हुँदै
मंसिर २/स्याङ्जा : आईसीसी यु-१९ विश्वकपमा नेपाललाई छनोट गराउन महत्त्वपूर्ण योगदान दिएका स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले पुरस्कृत गर्ने भएको छ ।
खेलकुदमा स्याङ्जाको मात्रै नभएर देशकै इतिहास रचेकाले विश्वकप खेल्ने तीनैजना महिला खेलाडीलाई पुरस्कृत गरिने गाउँपलिका प्रमुख प्रकाश तिवारीले जानकारी दिए । अध्यक्ष तिवारीले यही मङ्सिर ८ गते अर्जुनचौपारी गाउँपालिकामा बोलाई स्याङ्जाका ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही पन्ध्र हजार रुपियाँले पुरस्कृत गरिने बताए।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो। विश्वकपमा स्थान बनाएसँगै यु-१९ महिला क्रिकेट टोलीलाई सम्मान र बधाईको ओइरो लागेको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्