गल्याङमा कृति लोकार्पण तथा अक्षयकोष घोषणा समारोह सम्पन्न

मीलन समिर/स्याङ्जा :स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्त्वपूर्ण अर्थ राख्ने कृति लोकार्पण तथा अक्षयकोष घोषणा समारोह आज दिउँसो सम्पन्न भएको छ ।

नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष, गल्याङ नगरपालिका- ११, दिमिक, कुमाल्दी, स्याङ्जाको आयोजनामा आज शनिबार गल्याङ- ११ स्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको निवासमा कोषको पहिलो कार्यक्रमको रूपमा समारोह सम्पन्न गरिएको थियोे ।

अनौपचारिक रूपमा आयोजना गरिएको कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएका अनि मिलन समीरद्वारा सम्पादन गरिएका संस्मरण र नियात्राहरुको कृति ” ती दिनहरु ” को लोकार्पण समारोहमा समुपस्थित सम्पूर्ण परिवारजन, आफन्त, इष्टमित्र एवम साहित्यकार महानुभावहरुद्वारा संयुक्त रूपमा गरिएको थियोे ।
समारोहमा स्वर्गीय नारायणप्रसाद ज्ञवालीको स्मृतिमा उहाँको परिवारजनको तर्फबाट हरेक वर्ष नारायणप्रसाद ज्ञवालीको पुण्य तिथि अर्थात् नारायणप्रसाद ज्ञवाली स्मृति दिवसको सन्दर्भ पारेर राष्ट्रियस्तरका साहित्यकारहरुमध्ये एक जनालाई नगद राशि रु. २५ हजार ५ सय २५ /- सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्नेगरि नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष- २०८१ को घोषणा गरिएको थियोे । साथै उक्त पुरस्कार २०८२ सालको नारायणप्रसाद ज्ञवालीको दोस्रो वार्षिक पुण्य तिथि अर्थात उहाँको स्मृति दिवसको अवसरमा प्रदान गरिने भएको छ ।
समारोहमा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वको बारेमा उहाँका सहकर्मी अग्रज कवि चण्डिकाप्रसाद भट्टराईद्वारा मन्तव्य प्रस्तुत गरिएको थियोे ।
लोकार्पण गरिएको कृतिको सन्दर्भमा केन्द्रित रहेर युवा स्रष्टा सागर काफ्लेद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे । कार्यक्रमको सहजीकरण युवाकवि मिलन समीरद्वारा गरिएको थियोे ।
कार्यक्रममा साहित्यकार व्यक्तित्वहरु चण्डिकाप्रसाद भट्टराई, तोरणराज बस्याल, गुरुप्रसाद ढकाल, लोकहरि पाण्डेय क्षितिज, प्रेमबन्धु सुवेदी, ढालबहादुर के.सी.,अनन्त अर्याल, मदनकुमार पौडेल, लेखनाथ चापागाईं, रामप्रकाश उपाध्याय, मदनप्रसाद ज्ञवाली, विष्णुप्रसाद अधिकारी, लीलाराम ज्ञवाली आदिद्वारा आफ्ना उत्कृष्ट रचनाहरुको वाचन तथा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वको बारेमा प्रकाश पारिएको थियोे ।

Share Post on Social media