जन मावि रापाकोटको ६६ औं‌‌ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम‌ सम्पन्न

पुष ६/खबरकलम संवाददाता: जन मावि रापाकोटले आफ्नो ६६ औं‌ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।‌

अर्जुनचौपारी गाउँपालिका वडा नं ४ रापाकोटमा अवस्थित उक्त विद्यालयको ६६ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको हो।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा उक्त वार्षिकोत्सव तथा अभिभावक समारोह कार्यक्रम सम्पन्न गरिएको हो।‌ वार्षिकोत्सव कार्यक्रमकै अवसरमा आज हिमालयन बोर्डिङ स्कुल पोखराका फाउण्डर प्रिन्सिपल डा. टेक नारायण पौडेलको अध्यक्षतामा भूतपूर्व विद्यार्थि मञ्च समेत गठन गरिएको छ। जसमा दीपक विश्वकर्मा सचिव, आत्माराम चापागाइँ कोषाध्यक्ष, सुर्यप्रसाद चापागाइँ (उप.सचिव नेपाल सरकार), पुष्पा चापागाइँ ओख्ले (हाल अमेरिका ), सपना गुरुङ (उपाध्यक्ष अ.चौ.गा.पा.), तारानाथ पौडेल (काठमाडौ) सदस्य तोकिएका छन्।

सदस्यताको संख्या विस्तारै बढाउँदै लगिने जानकारी सचिव दीपक विश्वकर्माले दिए। उनका अनुसार अब सामाजिक सञ्जाल मार्फत विसं २०१६ सालदेखि श्री जन मा.वि.रापाकोटमा अध्ययन गरेका विद्यार्थीहरुलाई सम्पर्क गरी जोडिँदै लगिनेछ।

Share Post on Social media