प्रगतिशील लेखक संघ स्याङ्जा अध्यक्षमा अनन्त अर्याल निर्वाचित

खबरकलम संवाददाता /वालिङ: प्रगतिशील लेखक संघ नेपाल, स्याङ्जाको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघको छैटौं जिल्ला अधिवेशन जिल्लाकै प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल वालिङस्थित गह्रौंसुरमा आज सम्पन्न भएको हो।

अधिवेशनबाट अनन्त अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष अर्यालको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो। संघको उपाध्यक्षमा शम्भु अर्याल, सचिव नाराययण लम्साल र कोषाध्यक्षमा बसन्त खनाल चयन भएका छन्।

यसैगरी सदस्यहरुमा श्यामप्रसाद ढुङ्गाना, कमल बगाले, डिल्ली भण्डारी, प्रकाश न्यौपाने र रेशम गोतामे ‘पराजित’ चयन भएका छन् । योसँगै संघको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्य समिति गठन भएको छ ।
नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो पूर्ण बैठकले अरु दुईजना सदस्य मनोनित गर्ने अध्यक्ष मण्डलका संयोजक डा. अच्युतशरण अर्यालले जानकारी दिए। निर्वाचन मण्डलमा डा. अर्यालको संयोजकत्वमा सदस्यहरु हिमलाल पुरी र मणि पाठक रहेका थिए।

छैटौं अधिवेशनसँगै निवर्तमान अध्यक्ष चिन्तु गिरीले नवनिर्वाचित अध्यक्ष अर्याललाई माइन्युत हस्तान्तरण गर्दै बधाई र शुभकामना दिए।

Share Post on Social media