भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

भदौ १५/खबरकलम: भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। कोरोना भाइरस (कोभिड–१९) बाटसमेत संक्रमित बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो।

उनी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए।

Share Post on Social media