बेलायतकी रानी पतिको निधन

चैत २७/ अन्तराष्ट्रिय: वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ।

बेलायत विश्वकै पूरानो र ठूलो राजतन्त्र भएको मुलुक हो।

Share Post on Social media