सर्वसाधारण माथि गोली बर्साउँदै म्यान्मारको सेना

चैत्र १५ / एजेन्सी : म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ।

सेनाले कु गरी सत्ता हातमा लिएपछि सर्वसाधारणमाथि गरेको ज्याजतिबाट यति धेरैको ज्यान पहिलोपटक गएको हो । नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै नयाँ चुनाव गराउँछु भनेर सत्ता लिएको सेनाले चलाएको गोली लागेर अहिलेसम्म ४४० जनाले ज्यान गुमाएका छन्।

शनिबार म्यानमारमा सैनिक बल स्थापना दिवस थियो। त्यही दिन सुरक्षाकर्मीले यंगुन, मण्डालयलगायतका शहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्। 

सेनाको यस कदमको बिरोधमा विश्वका मुलुकहरुले खासै चासोको साथ आवाज उठाएका छैनन् । 

Share Post on Social media