बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले दिए राजीनामा

असार २३/अन्तर्राष्ट्रिय: बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

उनले आज राजीनामा घोषणा गर्दै पार्टीले प्रधानमन्त्री हुने नयाँ नेता चयन नगर्दासम्म आफैं प्रधानमन्त्री हुने बताएका हुन्।

उनको मन्त्रिमण्डलमा रहेका अधिकांश सदस्यहरुले उनको कार्यक्षमता माथि प्रश्न उठाई राजीनामा दिएकाले उनलाई नैतिक संकट परेको थियो।

Share Post on Social media