मेसी बने सबैभन्दा बढी कमाउने खेलाडी

खबरकलम/भदौ ३०: बार्सिलोनाका स्टार फरवार्ड तथा अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सी २०२० मा सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले विज्ञापन तथा फुटबलबाट जम्मा १२६ मिलियन वार्षिक आम्दानी गरेको फोर्ब्र्स पत्रिकाले जनाएको छ।

यस्तै दोश्रो नंबरमा पोर्चुगिज क्रिष्टियानो रोनाल्डो छन्, उनको आम्दानी ११७ मिलियन डलर रहेको छ। नेइमार ९६ मिलियन डलरसहित तेश्रो, फ्रान्सेली खेलाडी एमबाप्पे- ४२ मिलियन डलरसहित चौथो, मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर पाचौं,पाउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर छैटौँ, एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर सातौँ, गारेथ बेल- २९ मिलियन अमेरिकी डलर आठौँ,रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर नवौं, रडेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर सहित दशौं स्थानमा रहेका छन्।

एजेन्सी

Share Post on Social media