‘सक्किगोनी’ विरुद्ध प्रहरीमा कपिराइटको उजुरी

हरेक साता बिहीबार नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ विरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी दिएको छ । यस विषयमा छलफल गर्न अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ प्रहरी परिसर टेकु पुगेका छन् । मिडिया हबले भद्रगोलको क्यारेक्टर नक्कल गरेको भनेर कपिराइटको उजुरी हालेको हो । यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री–पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो ।

Share Post on Social media