बलिउड चलचित्र ‘आरआरआर’मा आलिया फाइनल

‘बाहुबली’ निर्देशक एसएस राजमौली अहिले आफ्नो नयाँ चलचित्र ‘आरआरआर’को तयारीमा जुटिरहेका छन् । राजमौलीले हालै मात्र चलचित्रका लागि कलाकार छनोटको काम सकाएका छन् । ‘आरआरआर’को लागि राम चरण र जुनियर एनटिआर सुरुवातमा नै पक्का थिए ।आलियाले यो चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गर्नेछिन् । आलिया राम चरणको जोडी भएर प्रस्तुत हुनेछिन् । चलचित्रको विषयबस्तु र राम्रो निर्देशक पाएकाले यो चलचित्रमा काम गर्न लागेको आलियाले बताएकी छिन् ।

बलिउडकी स्टार नायिका आलिया चलचित्रमा समावेश भएसँगै बलिउडमा अर्का स्टार पनि चलचित्रमा जोडिएका छन् । बलिउडमा राम्रो छाप बनाएका अजय देवगणलाई पनि दर्शकले आरआरआरमा देख्न पाउनेछन् । तर, अजय भने चलचित्रको मुख्य भूमिकाका लागि छनोट भएका हैनन् । अजयले यो चलचित्रमा केमियो भूमिका निर्वाह गर्नेछन् । निर्माण युनिटका अनुसार उनको रोल सानो भएपनि महत्वपूर्ण छ ।

३०० करोड लगानीमा निर्माण हुन लागेका आरआरआलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य राखेको छ ।

Share Post on Social media