खाद्यान्न वितरण सँगसँगै पहिलो पाइला नेपालले शैक्षिक सामग्री पनि बाँड्यो

असोज ११/ स्याङ्जा: पहिलो पाइला नेपाल स्याङ्जाले खाद्यान्न संकलन तथा वितरण अभियानलाई निरन्तरता त दिएको छ। साथसाथै यसले विद्यार्थी लक्षित शैक्षिक सामग्री वितरण अभियान आजदेखि संचालन गरेको छ।

शिक्षा संविधान प्रदत्त मौलिक हक हो, तर दुर्गम स्थानमा बिपन्न बिद्यार्थीलाई न त शिक्षा छ। न त मौलिक हकबारे जानकारी नै छ। घन्टौँसम्म हिडेर शिक्षा लिनुपर्ने बाध्यता र त्यसैमाथि गरिबीका कारणले शैक्षिक सामाग्री को अभाव पनि रहेको छ र आंशिक विद्यार्थी त बीचैमा बिद्यालय छाड्न बाध्य छन्।

यस्ता गरिब र विपन्न परिवारका विद्यार्थीलाई लक्षित गर्दै पाठ्यपुस्तक वितरण कार्यक्रम सुरु गरिएको जानकारी पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सदस्य झलक अर्यालले जनाएका छन्।

भविष्यका कर्णधार विद्यार्थीको यो समस्यालाई पहिचान गरी आँधीखोला गाउँपालिका-२ तिलिमका १० विद्यार्थीलाई घरमै पुगी शैक्षिक सामग्री वितरण गरेको अभियानकी संयोजक स्मृति काफ्लेले बताइन्। साथै, उनले सहयोगी मनलाई मन फुकाएर सहयोग गर्न पनि अनुरोध गरिन्। हामीले नगरे कसले गर्ने? र अहिले नगरे कहिले गर्ने? उनको प्रश्न थियो!

पाठ्यपुस्तक वितरण अभियानमा आँधीखोला आवासीय माविका संस्थापक, प्राचार्य र अन्य अभिभावकले सहयोगी भूमिका निर्वाह गरेका थिए।

Share Post on Social media