लमजुङले पनि दियो चेतावनी,”पढाए कारवाही हुने”

असोज १२/लमजुङ: जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यार्थी पढाए कारवाही गर्ने चेतावनी दिएको छ।

कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले त्यस्तो नगर्न र जिम्मेवारी आफैले लिन भन्दै चेतावनी दिएको हो। देशका विभिन्न जिल्लामा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन हुँदै गर्दा लमजुङमा भने विद्यालय खुले कारवाही हुने चेतावनी मिलेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार एक सूचना निकालेर अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था सञ्चालन गर्न निर्देशन दिएका हुन्।

विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित विद्यालय नै हुने र उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

Share Post on Social media