स्याङ्जा प्रहरी अपराध नियन्त्रणमा आक्रमक बन्दै

असोज १४/राम बहादुर रोका: जिल्ला प्रहरी कार्यालय स्याङ्जा पछिल्लो समय फरार अभियुक्तको खोजीमा तिव्र रुपमा लागेको छ। नयाँ प्रहरी प्रमुखको रुपमा एसपी होविन्द्र बोगटी आएपछि फरार अभियुक्तको खोजी गर्ने कामले तिव्रता पाएको हो।

आज मात्रै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले लागू औषधको मुद्दामा रु २,००० जरिवाना, ४ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका स्याङ्जा जिल्ला भीरकोट नगरपालिका -९ स्थायी ठेगाना भएका २० वर्षीय सुजन गुरुङलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत स्याङ्जामा उपस्थित गराईएको र कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

साथै, सार्वजनिक मुद्दामा रु ८,०००।– जरिवाना असुल उपर गर्न बाँकी रहेका अन्य ३ जनालाई समेत सम्मानित अदालतमा पेस गरिएकोमा जरिवाना रकम दाखिला छोडिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Share Post on Social media