काठमाडौँमा सुरु भयो लोडसेडिङ तालिका

असोज १६/काठमाडौं: नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ तालिका जारी गरेको छ।

तर, यो तालिका लोडसेडिङ गर्न नभई मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले प्रकाशित गरिएको प्राधिकरणले जनाएको छ।

लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ति काटिने छ ।

भोलि (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले जानकारी दिँदै भोलि ५ घण्टाका लागि बत्ती काटिने बताएको हो ।

त्यस्तै, गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगरगाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीसँगै बालाजु वितरण केन्द्र अन्तर्गतका स्थानहरुमा पनि बत्ति काटिने छ ।
 

Share Post on Social media