वालिङको पूरानो गह्रौसुर मन्दिरमा सरसफाई सम्पन्न

कार्तिक १/वालिङ स्याङ्जा: लियो क्लब अफ वालिङ सिटीले गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रमा रहेको प्रसिद्ध धार्मिक स्थल गह्रौँसुर मन्दिरमा सरसफाई तथा शुभकामना आदान प्रदान गरेको छ ।

क्लबले बडादशैंको पहिलो दिन घटस्थापनाको दिन वालिङ नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित गह्रौँसुर मन्दिर परिसरमा रहेका मन्दिर तथा आसपासको क्षेत्रमा सरसफाई गरेको क्लबका अध्यक्ष दिक्षान्त खाँणले बताउनुभयो । 

सरसफाईपछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आध्यात्मिक सेवाले मानिसलाई नैतिक बन्धनमा राख्ने बताउँदै सामाजिक क्षेत्रमा अझै अग्रणी भूमिका खेल्न सुझाव दिनुभयो ।

Share Post on Social media