आइतबारदेखि भीरकोटका विद्यालय खुल्ने

मंसिर ५/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका सबै विद्यालय मंसिर ७ गते आइतबारबाट संचालन हुने भएका छन्।

आज सम्पन्न नगरपालिकाका शिक्षा प्रतिनिधि तथा विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्यापकहरुबीच भएको छलफलमा आइतबारदेखि विद्यालय संचालन गर्ने सहमति भएको हो।

केही समयअघि मात्रै शिक्षा मन्त्रालयले विद्यालय संचालन गर्ने जिम्मा स्थानीय निकायलाई दिएपछि नगरलपालिकाले सक्रियता बढाएको हो।

विद्यालय संचालन गर्न भने स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा अपनाउनुपर्ने छ। विद्यालय सवारीमा मास्क र सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ। विद्यालय प्रवेशद्वारमा नै हात धुने व्यवस्था गरिएको हुनुपर्नेछ।

स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउनुपर्ने छ।

Share Post on Social media