नव क्रियाशील संस्थाको राहत वितरण कार्यक्रम सम्पन्न

मंसिर २२/स्याङ्जा: नव क्रियाशिल संस्था : नेपाली बाजे पोखरा र स्याङ्जा शाखाको संयुक्त आयोजनामा वालिङ १४ स्थित श्री जनहित माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।

वालिङ नगरपालिका वडा नं १४ का वडाध्यक्ष श्री झम्मर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रैपाला र बैरेको ३२ अशक्त दलित घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको थियो । साथै, जनहित माध्यमिक बिधालय, जनकल्याण प्रा.वि. र जनसेवा प्रा.वि.का करिब ९५ विद्यार्थीहरुलाई न्यानो स्विटर र टोपी वितरण गरिएको थियो ।

झलक अर्यालले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य नव क्रियाशिल संस्था पोखराकी टीम एडमिन पुनम ढकालले दिएकी थिइन्। कार्यक्रममा विद्यालयका प्र.अ टिकाराम डुम्रे लगायतले शुभकामना मन्तव्य दिएका थिए । यस्तै नेपाली बाजे संस्थाका संस्थापक एडमिन दिवस सापकोटाले संस्थाको बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि नेपालको ७७ वटा जिल्लाका कुनाकप्चामा पुगेर सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाली बाजे स्याङ्जाका संयोजक माधव प्रसाद रेग्मीले आगामी दिनमा पनि सहयोगको कार्यक्रम निरन्तर रुपमा रहने जनाएका छन्।‌

Share Post on Social media