पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाको अधिवेशन सम्पन्न

स्याङ्जा:
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाको १२ औं साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशन वालिङमा सम्पन्न भएको छ।


वालिङ स्थित अम्मर होटलमा महासंघका गण्डकी प्रदेश कोषाध्यक्ष रामचन्द्र नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा कार्यक्रमका सभापति एवं महासंघका निवर्तमान जिल्ला अध्यक्ष किसान श्रेष्ठले कार्यकालको समीक्षा तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष युवराज गौतमले आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो।


साधारणसभा पश्चात भएको छैटौं अधिवेशनले आगामी ३ वर्षका लागि चुडामणि लुइँटेल (रामु) को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितीको प्रथप उपाध्यक्ष युवराज गौतम, द्वितिय उपाध्यक्ष ध्रुव खनाल, सचिव दर्वेन्द्र देव खनाल, कोषाध्यक्ष धन बहादुर अधिकारी र सह सचिवमा युवराज अर्याल चयन हुनुभएको छ ।

Share Post on Social media