आफ्नो १०० दिनको समिक्षा गर्दै विरुवा गाउँपालिकाका जनप्रतिनिधि, उपस्थित हुन सबैलाई निम्तो
भदौ ३०/खबरकलम संवाददाता: विरुवा गाउँपालिकाले स्थानीय निकायको निर्वाचन पश्चात पदभार ग्रहण गरेको १०० दिन पुगेको अवसरमा समिक्षा कार्यक्रम गर्ने भएको छ।
विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले एक विज्ञप्ति जारी गर्दै पूर्व जनप्रतिनिधि, सम्पूर्ण कर्मचारी, शिक्षक, राजनीतिकर्मी, स्थानीय सर्वसाधारण, पत्रकार लगायत सबै सरोकारवालालाई उपस्थित भई आफ्नो सुझाव दिन तथा प्रगति समिक्षाबारे विश्लेषण गरिदिन आग्रह गरेका हुन्।
१०० दिनको समिक्षा गोष्ठी आयोजना गर्दै सरोकारवालाहरुलाई निम्तो दिँदै विरुवा गाउँपालिकाले नयाँ अभ्यास सुरु गरेको छ। यसअघि यस्तो प्रचलन विरुवा गाउँपालिकामा रहेको थिएन। कार्यक्रम असोज ४ गते बिहान ११ बजेदेखि नवज्योति माविको सभाहल विरुवामा हुने जनाइएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्