अनेरास्ववियु कालीगण्डकीले गर्यो एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रम

साउन ६/मिर्मी: अनेरास्ववियु कालीगण्डकी गाउँपालिका कमिटीले एसईई परीक्षा २०७९ मा सम्मिलित भई हालै उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान तथा काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ।

अनेरास्ववियु कालीगण्डकी गाउँ कमिटी स्याङ्जाद्वारा आयोजित २०७९ सालको SEE परिक्षामा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान तथा CAREER COUNSELLING कार्यक्रम कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक मुना न्यौपानेले दिइन्।

अनेरास्ववियु स्याङ्जा जिल्लाको पूर्व अध्यक्ष विश्वनाथ अर्याल, सगुन राना लगायतका वक्ताले विद्यार्थीलाई सम्मान गर्दै उज्वल भविष्यको कामना सहित शुभकामना दिएका थिए।

उक्त कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका ११ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी करिब ५० बढी विद्यार्थीको सहभागिता थियो।

Share Post on Social media