अर्जुनचौपारी गाउँपालिकाभर कक्षा ६ देखि ८ सम्म संस्कार शिक्षा लागू हुने

चैत्र १/खबरकलम डेस्क: आउँदो शैक्षिक सत्र २०८१ देखि अर्जुनचौपारी गाउँपालिकाका विद्यालयहरुमा संस्कार शिक्षा लागू हुने भएको छ।

अर्जुनचौपारी गाउँपालिकामा सञ्चालित माध्यामिक तथा आधारभूत तह (कक्षा ६-८ ) सम्म अनिवार्य रुपमा संस्कार शिक्षा लागू हुने गरी तयारी गरिएको जानकारी डाक्टर स्वामी केशवानन्दले एक स्टाटस लेख्दै दिएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी हुनुहुन्छ । उमेरले भर्खरको हुनुहुन्छ। हिम्मत र जाँगरले केही गर्ने हुटहुटी छ। आस्था, भावना र संस्कार छ । मेरो भेट पहिलो हो । उहाँ संस्कार शिक्षा विषयको खोजीमा हुनुहुँदो रहेछ, म विषयीको खोजीमा। कुरो दुवैको मिल्यो। २०८१ देखि गाउँपालिका भरी कक्षा ६-८ मा संस्कार शिक्षा लागु हुँदैछ।अध्यक्षज्यूलाई हृदयतः धन्यवाद।”

नैतिक शिक्षायुक्त संस्कारको देशभर नै खडेरी लागिरहेका बेला अर्जुनचौपारी गाउँपालिकाले पालिकाभरी नै लागू हुने गरी संस्कार शिक्षा लागू गर्ने सहमति गरेको हो। डाक्टर स्वामी केशवानन्द र अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीबीच आज एक सहमति भई उक्त घोषणा गरिएको हो।

Share Post on Social media