राष्ट्रिय स्वतन्त्र पार्टीले अर्जुनचौपारीमा गर्यो संगठन विस्तार, कमलकान्त अर्याल सभापतिमा चयन
भदौ १/स्याङ्जा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि भएको भनिएको प्रतिशोध विरुद्ध हस्ताक्षर अभियान अन्तर्गत अर्जुनचौपारी गाउँपालिकामा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गर्दै अर्जुनचौपारी गाउँपालिकामा संगठन समेत विस्तार गरेको छ।
यही साउन ३० र ३१ गते अर्जुनचौपारी गाउँपालिकाको ६ वटै वडामा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरिएको जानकारी रास्वपा गण्डकी प्रदेश प्रवक्ता बोधराज रेग्मीले दिए। करिब १५०० जनाले रवि लामिछानेमाथि भएको प्रतिशोध विरुद्ध हस्ताक्षर गरेका थिए।
रास्वपा अर्जुनचौपारी गाउँपालिका तदर्थ समिति गठन, कमलकान्त अर्याल सभापति
साथै, अर्जुनचौपारीमा आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको भेलाले कमलकान्त अर्यालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ। रुद्रप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको केन्द्रीय संगठन विभाग सदस्य झविलाल डुम्रे प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने नेपाल पर्यटन बोर्डका पूर्व सिईओ डाक्टर धनञ्जय रेग्मी विशेष अतिथिको रुपमा उपस्थित थिए।
तदर्थ कार्यसमितिको सभापतिमा कमलकान्त अर्याल, उपसभापतिमा भागिरथ सिग्देल, सचिवमा कालिभक्त देवकोटा, सहसचिव सन्तोष पौडेल, कोषाध्यक्षमा दुर्गा क्षत्री चयन भएका छन्। यसैगरी गीता पौडेल, पुनम खत्री क्षेत्री, रामप्रसाद गुरुङ, गंगाधर काफ्ले, उमाकान्त चापागाईं सदस्यमा चयन गरिएका छन्। समितिको पूर्ण बैठकमा ५ जना सदस्य थप गरिने जानकारी नवनिर्वाचित सभापति कमलकान्त अर्यालले जानकारी दिए।
