अमेरिकामा ८० लाख नाघ्यो कोरोना संक्रमित हुनेको संख्या

कार्तिक १/अन्तर्राष्ट्रिय: संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख ५० हजार १४१ पुगेको हो । 

विश्वमा कोभिड १९ बाट संक्रमित हुने देशमा अमेरिका पहिलो हो । त्यसैगरी यस संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका नै हो। अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ५९९ पुगेको छ ।

Share Post on Social media