चारकोठे स्वास्थ्यचौकी भवनको शिलान्यास

कार्तिक १/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाको वडा नं ७ पासिङडाँडामा चारकोठे स्वास्थ्यचौकी भवनको आज घटस्थापनाको साइतमा शिलन्यास गरिएको छ।

यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने उदेश्यका साथ उक्त भवनको शिलान्यास गरिएको हो। स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले संमृद्ध भीरकोटको लागि स्वास्थ्य सबैभन्दा ठूलो कुरा रहेको र त्यसमा पनि नयाँ जन्मने शिशु स्वस्थ हुनुपर्नेमा जोड दिए।

कुल ३८ लाख लागतको चारकोठे भवन निर्माण गर्ने ठेक्का जेएलसी बिल्डर्सले पाएको छ।

Share Post on Social media