अब मास्कसँगै सार्वजनिक यातायातमा यात्रा गर्दा फेसशिल्ड समेत लगाउनुपर्ने

कार्तिक २/काठमाडौँ: सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा फेसशिल्ड समेत अनिवार्य गरेको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए अनुसार अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेसशिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन्। 

‘मास्क लगाएजस्तो अब यात्रुहरूले फेसशिल्ड पनि अनिवार्य प्रयोग गर्नुपर्छ,’ उनले भने। तर, फेसशिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने भुषालले जनाए।

उनले भने, “फेसशिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न पाउँदैनन्।”

Share Post on Social media