भारतमा अस्पतालमै युवती बलात्कृत

कार्तिक १५/एजेन्सी: भारतमा एक युवती अस्पतालभित्रै बलात्कृत भएकी छिन्।

भारतस्थित फोर्टिस अस्पतालको भेन्टिलेटरमा उपचाररत एक २१ वर्षीया युवतीलाई बलात्कार गरिएको जानकारी भारतीय संचारमाध्यमले जनाएका छन्।

आफू बेहोस भएको मौका छोपी बलात्कार गरिएको पीडित युवतीले होसमा आएपछि आफ्ना बुबालाई बताएकी हुन्।  

अहिले पनि उनी भेन्टिलेटरमै छिन् र अझै राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन्।

Share Post on Social media