प्रगति महिला विकास सहकारीको साधारणसभा सम्पन्न

पौष १०/युवराज अर्याल: पुतलीबजार नगरपालिकाका प्रमुख सिमाकुमारी क्षेत्रीले सहकारीबाट उद्यम र सामुहिक उत्पादन गरेर समृद्ध नगरको सपना पुरा हुने बताउनुभएको छ ।

पुतलीबजार नगरपालिका ११ स्थित मायाटारीमा रहेको प्रगति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै महिलाको सहभागितामा सञ्चालित सहकारीले महिलाको आर्थिक उन्नती संगसगै सामाजिक शसक्तिकरणमा ठुलो भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नुभयो ।


कार्यक्रममा पुतलीबजार नगरपालिकाका सहकारी शाखा प्रमुख विष्णु प्रसाद ढकाल, वडा नम्बर ११ का कार्यवाहक वडाध्यक्ष मनोज पौडेल, नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास समिति संयोजक बाबुकाजी जिटी, जिल्ला बचत तथा ऋण सहकारी संस्था का सल्लाहकार एवं नवज्योति कृषि सहकारी संस्थाका प्रबन्धक भुमीजंग केसी, गाउँले बचत तथा ऋण सहकारीका अध्यक्ष खेमराज अर्याल, उपाध्यक्ष डाँसीनारायण पौडेल, सचिव याम बहादुर केसी लगायतका वक्ताहरुले सहकारी सम्बन्धि आआफ्ना धारणा, अनुभबहरु र शुभकामना मन्तब्य राखेका थिए ।


साधारणसभामा संस्थाका अध्यक्ष तारा केसी अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भवानीदेवी ढकाल क्षेत्रीले आर्थिक प्रतिवेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाबाट वार्षिक नियमित कारोबार गर्ने र संस्थालाई बिभिन्न योगदान पुर्याउने शेयर सदस्य मध्ये ज्येष्ठ नागरिक, असल कर्जा सेवाग्राही र नियमित बचतकर्ता लाई सम्मान गरिएको थियो, त्यसैगरी संस्थामा प्राबिधिक सहयोग गर्ने युएनडिपिका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख ई. सुदिप अर्याललाई पनि सम्मान गरिएको थियो ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष तारा केसी अर्यालको अध्यक्षतामा सम्पन्न साधारणसभामा सदस्य जुना केसीले स्वागत मन्तब्य र सदस्य हिमकुमारी जिटीले धन्यबाद मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सीता अर्यालले गर्नुभएको थियो ।
संस्थाको आजै भएको अधिवेशन बाट तारा केसी अर्यालकै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ
जसको उपाध्यक्ष गङ्गा अर्याल,
सचिव सिता अर्याल,
कोषाध्यक्ष भवानी ढकाल क्षेत्री र
सदस्यहरुमा जमुना सेन्चुरी, हिम कुमारी जिटी, सरिता पौडेल केसी, राधा केसी रोका, जुना केसी, बिष्णु अर्याल, गिता केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।


त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रञ्जु अर्याल, शिक्षा उपसमितिमा ऋषिकुमारी पराजुली अर्याल र लक्ष्मी पौडेलको संयोजकत्वमा महिला हिंसा नियन्त्रण उपसमिति गठन गरिएको छ ।

Share Post on Social media