भीरकोट उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन सम्पन्न

पौष १०/राजनप्रसाद पौडेल: भीरकोट उद्योग वाणिज्य संघ तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ ।

पौष ९ र १० गते गरी २ दिनसम्म भएको सो साधारणसभाको उद्घाटन भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले गरेका थिए।

उद्घाटन समारोह बोल्दै उनले उद्योग वाणिज्य संघ र नगरपालिकाको सम्बन्ध जहिले पनि समुधुर भएको र आगामी दिनमा पनि हुने विश्वास व्यक्त गरेका थिए । अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै सबल र सक्षम चयन हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त अधिवेशनले जगदिश प्रसाद कोइरालालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्याल, प्रथम उपाध्यक्ष : चिन्तामणी चापागाईं द्वितीय उपाध्यक्ष : कमल त्रिपाठी
महासचिव :चोपनारयण श्रेष्ठ, सचिव : पर्वत खाम्चा मगर, कोषाध्यक्ष : राजकुमार श्रेष्ठ, सहकोषाध्यक्ष: कृष्ण वहादुर खत्री, सदस्य : मित्रकुमारी खनाल, शिव प्रसाद खनाल, धमन सिं गुरुङ, सुशील अर्याल, देवीप्रसाद चापागाईं, सन्दीप के. सी., छबिलाल बि. क., रेखा बसेल, राजन सुनार, जफर अलि सर्वसम्मत चयन भएका छन्।

Share Post on Social media