सरकारले गर्यो राष्ट्र बैंकका गभर्नरलाई निलम्बन

चैत २५/काठमाडौं: नेपाल सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ।

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको जनाइएको छ।

पछिल्लो समय अर्थतन्त्रको बारेमा गरिएका टिप्पणी र बैंकरहरुलाई बोलाएर दिइएको मौखिक निर्देशन लगायतका विषयमा सरकार गभर्नरसँग असन्तुष्ट रहेको स्रोतको भनाई छ।

Share Post on Social media