स्याङ्जामा पनि सानिमा बैंकको शाखा विस्तार

मंसिर १४/रामबहादुर रोका: स्याङ्जा सदरमुकाममा बुधवार सानिमा बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित बैंकरोडमा सानिमा बैंकले आफ्नो १३३ औं शाखाको रुपमा स्याङ्जा पुतलीबजार शाखा विस्तार गरी बैंकिङ सेवा दिन शुरु गरेको हो । नेपालकै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा पुतलीबजार शाखाको समुद्घाटन गरेका थिए ।

उक्त समुद्घाटन समारोहमा वरिष्ठ कलाकार श्रेष्ठले बैंकले थप एक नयाँ शाखा विस्तार गरी बैंकिङ सेवाको शुरु गरि स्याङ्जाबासीलाई सेवा सुविधा प्रवाह गरेकोमा बैंकलाई यस शाखाको सफलताको सुभकामना व्यक्त गरेका थिए । उनले हरिवंश आचार्यको आज विशेष कारणले उपस्थित हुन नसकेतापनि उनीसङ्गै भएको अनुभूति गर्दै आफूहरुको ४३ औं वर्षको सहयात्रालाई स्मरण गरेका थिए ।


त्यस्तै, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक साथै सरोकारवाला सम्पूर्णलाई साथ, सहयोग तथा सद्भावका लागि उक्त समारोहमा कृतज्ञता व्यक्त गरे ।

Share Post on Social media