बझाङमा १२ बर्षको बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधी सार्बजनिक

असोज १३/खबरकलम: १२ वर्षिया बालिका सम्झना बिकलाई बलात्कार गरी हत्या गर्ने राजेन्द्र बोहरालाई आज जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलन गरी उक्त बलात्कारीलाई जिप्रका बझाङका डिएसपी रुपक खड्काले सार्बजनिक गरेका हुन्।


सायद यो बलात्कारीलाई आज भन्दा १ महिना अगाडि १४ वर्षिया दलित बालिकालाई बलात्कार गर्दा त्यो गाउँका पन्चायत बसी रु ५०० बच्चालाई दिएर माफी मगाई नछोडेको भए सम्झनाको हत्या हुने थिएन। त्यसरी गाउँमै मुद्दा मिलाउन मतियार गर्ने सबैलाई कडा कारबाही गर्न गृहमन्त्री राम बहादुर थापाले निर्देशन दिइसकेका छन्।

सम्झनाको हत्या हुनुमा बलात्कार जस्तो जघन्य अपराधलाई लुकाउनु र मेलमिलापमा लैजानु ,अपराधीलाई यसरी समाजले सम्मान दिएर पाल्नुलाई मानिएको छ।

Share Post on Social media