यस वर्षको नोबेल शान्ति पुरस्कार डब्लुएफपीलाई

अदोज २३/अन्तर्राष्ट्रिय: यस वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रम (डब्लुएफपी) लाई प्रदान गरिने भएको छ।

विश्वका द्वन्द्वग्रस्त क्षेत्र र खाद्यअभाव भएका ठाउँमा भोकमरी हटाउन योगदान गरेको भन्दै नोबेल पुरस्कार निर्णायक समितिले डब्लुएफपीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

अल्फ्रेड नोबेलले स्थापना गरेको नोबेल पुरस्कार विभिन्न ६ वटा विधामा प्रदान गरिन्छ।

Share Post on Social media