स्याङ्जा/फागुन १७: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम अन्तर्गत आज भीरकोट नगरपालिकाको १ नंबर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ।
एक कार्यक्रमका बीच १ नंबर वडाका वडाध्यक्ष दीपेन्द्र केसी, वडाका निवार्चित सदस्यहरु, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरु, बालक्लबका सदस्यहरु, महिला समूह तथा अन्य सरोकारवालाहरुका बीच आज १ नंबर वडालाई बालमैत्री वडा घोषणा गरिएको हो।
सयौँ व्यक्तिहरु उपस्थित उक्त कार्यक्रममा सबैले बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा पालना गर्ने कुरामा हस्ताक्षर सहित प्रतिबद्धता जनाएका थिए।
यही फागुन २२ गते भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेको छ।
