२०८३ अशोज ६, मङ्लबार

उद्घाटन,समापनमा कम बोलाउनू! पालिका कार्यविधि पालना गर्नू! तिवारी

चैत ७/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले विभिन्न खालका उद्घाटन तथा समापन कार्यक्रममा आफूलाई प्रमुख अतिथि बनाउनुको सट्टा पालिकाले बनाएको कार्यविधि पालना गर्नुपर्नेमा जोड दिएका छन्।

खबरकलम डटकमसँग आज कार्यकक्षमा बोल्दै उनले यस्तो बताएका हुन्। जनताको म्यान्डेट उद्घाटन र समापन मात्रै नभएर पालिकाभर विकास निर्माण, सुशासन, शान्ति सुरक्षा, नीतिगत सुधार, रोजगारी सिर्जना, गरिबी निवारण लगायतका कुरामा भएको उल्लेख गर्दै उनले आफ्नो प्राथमिकता अर्जुनचौपारी गाउँपालिकामा सुशासन र संबृद्धि रहेको बताए।

वडास्तरीय कार्यक्रममा वडाध्यक्ष प्रमुख अतिथि हुने, पालिका स्तरीय कार्यक्रममा पनि प्राथमिकता तोकेर उपाध्यक्षलाई प्रमुख अतिथि बनाउने कुरा बताउँदै उनले सकेसम्म रिबन काट्ने, खटदा ओढ्ने ओढाउने जस्ता कुरालाई नियन्त्रण गर्दै आर्थिक मितव्ययिता अपनाउन समेत सबैलाई आग्रह गरे।

आफूले घोषणा गरेअनुसार गाउँपालिकाका बासिन्दालाई शेयरबजारमा आकर्षित गर्न डिम्याट खाता खोली शेयर कारोबारमा प्रवेश गराउने कार्यको अन्तिम चरणमा पुगेको उनले जानकारी समेत दिए।

पालिका प्रमुखमा प्रकाश तिवारी आएपछि धेरै हदसम्म पालिकामा सुधार भएको सरोकारवाला बताउँछन्।

विरुवा गाउँपालिकाले आयोजना गरेको भलिबल प्रतियोगितामा कालीगण्डकी प्रथम

चैत ४/स्याङ्जा: विरुवा गाउँपालिका स्थानीय खेलकुद विकास समितिको आयोजनामा संचालित छैटौं अध्यक्ष कप -२०७९ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

आज आयोजित समापन समारोहमा विरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवरले विजयी टोलीलाई नगद सहित शिल्ड प्रदान गरेका हुन्। कालीगण्डकी गाउँपालिका, विरूवा गाउँपालिका र वालिङ नगरपालिकाले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । प्रथम हुने कालीगण्डकी गाउँपालिकाले रु. १ लाख ५० हजार, दोश्रो स्थान हासिल गर्ने विरुवा गाउँपालिकाले रु. १ लाख र तेस्रो स्थान हासिल गर्ने वालिङ नगरपालिकाले रु. ५० हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।

उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई पालिकाले आभार प्रकट समेत गरेको छ।

स्याङ्जा जिल्लाको भीरकोटमा हेलिप्याड निर्माण गरियो

फागुन २८/स्याङ्जा: स्याङजा जिल्लाको भीरकोट नगरपालिका वडा नं ८ स्थित मोहनडाँडामा पालिकाकै पहिलो हेलिप्याड निर्माण गरिएको छ । वडाअध्यक्ष नन्दलाल खनालको पहल तथा वडाको लगानीमा पालिकाको पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको हो ।

नवनिर्मित हेलीप्याडको आइतबार उद्धघाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री मेखलाल श्रेष्ठले हेलिप्याड वडाध्यक्षको व्यक्तिगत पहलमा निर्माण गरिनु खुशीको कुरा भएको बताए । उनले आपतकालीन अवस्थामा अब हेलिप्याड प्रयोग गर्न सकिने हुनाले स्थानीयवासीले राहत महसुस गर्ने उनले जानकारी दिए।

आपतकालिन उद्दारका लागि ठाउँ भएतापनि आधिकारिक हेलिप्याड निर्माण हुन नसक्दा बिरामी उद्धारमा समस्या थियो । जिल्लामा पुतलीबजार ३ कुमाल गाउँमा आर्मीको १ आधिकारिक हेलिप्याड बाहेक अरू छैन।

हेलिप्याड करिब २ लाख लागतमा निर्माण सम्पन्न भएको हो। जसमा वडा कार्यालयबाट ५० हजार तथा वडाध्यक्ष नन्दलाल खनाल आफैले बाँकी रकम सहयोग गरेका हुन्।

नेपाली भाषा शिक्षक परिषद्को सातौँ अधिवेशनबाट अर्याल अध्यक्षमा निर्वाचित

फागुन २८/पोखरा: भाषा सभ्यताको संवाहक हो´ भन्ने मूल मन्त्रका साथ स्थापित नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको तेह्रौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।उक्त अधिवेशनले डिल्लीराम अर्यालको अध्यक्षतामा सोह्र सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद लम्साल ,उपाध्यक्ष विक्रम पौडेल ,महासचिव शिवहरि सुवेदी ,सचिव नारायणप्रसाद पराजुली र कोषाध्यक्षमा इन्दिरा सुवेदी रहनुभएको छ ।त्यस्तै सदस्यहरूमा विष्णुप्रसाद पौडेल ,पार्वती खनाल ,पोष्टराज सुवेदी ,हरिप्रसाद शर्मा,प्रेमनारायण ढकाल ,सावित्री पौडेल बराल,सावित्री पहारी,प्रदीप पोख्रेल , भावना लामिछाने र झलक पौडेल निर्वाचित हुनुभएको छ।
नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ भाषाविद् मुकुन्दशरण उपाध्याय र परिषद्का सल्लाहकार एवम् पूर्व अध्यक्ष डोलराज अर्याल सम्मानित हुनुभएको छ ।


उक्त कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले शुभकामना मन्तव्य राख्दै नेपाली भाषाको एकरूपताका लागि भाषाविज्ञहरूका बिचमा गम्भीर छलफल हुनुपर्ने धारणा राख्नुभएको थियो ।मन्तव्यका क्रममा भाषाविद् मुकुन्दशरण उपाध्यायले भाषामा वैज्ञानिकताको खोजी गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।कार्यक्रममा सल्लाहकार डाक्टर यामनाथ तिमिल्सिना ,डाक्टर पुण्यप्रसाद पौडेल ,माधवशरण उपाध्याय ,बोधराज ढकाल ,डोलराज अर्याल,युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ ,गणित शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी,विज्ञान विषय समाजका अध्यक्ष शान्ताराम लामिछाने ,जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


डोलराज अर्याल संयोजक तथा दिनेश सापकोटा र भानुभक्त पोख्रेल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सचिव सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल निर्वाचित

फागुन २७/स्याङ्जा: नेपाल शिक्षक संघ स्याङ्जाको नवौं अधिवेशन सम्पन्न भएको छ।

आज सम्पन्न उक्त अधिवेशनले पशुपति पौडेलको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा बाटुली पौडेल अधिकारी, उपाध्यक्षमै परशुराम भट्टराई, सचिव युवराज ढकाल लगायतका ३२ सदस्य चयन भएको जनाइएको छ।

राष्ट्रिय युवा संघ नेपाल भीरकोटको दोश्रो नगर अधिवेशन सम्पन्न, जुमाल अलि अध्यक्ष चयन

फागुन २७/स्याङ्जा: राष्ट्रिय युवा संघ भीरकोटको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ।

आज स्याङ्जा जिल्लाको भीरकोटमा सम्पन्न भएको उक्त अधिवेशनले जजमाल अलिको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित गरेको हो।

उपाध्यक्ष चेत बहादुर गुरुङ (राजु), सचिव धन बहादुर के.सी(किसान), उपसचिव बुद्दिमान बि.क.(दीपक), प्रेम सिंजाली लगायतका सदस्यहरु रहेको जानकारी अध्यक्ष पदमा निर्वाचित जुमाल अलिले दिएका छन्।