२०८३ अशोज ५, सोमवार

आज देशभर नेकपा एमालेको वडा अधिवेशन हुँदै

कार्तिक ६/स्याङ्जा: आज स्याङ्जा जिल्ला सहित देशभरका सबै जिल्लाका स्थानीय निकायको वडा-वडामा नेकपा एमालेको अधिवेशन हुँदै छ।

विधान महाधिवेशन पछिको पहिलो र पार्टी पुनर्गठन पश्चात हुँदै गरेको अधिवेशन भएकाले यसलाई पहिलो अधिवेशन भनिएको र गाउँ नगर अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा गर्ने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ।

पार्टीको वडा कमिटि ३१ र पालिका कमिटी ७५ सदस्य हुनेछ । दुवै कमिटीमा १ तिहाई महिलाको सहभागिता गराउनुपर्नेछ । वडा र पालिका स्तरको कमिटीमा पदाधिकारी संख्या बराबर हुनेछ। जसमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव चयन हुनेछन्।

भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

भदौ २१/भीरकोट स्याङ्जा: स्याङ्जाको भीरकोट – १ हेलु नयाँबजारमा अवस्थित भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा आज एक समारोहकाबीच सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख छायाराम खनालले विपन्न महिलाहरुलाई वचत गर्ने बानीको विकास गर्न रु१०००/- को दरले यस सहकारी संस्थामा शेयर सदस्य रकम वापत रकम सहयोग गर्ने,
कृषि एवं पशुपालनका क्षेत्रमा विविध योजना महिलाहरुका लागि तर्जुमा एवं कार्यान्वयन गर्ने, नगरपालिकाले गर्नुपर्ने महिलाहरुप्रतिको योजना प्रथमिकतामा कार्यान्वयन गर्ने कुरामा विशेष जोड दिएका थिए ।


चण्डीका सापकोटा (अर्याल ) को सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा विशिष्ट अतिथिको तर्फबाट भीरकोट नगर उप – प्रमुख सीमा के. सी. कर्माचार्यले,अतिथिको तर्फबाट भीरकोट नगर प्रबक्ता दिपेन्द्र के. सीले, नगर प्रमुखका स्वकिय सचीव नन्दलाल खनालले र भीरकोट नगर कार्यपालिका सदस्य विष्णु माया काफ्लेले शुभकामना मन्तव्य राखेका थिए । उक्त सधारणसभामा अध्यक्षको प्रतिवेदन चण्डीका सापकोटा अर्यालले, सचीवको प्रतिवेदन सन्जु पौडेलले र कोषाध्यक्ष भगवती अर्यालको तर्फबाट संस्थाकि सहायक व्यबस्थापक अनु खड्काले आम्दानी तर्फ २लाख ६१ हजार ७ सय ८१ रुपैया ६० पैसा र खर्चतर्फ २ लाख १८ हजार ९ सय ६६ रुपैयाँ ४२ पैसाको आयव्यय प्रस्तुत गरेकी थिइन् ।
यसैबीच सो साधारणसभाले चण्डीका सापकोटा ( अर्याल ) को अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । चयन भएकाअन्य कार्यसमितिमा उपाध्यक्षमा उषा सापकोटा सचिवमा सन्जु पौडेल कोषाध्यक्षमा भगवती रेग्मी र सदस्यहरुमा क्रमशः कल्पना क्षेत्री वि.क., विष्णु बोटे माझी र तीरमाया गुरुङ रहेका छन् ।


साधारणसभा कार्यक्रमलाई स्वागत मन्तव्य उपाध्यक्ष उषा सापकोटाले र कार्यक्रमको संचालन सदस्य तीरमाया गुरुङले गरेको बताइएको छ ।

पोखरा छोरेपाटन मा.बि.का विद्यार्थीद्वारा शैक्षिक सामाग्री वितरण

असोज २०/राम बहादुर रोका: कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित छोरेपाटन माध्यमिक बिद्यालयका विद्यार्थीद्वारा पोखरा-२२ स्थित महेश्वरी माध्यमिक विद्यालयमा अध्यनरत प्रा.वि.तहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।


छोरेपाटन मा.बि.मा अध्यनरत बिज्ञान संकायका २०७६/७७ ब्याचका सम्पुर्ण विद्यार्थीहरुले मिलेर आआफ्नो व्यक्तिगत खर्च छुट्टयाएर बिधाई कार्यक्रम स्वरुप पोखराको पुम्दिभुम्दीमा रहेको महेश्वरी माध्यमिक विद्यालयमा प्राथमिक तहसम्म अध्यनरत जेहेन्दार तर गरिबीले सताइएका ससाना भाइबहिनीहरुको हातमा शैक्षिक सामाग्री वितरण गरिएको छोरेपाटनमा अध्यनरत विद्यार्थी विशाल रिमालले जानकारी दिनुभयो ।
करिब ५४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य रहेतापनी कोभिड अझै नियन्त्रणमा नआएको समयमा उपस्थित भएका विद्यार्थीहरुलाई स्वयम् विशाल रिमाल र उहाँका साथीहरूले वितरण गरेको र उपस्तिथित हुन नसकेका विद्यार्थीहरुलाई सोही विद्यालय प्रशासनमा सामाग्री बुझाएर विद्यालयले नै हस्तान्तरण गरिदिन अनुरोध गरेको रिमालले बताउनुभयो ।

अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीद्वारा बिद्यार्थीलाई सेनेटेरी प्याड वितरण

असोज २०/राम बहादुर रोका: कास्की जिल्लाको पोखरा महानगरपालिका वडा.न.-८ सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटीले एक कार्यक्रमबीच दलित बस्तीका विद्यार्थी दिदिबहिनीलाई लक्षित गरी सेनेटरी प्याड वितरण गरेको हो ।
गत शुक्रबार अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको सो कार्यक्रममा सेनेटरी प्याडको मुल्यमा कर बढाएर थप मुल्य वृद्धि गरेको सरकारलाई रातो कर खारेज गर भन्दै एक रचनात्मक साथै सचेतमुलक आन्दोलन गरी ध्यानाकर्षण कार्यक्रम सम्पन्न गरेको कमिटी सचिव सागर प्रसाद शर्माले जानकारी दिनुभयो ।
सो कार्यक्रममा एउटा डोनेसन बक्स राखिएकोमा स्वैच्छिक रुपमा आर्थिक सहयोग गर्नुहुने महानुभावबाट तीन हजार पाँच सय पैँतीस रुपैयाँ संकलन भएको र सोही कमिटीले आज पोखरा महानगरपालिका -२१ महोबारी दलित बस्तीका विद्यार्थी दिदिबहिनीहरुलाई लक्षित गर्दै ५० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको कमिटी सचीव शर्माले बताउनुभयो ।


सचिव शर्माका अनुसार आज सम्पन्न भएको कार्यक्रममा समुदायका करिब ५० महिला दिदिबहिनीहरुको उपस्थितमा महिनावारी सम्बन्धी सामान्य जनचेतनामूलक प्रशिक्षण साथै सेनेटरी प्याडको फाइदा एवं स्वास्थ्यमा पर्ने असरको बारेमा थोरै कुरा समेत कार्यक्रममा गरिएको शर्माले जानकारी दिनुभयो र आगामी दिनमा सशक्त भई सामाजिक कार्यमा सधैं अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटी सक्रिय हुने प्रतिवद्वता समेत गर्नुभयो ।
आज गरिएको कार्यक्रमको समन्वय महेन्द्र मन्नुले गर्नुभएको थियो भने कास्की जिल्ला समन्वय समितिकी सदस्य सीता बि.क.ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।