२०८३ अशोज ५, सोमवार

वालिङमा सार्वजनिक बहस सम्पन्न,काङ्ग्रेस बाहेकका सबै उम्मेदवार सहभागी

खबरकलम संवाददाता/वालिङ: स्याङ्जाको वालिङमा मतदाता र उम्मेदवारबीच सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरिएको छ ।

अकला आवाज साप्ताहिकको आयोजनामा शुक्रबार वालिङ उद्योग वाणिज्य संघको सभाहलमा स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु र यहाँका मतदाताबीच सार्वजनिक बहस गरिएको हो । जनताको चासो, जनताको भावना र जनताको सरोकारका लागि मतदाताको प्रश्न, उम्मेदवारको जवाफ विषयमा सरोकारवालहरुबिचमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुले आफ्ना साझा ऐजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा सहभागि भएका मतदाताहरुले विकास सुशासन र नागरिक सरोकारका विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका उम्मेदवार खिम बहादुर थापा, रास्वपाका उम्मेदवार झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन पाठक, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, जनमुक्ति पार्टीबाट हरिदेव थापा, जय मात्रिभूमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट तेजबहादुर थापा लगायतले आफ्ना चुनावी ऐजेण्डा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई जानकारी गरिएको भएपनि सहभागी भने हुनुभएन।
आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेको बेला स्याङ्जाका मतदाताले आगामी उम्मेदवारसंग गरेका अपेक्षा र उम्मेदवारहरुले आम नागरिक तथा समग्र स्याङ्जाको विकासका लागि बनाएका ऐजेण्डाका बारेमा सार्वजनिक बहस गर्न यो साझा मञ्च उपलब्ध गराईएको अकला आवाजका अध्यक्ष एवम् प्रधानसम्पादक प्रकाश डुम्रेले बताउनुभयो । चुनावी माहोलमा सबै उम्मेदवारलाई मतदाता प्रति गम्भीर र जिम्मेवार बन्न कार्यक्रम आयोजना गरिएको डुम्रेको भनाइ थियोे । विभिन्न ढंगले स्थानीय जनता एवम् मतदाताले उठाएका सवालहरु एवम् मुद्धाहरु उठान गर्न उम्मेदवारहरुलाई एउटै मञ्चमा राखेर स्याङ्जाका नागरिक तथा मतदाताप्रति जिम्मेवार जवाफदेही बनाउने उदेश्यले यो बहस गरिएको उहाँले बताउनुभयो ।


कार्यक्रममा सहजीकरण हिमलाल पराजुली र पत्रकार केपी खनालले गर्नुभएको थियोे भने अकला आवाज साप्तहिकका अध्यक्ष तथा प्रधान सम्पादक डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकला आवाजका प्रबन्धक ध्रुव गौडेलले र स्वागत कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गर्नुभएको थियो । (अकला आवाजबाट साभार)

स्याङ्जामा थपियो अर्को पत्रिका, लोकार्पण वालिङका मेयर कृष्ण खाँडले गर्ने

खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको पत्रकारितामा थप एक साप्ताहिक पत्रिका र पत्रिकाकै अनलाइन संस्करण थपिएको छ। 

प्रमाणन्यूज नामक अनलाइन पोर्टल र साप्ताहिक छापा बजारमा ल्याउने तयारी गरिएको जानकारी उक्त मिडियाका अध्यक्ष गोपाल जिटीले दिए। 

मिडियाको उद्घाटन तथा पत्रिकाको लोकार्पण वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले गर्ने कार्यक्रम आजै राखिएको छ। गोपाल जिटी अध्यक्ष र कला राना सम्पादक रहेको प्रमाणन्यूजको कार्यकारी सम्पादक भने नारायण कोइराला रहनेछन्। उक्त पत्रिकालाई स्याङ्जाको महत्त्वपूर्ण सञ्चार संस्था बनाउने प्रयत्न गरिने तयारी प्रमुख कार्यकारी सञ्चालक मोहन गुरुङको छ। 

स्याङ्जाका नागरिकका मुद्धा र सिद्धार्थ राजमार्गको स्तरोन्नति लगायतका विषयमा मिडियाको खबरदारी निरन्तर रहोस् भन्ने शुभकामना खबरकलम डटकमबाट पनि व्यक्त गर्दछौं।

भाग्योदय माविको स्वर्ण महोत्सवको उद्घाटन जिटीले गर्ने,राष्ट्रपति संहिताले रोकिए

खबरकलम संवाददाता/स्याङ्जा:स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ६ उजेलीडाँडास्थित श्री भाग्योदय माध्यमिक विद्यालय स्थापनाको ५० बर्षमा पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सवको आज उद्घाटन हुनेे भएको छ।

स्वर्ण महोत्सवलाई भव्य बनाउन विद्यालयले आजदेखि माघ १४ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको हो। वि.सं. २०३३ सालमा एउटा समीको चौपारीको नाङ्गो चौरमा खरको छानामुनिबाट सुरु भएको भाग्योदय माध्यमिक विद्यालयले ५० औं वर्ष प्रवेश गरेको अवसरमा विविध शैक्षिक, सांस्कृतिक कार्यक्रम , स्वर्ण स्मारक निर्माण, शैक्षिक मेला , बालप्रतिभा प्रदर्शनी र अतिरिक्त क्रियाकलापसहित स्वर्ण जयन्तीलाई शैक्षिक महोत्सवका रूपमा मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिए।

महोत्सवको उद्घाट्नमा राष्ट्रपति रामचन्द्र पौडेल देखि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले समेत गर्ने चर्चा एवम् आयोजकले बताएको थियोे तर निर्वाचन आंचार संहिताले दुबै नआउने भएपछि जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले गर्ने तयारी गरिएको छ ।
स्वर्ण महोत्सवका लागि ५०१ सदस्यीय मूल समिति गठन गरेर तयारी व्यापक गरिएको व्यवस्थापन समिति सदस्य विश्वनाथ अर्यालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालको नेतृत्वमा स्वर्ण महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो भने खनालकै संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ ।
विद्यालयको स्वर्ण महोत्सवको खबरले त्यहाँ पढेका पूर्व विद्यार्थी उत्साहित भएका छन् भन्ने विभिन्न ढंगले सहयोग तथा सहभागीता हुने समेत अपेक्षा राखिएको छ। यसअघि नै पूर्व विद्यार्थी मञ्चको अधिवेशनले ढाकाराम खनालको नेतृत्वमा नयाँ कार्यसमिति गठन समेत भएको छ।

रास्वपा स्याङ्जाले वालिङ र अर्जुनचौपारीमा पार्टी कार्यालय स्थापनासँगै बढायो चुनावी गर्मी

खबरकलम संवाददाता/स्याङ्जा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसारमा तिव्रता दिएको छ। 

आज स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकामा एकैसाथ आफ्नो पार्टी कार्यालयको उद्घाटन गर्दै रास्वपाले चुनावी सक्रियता बढाएको हो। 

रास्वपाको तर्फबाट समानुपातिक तर्फ उम्मेदवार रहेकी रिमा विश्वकर्माले आज दुबै पार्टी कार्यालयको अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकामा पुगेर उद्घाटन गरेकी हुन्। पार्टी कार्यालय उद्घाटन कार्यक्रममा स्याङ्जा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका धनन्जय रेग्मी तथा झविलाल डुम्रे सहित जिल्लास्तरीय रास्वपा नेता तथा कार्यकर्ताहरु सहभागी थिए। 

अर्जुनचौपारी गाउँपालिकामा रहेको रास्वपा पार्टी कार्यालयको उद्घाटन गर्नुअघि रिमा विश्वकर्माले नेपालकै पहिलो नवग्रह मन्दिर समेत दर्शन गरेकी थिइन्। 

आज सम्पन्न गरिएको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सयौं कार्यकर्ताहरु विभिन्न राजनीतिक दल त्यागेर रास्वपा प्रवेश समेत गरेका छन्। 

एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण लगायतका कार्यक्रम सम्पन्न

स्याङ्जा/खबरकलम संवाददाता: विश्व हिन्दु युवा संघ स्याङ्जा र ॐकार इभेन्टस हब वालिङको आयोजनामा वालिङ मोडमा ३०४ औं पृथ्वी जयन्ति एवम् राष्ट्रिय एकता दिवसको अवसरमा दीप प्रज्वलन तथा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।

३०४ औ पृथ्वी जयन्ति एवम् राष्ट्रिय एकता दिवसको अवसरमा,वालिङ मोडमा दीप प्रज्वलन तथा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको अध्यक्षता ॐकार इभेन्टस हब वालिङका अध्यक्ष विजय मल्लले गर्नुभएको थियो। कार्यक्रमको सन्चालन विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गर्नुभएको थियो। कार्यक्रममा युवा जमातको बाक्लो उपस्थिति रहेको थियो।

युवा समाजसेवी आशिष प्रताप खाड , विजय विक्रम खाँड , अहमद अलि , सागर थापा ,नबिन गुरुङ ,सागर गुरुङ , कुशल बस्याल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै ॐकार इभेन्टस हब वालिङ्का अध्यक्ष विजय मल्लले पृथ्वी नारायण शाहको बारेमा बोल्नुभएको थियो।

यस्तै विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लाका अन्य ठाउँमा पनि कार्यक्रम गरेको छ ।अर्जुनचौपारी गाउँपालिका वडा नं १ को कार्यालय अगाडी पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण कार्यक्रम गरेको थियो भने जय सनातन अभियान नेपालको संयुक्त आयोजना तथा पाणीनी आश्रम तथा संस्कृत गुरुकुलमको व्यवस्थापनमा जिल्लास्तरीय खुला वक्तृत्वकला कार्यक्रम समेत सम्पन्न भएको छ।कार्यक्रममा प्रथम स्थान श्री कालिका माविकी विद्यार्थी कुशुम रेग्मीले प्रथम स्थान हासिल गरेकी थिइन् भने दोश्रो स्थान साइन भिलेज इन्टरनेसनल एकेडेमीकी कृपा गैह्रेले हासिल गरेकी थिइन् । तेस्रो स्थान काजीमान हरिटीकाकी ओजस्वी सिग्देलले हासिल गरेकी थिइन्।

कार्यक्रमको प्रमुख अतिथि स्याङ्जा साहित्य प्रतिष्ठान अध्यक्ष बुद्धिबहादुर राना ( कुमार) ले गर्नुभएको थियो।