२०८३ अशोज ६, मङ्लबार

फेसबुक किन बहिष्कार गर्दैछन् चर्चित ब्राण्डहरु ?

विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरेका छन् । कपडाका चर्चित ब्राण्ड नर्थफेस, प्याटागोनिया र रेइले फेसबुकमा विज्ञापन दिन बन्द गरेका हुन् ।

‘नाफाका लागि घृणा बन्द गर’ नामक अभियान सुरु गर्दै ती चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार गरेको हुन् । साथै आगामी जुलाई महिनामा फेसबुक बहिष्कार गर्न उनीहरुले अन्य ब्राण्डहरुलाई समेत अपिल गरेका छन् ।

क्रिस्टल प्यालेसलाई ४ गोलले हराउँदै लिभरपुल उपाधि नजिक

११ असार, काठमाडौं । लिग लिडर लिभरपुल प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले प्यालसलाई ४-० ले पराजित गरेको हो । लिभरपुललाई अब उपाधि जित्न एक जित मात्र आवश्यक छ । तीन दशकपछि प्रिमियर लिग उपाधि जित्न लागेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ ।

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

११ असार, काठमाडौं । मालोर्कालाई पराजित गर्दै रियल मड्रिड फेरि स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा रियलले मालोर्कालाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा रियलका लागि १९औं मिनेटमा भिनिसियल जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए । कप्तान सर्गियो रामोसले ५६औं मिनेटमा फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।

बालाजु डोजोमा नियमित ट्रेनिङ

१ असार, काठमाडौं । सरकारले बिहीबारदेखि लकडाउनको स्वरुप परिवर्तन गर्दै केही खुकुलो बनाउने निर्णय गर्‍यो । कम संक्रमित भएका क्षेत्रमा कार्यलय, निजी सवारीसाधन, पसलहरु खुल्ला गरिएका छन् । तर, खेलकुद क्षेत्रमा भने ‘लकडाउन’ जारी नै छ ।

खेलकुदको लकडाउन खुकुलो कहिले हुन्छ कसैलाई थाहा छैन । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद जस्ता जिम्मेवार निकायले अझै सुरक्षित रुपमा ट्रेनिङ सुरु गर्नको लागि कुनै मापदण्ड तय गर्न सकेका छैनन् । खेलाडी र प्रशिक्षकहरु भने अब ट्रेनिङमा र्फकन आतुर छन् ।

दुई गोलको अग्रता जोगाउन नसक्दा लाजियो पराजित, युभेन्टसलाई फाइदा

११ असार, काठमाडौं । इटालियन सिरी एअन्तर्गत गएराति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा दोस्रो स्थानको लाजियो पराजित भएको छ । एटलान्टाले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ३ गोल पर्काएपछि लाजियो ३-२ ले पराजित भएको हो । यसले शीर्ष स्थानको युभेन्ट्सलाई फाइदा पुगेको छ ।

खेलको पाँचौं मिनेटमा एटलान्टाका मार्टेन डे रुनले आत्मघाती गोल गर्दा लाजियोले अग्रता लिएको थियो । ११औं मिनेटमा सर्गेज लिनकोभिच साभिचले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । तर अग्रता कायम राख्न सकेन।

क्रिकेट खेलाडीको प्रशिक्षणको लागि क्यानले माग्यो अनुमति

११ असार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर टिमको क्रिकेट खेलाडीको प्रशिक्षण सुरु गर्नका लागि अनुमति माग्दै राष्ट्रिय खेलकुद परिषद राखेपमा पत्र पठाएको छ ।

कोरोना भाइरस महामारीका कारण तीन महिनादेखि खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । दुई साताअघि क्यान कार्यमसितिको भर्चुअल मिटिङले असार १५ सम्म पर्खने त्यसपछि प्रशिक्षणका लागि सरकारसंग अनुमति माग्ने जनाएको थियो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षण अनुमतिका लागि कर्मचारीमार्फत राखेपमा पत्र पठाएको बताए ।

सुदिल शाहीलाई राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी

१० असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।

‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवर्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ,’ राखेपका सदस्य सचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

पानी परेपछि खुलेको काठमाडौं (फोटो फिचर)

२२ वैशाख, काठमाडौं । मध्यान्हसम्म वर्षा भएपछि सोमबार काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।

केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि सोमबार मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् ।

२२ वैशाख, काठमाडौं । मध्यान्हसम्म वर्षा भएपछि सोमबार काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।

केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि सोमबार मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् ।

केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि सोमबार मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् ।

बजेटको प्राथमिकता कृषि हुनुपर्छ : मन्त्री घनश्याम भुसाल

१२ जेठ, काठमाडौं । मार्क्सवाद एवं समाजवादी अर्थशास्त्र राम्रोसित बुझेका अध्ययनशील नेता घनश्याम भुसालले अहिले कृषि मन्त्रालय सम्हालिराखेका छन्। कोरोनाको महामारी र लकडाउनसँगै विदेशबाट नेपालीहरू फर्कने र उनीहरूलाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने भार सरकारमाथि बढेको छ । रोजगारी सिर्जना गर्ने अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो ।

तर, सरकारले अहिलेसम्म कृषिमा कुल बजेटको तीन प्रतिशतभन्दा माथि लगानी गर्न नसकेको अवस्था छ । सरकारले कृषकलाई दिएको अनुदानमा समेत अनियमितता हुँदै आएको छ ।