माघ ६/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् विघटन गरेको एक महिना नाघेको छ।
उनले संसद विघटन गरी नयाँ जनादेशमा जाने भन्दै मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। वैशाख अन्तिममा हुने भनिएको दुई चरणको निर्वाचनमा खर्च कतिब ८ अर्ब भन्दा बढी लाग्ने अनुमान निर्वाचन आयोगले गरेको छ।
यति नै भन्ने होइन। तर, खर्च आठ अर्ब भन्दा बढी लाग्ने निर्वाचन आयोगका प्रवक्ताको भनाइ छ।
कोरोना कहरले थिलोथिलो परेको देशको अर्थतन्त्रमा चुनाव समेत जोडिन गएपछि जनजीवन कष्टकर बन्ने निश्चित प्रायः छ।
राजनैतिक स्थिरता कायम गर्न संविधानमा संसद विघटन सम्बन्धी प्रावधान राखिएको थिएन।
संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ।
माघ ६/काठमाडौं: सरकारले मध्यावधि चुनावको लागि एक लाख म्यादी प्रहरीमा भर्ना गर्ने तयारी गरेको छ।
सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो।
त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो। सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको खबर आजको राजधानी दैनिकले लेखेकाे छ।
खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो।
माघ १/स्याङ्जा: नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भीरकोट नगरकमिटीले भीरकोटमा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
भेला कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बाटो बिराएर गएकालाई फर्किन अनुरोध गरेकी छन्। देश र समाजको संवृद्धिको लागि आफू सँधै तयार रहेको उनको भनाई थियो।
जिल्लामा पद्मा अर्यालको छुट्टै सान रहेको जिल्लावासी बताउँछन्। हालै सार्वजनिक गरिएको चुच्चे नक्सादेखि सगरमाथाको उचाई नाप्ने कार्य र सुकुम्बासीलाई अधिकार र जग्गा प्रदान गर्नेसम्मको कार्य मन्त्री अर्यालको अगुवाईमा भएको थियो।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भीरकोटका नगर सचिव विश्वनाथ अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारस, निवर्तमान संघीय सांसद नारायण मरासिनी ,जिल्ला समन्वय समिति सभापति सिताकुमारी सुन्दास, केन्द्रीय सदस्य हुमबहादुर गुरुङ , प्रदेश सांसद् मोहन रेग्मी , केन्द्रीय सदस्य चन्द्र बहादुर रोकाहा, आँधीखोलाखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल , जिल्ला कार्यालय सदस्य उदय श्रेष्ठ , जिल्लाका नेता कृष्ण खाँड, राजेन्द्र डुम्रे , मोहन खनाल , दामोदर तिवारी विद्यार्थी नेता सगुन राना, राष्ट्रिय युवा संघका नगर संयोजक मोहम्मद जुमाल अलि लगायतले बोलेका थिए भने स्वागत नेकपा जिल्ला नेता हर्कबहादुर गुरुङले गरेका थिए।
धन्यवाद महिला नेत्री सीता अधिकारी र सन्चालन नगर सचिवालय सदस्य केशरजँग अधिकारीले गरेका थिए।भने तरुण दलका उपाध्यक्ष भविश्वर राना सहित २२ जनाले नेपाल काङ्ग्रेस परित्याग गरी नेकपा प्रवेश गरेको नेकपा भीरकोट सचिव अर्यालले जनाएका छन्।
भेलामा नगरकमिटि अध्यक्ष मीन प्र कोईराला र नेकपा जिल्ला सदस्य सन्तोष केसी बाहेक सम्पूर्ण उपस्थिति रहेको थियो।
स्याङ्जा जिल्लामा दुई छोरीले आफ्नी आमाको काजक्रिया सुरु गरेका छन्।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं १ निवासी पदम श्रेष्ठकी धर्मपत्नी विष्णु श्रेष्ठको निधन भएपछि उनका दुई छोरीहरुले आमाको काजक्रिया सुरु गरेका हुन्।
समाजमा काजक्रिया लगायतका कर्म गर्न छोरा नै चाहिन्छ भन्ने अन्धविश्वासलाई हटाउन आफूले क्रियाकर्म सुरु गरेको स्वर्गीय विष्णु श्रेष्ठकी कान्छी सुपुत्री निला श्रेष्ठले बताइन्।
छोरा नै चाहिन्छ भन्ने नकरात्मक सोचको दरिलो खण्डन गर्दै उनले समाजमा छोराछोरी बीच हुने भेदभावपूर्ण व्यबहारलाई अन्त्य गर्नुपर्छ भनेकी छन्।
छोराछोरी यदि बराबरी हुन् भने व्यबहारमै लागू हुनुपर्छ अनि मात्रै हाम्रो समाजको कुसंस्कार अन्त्य हुने उनको धारणा छ। मेरो यो कदमले अन्य छोरी मात्रै हुने आमाबुबा र छोरीहरूलाई थप प्रेरणा र उर्जा दिने विश्वास लिएकी छु। उनले भनेकी छन्।
उनकी आमा विष्णु श्रेष्ठको ५५ वर्षको उमेरमा २०७७ साल पौष २८ गते क्यान्सरका कारण निधन भएको हो।
स्वर्गीय विष्णु श्रेष्ठका श्रीमान पदमकुमार श्रेष्ठ आफैमा एक सामाजिक अभियन्ता हुन्। ५० वषको उमेरपछि विद्यालय गएर एसएलसी परीक्षा पास गरी क्याम्पस पढिरहेका उनले दुई छोरीको जन्म पश्चात परिवार नियोजन गरी समाजमा छोरीको छोरा समान महत्व रहेको बताउँदै आएका छन्।
पौष २७/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्युजका प्रधान सम्पादक सुधिर चौधरीलाई अन्तर्वार्ता दिँदै सार्वभौमसत्ता कहिल्यै सानो ठूलो नहुने बताएका छन्।
नक्सा तिमीहरुले हेर्नुपर्छ। न की पंक्षी र माछाहरूले।
जेनयूमा कार्यक्रम राखे इतिहास पढाउन आउँला।
हामी त कहिल्यै अरूकाे गुलाम भएनाै।
राम जन्मेकाे ठाउकाे अनुसन्धान गराै।
भारत हाम्राे बाेस भन्ने मानसिकता त्याग। बराबर हैसियत हाे।भूगोल सानोठूलो होला। जनसंख्या धेरै थोरै हुन सक्ला। तर राष्ट्रियता समान हो।
उमेरले दाजुभाइ हुन सकिएला। तर, प्रधानमन्त्री पदको हिसाबले सरकार प्रमुखको हैसियतले सानो प्रम र ठूलो प्रम भन्ने कुरा हुँदैन।
चीन भारत बीचकाे समस्यामा हाम्राे लेनादेना छैन। हामी कसैको गल्ती पनि सही र कसैको गल्ती जरुर गल्ती भन्दैनौँ। गल्ती जसले गरेपनि गल्ती हो। र, हामी सत्य र तथ्यको पक्षमा हुन्छौँ।
भारत कहिल्यै अखण्ड थिएन।
मन्त्रको मन्त्र गायत्री मन्त्र नेपालकै कोशी नदीको चतरामा कौशिक ऋषिले लेखेका थिए। नेपाल तपोभूमि हो। ज्ञानभूमि हो। योग भूमि हो। मात्र यहाँको ज्ञानलाई फैलिन दिइएन। रोकियो।
पौष २६/ दिवस भण्डारी: स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी बेशी बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
चापाकोट नगरपालिकाकै उत्कृष्ट मानिएको एस सहकारी संस्थाको साधारण सभा चापाकोट नगरको पर्यटकीय स्थल सितलपार्कमा सम्पन्न भएको हो।संस्थाका अध्यक्ष बिन्दु कोइरालाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका उप-प्रमुख बिमला श्रेष्ठ रहनु भएको भएको थियो।
उक्त कार्यक्रममा उप-प्रमुख श्रेष्ठले सहकारीले समाजमा कृषक,उधोगी र ब्यबसायी लाई आर्थिक कारोबारमा टेवा पुर्याउदै समाज बिकासमा सृजनशिल भुमिका निर्बाह गर्ने जिकिर गर्नु भयो। गण्डकी बेशीले आगामी दिनमा बजार र ग्रामीण दुबै इलाकामा उत्पादित सामाग्रीलाई बजारीकरण गरेर समाजलाई आर्थिक उन्नतिको मार्गमा लैजानुपर्ने सुझाव सहित संस्थाको प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो।
यसैबीच संस्थाका उपाध्यक्ष मणि खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कार्यक्रमका अतिथि चानपा ८,९,१० वडाका अध्यक्ष क्रमशः नबराज श्रेष्ठ,शंकर भक्त भण्डारी र रामु कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।सहकारीका अध्यक्ष बिन्दु कोइरालाले सहकारीले आगामी दिनमा बजार र जनमासको मागलाई मध्यनजर गर्दै नागरिकलाई सेवा दिने हेतु एम्बुलेन्स र व्यावसायिक मार्ट संचालनमा ल्याउने तयारीका साथ सहकारी अगाडी बढिरहेको बताउनुभयो।
सो कार्यक्रमको संचालन सचीव भिमराज भण्डारी (शिब) ले गर्नु भएको थियो। ५०० जना भन्दा धेरै सेयर सदस्य रहेको गण्डकी बेशी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक आय ब्याय प्रतिबेदन प्रस्तुत गर्दै प्रबन्धक हरि डोटेलले कोरोना महामारीको विषम परिस्थितिमा समेत सहकारीले अनपेक्षित उपलब्धि हासिल गरेको जानकारी दिनुभयो।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले स्याङ्जाका सुकुम्बासीको समस्या असार मसान्तमै सक्न निर्देशन दिनुभएको छ।
भूमि सम्बन्धी समस्या समाधान आयोगद्धारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले भुमिहिनहरुको ६ दशक लामो अन्दोलनलाई सार्थकता दिन सरकार कटिवद्ध भएर अगाडि बढेको बताउनुभएको छ । उहाँले भन्नुभयो, कोही भुमिहिन हुँने कोहि भूमिको मालिक हुने यो विभेदपुर्ण हो । सबै भुमिको मालिक हुनुपर्छ ।’
जिल्ला समन्वय समितिले समन्वय गरेको अभिमुखीकरणमा मन्त्री अर्यालले भन्नुभयो, ‘६ दशक लामो आन्दालेनले अव सार्थकता पाउँछ । सामाजिक न्याय स्थापित हुन्छ, अन्यायमा परेका नागरिकले न्याय पाउनुहुँनेछ ।’ पहिलो चरणमा ७ पालिका र बाँकी जिल्ला तथा तहहरुमा दोस्रो चरणमा गरी चरणबद्ध कार्यक्रम गर्नका लागी सरकारले यथेष्ठ बजेट विनियोजन गरेको मन्त्री अर्यालले बताउनुभयो ।
४८ जिल्लाका पालिकाहरुमा पहिलो चरणमा भुमिको समस्या समाधान गरी सामाजिक न्याय स्थापित गर्नका लागी सरकारले कानुन निर्माण गरेर संचरना निर्माण गरी स्थानीय तहमा सर्वेक्षण रेर्कड व्यवस्थित राख्न सफ्टवेयरको प्रयोग गरिएको उहाँले बताउनुभयो । प्रविधिको अधिकतम प्रयोग गरी काम अगाडि बढेको भन्दै यसले भ्रष्टचारलाई न्युनिकरण गर्ने उहाँको विश्वास छ ।
सुकुम्बासी र भुमिहिनको व्यवस्थापन बिना बैज्ञानिक भुमि व्यवस्थापन हुँन नसक्ने भन्दै पिडामा भएका आफ्ना नागरिकलाई उचित व्यवस्थापन गर्न स्थानीय तहलाई उहाँले आग्रह गर्नुभयो । भुमिको अधिकतम प्रयोग गरी नागरिकलाई सक्षम बनाउन सरकारले भुमि सम्बन्धी विभिन्न कार्यक्रमहरु समेत ल्याएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘राजमार्गका छेउछाउ, नदीकिनार र भुक्षयको संभावित स्थानमा राख्नुभएन । यी बाहेक आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले संघ र प्रेदशसंग समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’ पिडामा भएका आफ्ना नागरिकलाई सार्वजानिक जग्गामै भएपनि स्थानान्तरण गरी नागरिकलाई सुरक्षित गर्नुपर्ने बताउनुभयो ।
पौष २०/काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचारार्थ आज भारतको मुम्बई लगिँदै छ । उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो ।
सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ।
प्रचण्ड पत्नी लामो समयदेखि पार्किन्सन नामक रोगबाट पीडित छन्।
पौष १९/स्याङ्जा: स्याङ्जा जिल्ला , अर्जुनचौपारी -३ सिरिनडाँडा स्थित श्री रापाकोट कालिका साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो पहिलो वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
२०७६ साल कार्तिक २४ गते दर्ता भइ संचालनमा रहेको उक्त सहकारीमा ४४३ जना शेयर सदस्य र ४२ लाखको कारोबार गरिरहेको छ।
कार्यक्रमको सभापतित्वमा संस्थाका अध्यक्ष श्री उदयराज काफ्ले हुनुहुन्थ्यो भने प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष श्री लक्ष्मीपति पौडेल हुनुहुन्थ्यो ।
कार्यक्रममा कृषि क्षेत्रमा रहेका कृषकलाई आर्थिक व्यवस्थापन र वचतका साथै आधुनिकिकरण , व्यावसायिक र आत्मनिर्भरताको विषयमा सबैले मन्तव्य दिनु भएको कुरा उक्त संस्थाका प्रबन्धक श्री गणेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।