२०८३ अशोज ६, मङ्लबार

नेकपा एमाले स्याङ्जाद्वारा आयोजित सांकेतिक र्याली सम्पन्न

माघ १७/स्याङ्जा: राम बहादुर रोकाहा:- जिल्लाको सदरमुकाममा नेकपा एमाले स्याङ्जाले आयोजना गरेको सांकेतिक र्याली आज सम्पन्न भएको छ ।

“स्थानीय तहको निर्वाचन संविधान तुरुन्त घोषणा गर , संविधान र लोकतन्त्रको रक्षा गर” भन्ने मुल नाराका साथ स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.१ स्थित सदरमुकाममा कोणसभा गरि सांकेतिक र्याली सम्पन्न भएको हो ।


स्याङ्जा जिल्लामा क्रियासिल सबै जनसंगठनहरुको संयुक्त सांकेतिक र्याली सहित आज दिउँसो करिब १:४० बजेदेखि मदन आस्रित स्मृति भवन(नेकपा एमाले स्याङ्जाको पार्टी कार्यालय)मा जम्मा भई स्याङ्जा बजार परिक्रमा गरि करिब २ बजे जिल्ला प्रशासन कार्यालय स्याङ्जा अघि पुगि कोणसभामा परिणत भएको हो ।


नेकपा एमालेमा आवद्ध भातृ संगठनहरुको उपस्थितिमा भएको उक्त र्यालीको टोलिले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाइएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे(पारस)ले जानकारी दिनुभयो ।


नेकपा एमाले स्याङ्जाको आयोजनामा रहेको उक्त कार्यक्रम जिल्लाका अध्यक्ष सुर्यप्रसाद गैरे(पारस)को प्रमुख आतिथ्यतामा रहि राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका संयोजक किसान श्रेष्ठको अध्यक्षतामा नेकपा एमालेमा आवद्ध भातृ संगठनहरुको करिब ६० जनाको उपस्थितिमा सम्पन्न भएको हो ।

अख्तियारको डाम,वडाध्यक्ष र वडासदस्यको पद गयो,सेवाग्राहीलाई सास्ती

माघ १६/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ९ का निर्वाचित वडाध्यक्ष र वडा सदस्य नागरिकता बनाइदिने भन्दै घुस लिएपछि अख्तियारको फन्दामा परेका छन्। 

कानूनको पालना गर्ने ठाउँमा बसेरै गैरकानूनी कार्यमा जनप्रतिनिधि सहभागी बनेपछि सिंगो वडाबासीलाई नै सरमिन्दा महसुस भएको छ। नागरिकता बनाइदिने भन्दै १ लाख ३५ हजार घुस सहित समातिएपछि अनुसन्धानको अन्तिम नतिजा नआउन्जेलसम्मको लागि उनीहरु निलम्बनमा परेका हुन् र सम्भवत: उनीहरु अब कानूनद्वारा निश्चित समयसम्मको लागि अयोग्य ठहरिने छन् र आफ्नो कामकारबाही गर्ने छैनन्। 

वडा आफैमा स्थानीय निकायको एक अधिकारसम्पन्न निकाय हो।  नागरिकता देखि राहदानी सिफारिस , बिभिन्न पेशा तथा उद्योग संचालन गर्न, युवा क्लब देखि आमा समूह दर्ता गर्न दर्ता सिफारिस , नाता प्रमाणिकरण सिफारिस, जन्मदर्ता लगायतका सबै कार्यहरु संचालन हुने निकायमा सम्वन्धित अख्तियारवाला नै बर्खास्तीमा परेपछि सेवाग्राहीलाई सास्ती भएको छ । 

सेवा लिन आएका बिभिन्न उमेर समूहका सेवाग्राहीले सेवा प्राप्ति गर्न निकै समस्या भएको नाम उल्लेख नगर्ने शर्तमा एक सेवाग्राहीले बताए। भनेको बेला सेवा नपाइने, सेवा लिनको लागि कर्मचारीमा भर पर्दा समयमै सेवा पाउन नसकिने, जनप्रतिनिधि मार्फत हुने बिभिन्न कामहरु अलपत्र पर्ने अवस्था रहेको स्थानीयवासीले जनाएका छन् । 

“स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ मा कार्यवाहक भई कार्य गर्न सक्ने” बारे ब्याख्या छ, जसअनुसार वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरुले आफू मध्येबाट छनौट गरेको सदस्यले कार्यवाहक वडा अध्यक्ष भई काम गर्नेछ वा कुनै वडाको निर्वाचन नभएसम्मका लागि कार्यपालिकाले कुनै कर्मचारीलाई वडा अध्यक्षको कार्य गर्ने गरी तोक्न सक्नेछ भनिएको छ।  यसबारे खबरकलमले बुझ्न खोज्दा उक्त वडामा कार्यरत कर्मचारीले हाम्रो फोन उठाएनन् भने नगर सूचना अधिकारी रामप्रसाद खनालले आफूलाई यसबारे थाहा नभएको गैरजिम्मेवार प्रतिकृया दिए । 

सिंगो वडाकै प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र वडासदस्यको अमर्यादित कार्यले वडाको विकाश निर्माणदेखि नीतिनियम तर्जुमा गर्ने, स्थानीय पंजीकरण प्रमाणित गर्ने, चारकिल्ला प्रमाणित गर्ने ,घरजग्गा मूल्यांकन, छात्रवृत्ति सिफारिससम्मको कार्यमा असहजता थपिएको छ। 

उनीहरु दुवै वडाध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङ गत स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भीमबहादुर गुरुङ विरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अदुअआ पोखराका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।

भीरकोटमा साहित्य सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता/माघ १५: भीरकोट नगरपालिकामा रहेका साहित्यप्रेमी विद्यार्थीलाई प्रशिक्षण दिने कार्यक्रम सम्पन्न भएको छ।

भीरकोट नगरपालिका वडा नं ५ बगरेबजार स्थित आमा समूहको भवनमा आज आयोजना गरिएको कार्यक्रममा साहित्य सम्बन्धी प्रशिक्षण गरिएको हो।

कोभिडका कारण जिल्ला प्रशासन कार्यालय स्याङ्जाको २५ जना भन्दा बढी भेला हुन नपाइने निर्देशन बमोजिम सीमित संख्यामा उपस्थित भएका साहित्यमा रुचि राख्ने विद्यार्थीलाई जीवन अर्यालले करिब २ घण्टा प्रशिक्षण दिएका थिए।

गीत, गजल, मुक्तक, कविता कसरी लेख्ने? र कलमको माध्यमबाट समाजमा कसरी सकरात्मक सन्देश दिने? भन्ने विषयमा आयोजना गरिएको उक्त कार्यक्रमले मुनाल गोदार संयोजक तथा माला थापा सहसंयोजक रहने गरी दश सदस्यीय भीरकोट साहित्य संजालको प्रारम्भिक कमिटी समेत गठन गरेको छ।

सागर थापाले संचालन गरेको उक्त कार्यक्रममा माला थापाले स्वागत मन्तव्य सहित कविता वाचन गरेकी थिइन् भने अन्य करिब १० जना विद्यार्थीले आफ्ना रचना वाचन गरेका थिए। उक्त संजालले कला, साहित्य र संगीतको जुनसुकै विधामा कलम चलाउन खोज्ने प्रतिभाको खोजी गर्दै साहित्यमा प्रेरित गर्ने लक्ष्य लिइएको संयोजक मुनाल गोदारले जानकारी दिएका छन्।

स्याङ्जाका प्रहरी जवान “Police Of The Month” सम्मानद्वारा सम्मानित

राम बहादुर रोकाहा , स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत नेपाल प्रहरीका जवान “उत्कृष्ट प्रहरी” सम्मानद्वारा सम्मानित भएका छन् ।
हरेक महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उत्कृष्ट प्रहरीलाई सम्मान गर्दै आएको छ ।
यसै क्रममा आफुलाई दिइएको जिम्मेवारी पुर्ण रुपमा पालना गरी आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने काम गरेकोमा प्रहरी जवान फर्स बहादुर रास्कोटीलाई पौष महिनाको “Police of The Month” सम्मानद्वारा सम्मानित गरिएको हो ।
आफ्नो जिम्मेवारी अन्तर्गत गोप्य सूचनाका आधारमा गत पौष महिनामा स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वडा नं.७ खिलुङ्गबाट लुकाईछिपाई राखेको १४ केजी अवैध लागू औषध(गाँजा) र १ थान भरुवा बन्दुक सहित डुल बहादुर रोकाहालाई पक्राउ गर्न अहम भुमिका निर्वाह गरेका थिए ।
त्यस्तै निज जवानले विभिन्न मितिमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ , अवैध घरेलु मदिरा नियन्त्रण , लागू औषध एवं अवैध हातहतियार(भरुवा बन्दुक) सहित मानिस पक्राउ गर्न अहम भुमिका निर्वाह गर्दै आम नागरिक सामु नेपाल प्रहरी संगठनको नाम उच्च गराएकोमा उनी सम्मानित भएका हुन् ।
विभागीय नीति निर्देशनलाई पुर्ण रुपमा पालना गर्दै लगनशील तथा कर्तव्यनिष्ट भई उच्च व्यवसायिक कार्य कुशलताका साथ उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गरेकोमा निज प्रहरी जवान फर्स बहादुर रास्कोटीलाई २०७८ साल पौष महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
निज उत्कृष्ट प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतद्वारा कदर-पत्र प्रदान गर्दै आगामी व्यवसायिक सफलताको कामना एवं बधाई दिनुभएको हो । हरेक महिना कामको प्रगति अनुसार उत्कृष्ट प्रहरी सम्मान पदकबाट प्रहरी संगठन केन्द्रीय कार्यालयको नीति अनुसार प्रहरीहरु सम्मानीत गर्दै आएको डिएसपी अधिकारीले बताउनुभयो ।

प्रेस चौतारी नेपाल स्याङ्जा जिल्लाको पाँचौँ अधिवेशन सम्पन्न

खबरकलम संवाददाता/माघ १०: प्रेस चौतारी नेपाल स्याङ्जा जिल्लाको पाँचौँ अधिवेशन आज सम्पन्न भएको छ।

वालिङको रेड पिपर पार्टी प्यालेसमा सम्पन्न भएको उक्त अधिवेशनले सुशिल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशनले सर्वसम्मत चयन गरेको नयाँ कार्यसमितिमा सुशिल सुवेदी अध्यक्ष, मणि अर्याल तथा कला राना उपाध्यक्ष, जीवन अर्याल सचिव, राधाकृष्ण शर्मा तथा सुनिल न्यौपाने सहसचिव, माधव गैह्रे कोषाध्यक्ष सहित नारायण कोइराला, माधव प्रसाद रेग्मी, मोहन सुनार, पूर्णिमा नेपाली, हरि अर्याल, नारायण चापागाईं, सविन लामिछाने, अनिता गौतम सदस्य रहेका छन्।

नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद् मोहन रेग्मी‌ थिए। विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा क्रियाशील पत्रकारहरु, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष लगायतका करिब ४० जना सहभागी उक्त कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान उपाध्यक्ष गोपाल जिटीले दिएका थिए भने संचालन सुशिल सुवेदीले गरेका थिए।

प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली र प्रेस चौतारी गण्डकी प्रदेशकी अध्यक्ष सुष्मा पौडेलले नवनिर्वाचित पदाधिकारीलाई सपथग्रहण गराउँदै पत्रकारिताको पेशागत हकहितको संरक्षण र संवद्र्धन गर्न डटेर कलम चलाउन अभिप्रेरित गरेका थिए।

नेपाली बाजे स्याङ्जाद्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

माघ ९/स्याङ्जा: नेपाली बाजे (नव क्रियाशील संस्था) स्याङ्जाले न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

नव क्रियाशील संस्था (नेपाली बाजे) टीमले फेदिखोला गाउँपालिका स्याङ्जामा अवस्थित अमोर सेवा नेपालद्वारा संचालित बाल गृहमा रहेका नानीबाबुहरूका लागि “न्यानो कपडा” वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

विभिन्न सहयोगदाताहरूको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा न्यानो कपडाको साथसाथै स्टेशनरी सामानहरु (कपी, कलम, साबुन) वितरण गरिएको नव क्रियाशील संस्था (नेपाली बाजे) स्याङ्जा टिमका संयोजक माधव प्रसाद रेग्मीले जनाएका छन्।

भीरकोट नगरपालिकाका विद्यालय भोलिबाट बन्द

माघ ४/स्याङ्जा: स्याङ्जा जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीरकोट नगरपालिकाले विद्यालय बन्द गर्ने भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन, जिल्ला कोभिड संकट व्यवस्थापन समितिको परिपत्र समेतमा विद्यालय माघको १५ सम्म बन्द गरी शिक्षण सिकाइ क्रियाकलापलाई भर्चुअल माध्यमबाट गर्ने भनिएबमोजिम भीरकोटले पनि आज एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाभित्र समेत कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नगरप्रमुख समेतको उपस्थितिमा बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले जनाएका छन्।

विद्यालय माघको १५ सम्म बन्द हुनेछन्।

पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

माघ ३/काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। 

मन्त्री आलेको  स्वास्थ्य अवस्था सामान्य रहेको तर उनका स्वकीय सचिव समेतलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ।

वालिङमा चक्कु प्रहार गरी हत्या

खबरकलम संवाददाता/पौष २८: स्याङ्गजाको वालिङ्गमा एक नाबालकको चक्कु प्रहार गरी हत्या भएको छ।

वालिङ१० भकुण्डे ठाडोलाईनमा डेरामा बुबाआमा सँगै बस्ने अन्दाजी १६ महिनाको नाबालकको घाँटी रेटेर निर्ममता पुर्वक हत्या गरिएको हो।
स्याङ्जा सिर्सेकोट छापा स्थायी घर भई भकुण्डेमा डेरा गरेर बस्ने नाबालकलाई त्यही घरमा अर्को डेरामा बस्ने पर्वत ५ पैंयुका ३३ वर्षीय जितेन्द्र गुरुङले हत्या गरेको प्रहरीले बताएको छ ।

हत्या आरोपित गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।

पृथ्वी जयन्तीको अवसरमा भीरकोट नगरपालिकाले पनि दियो सार्वजनिक बिदा

पौष २६/स्याङ्जा: पृथ्वी जयन्तीको अवसरमा भीरकोट नगरपालिकाले पनि सार्वजनिक बिदा दिने भएको छ।

भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले एक विज्ञप्ति जारी गर्दै पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानको भूमिकाको सम्मान र कदर गर्दै बिदा दिइएको जनाएका छन्।

भीरकोट नगरपालिका क्षेत्रभित्र रहेका विद्यालय, बैंक तथा सहकारी, सरकारी निकाय सबै बन्द हुने जनाइएको छ।‌‌