२०८३ अशोज ६, मङ्लबार

संक्रमित राजनीतिबाट मुक्ति,समाजवादी एकता अबको ऐतिहासिक आवश्यकता

🔸 उपशीर्षक :

जनताको सपना, समाजवादी मूल्य र वैचारिक स्वच्छताको पुनर्जागरण बिना संक्रमणको अन्त्य सम्भव छैन।

✍️ लेख :

नेपालको राजनीति अहिले संक्रमणको जटिल मोडमा उभिएको छ। परिवर्तनका लागि गरिएका असंख्य बलिदानहरू, आन्दोलनहरू र जनआन्दोलनका ऐतिहासिक उपलब्धिहरू बिस्तारै म्लान हुँदै गएका छन्। आजको राजनीतिक परिवेशमा विचारभन्दा व्यक्तिवाद, नीति भन्दा नाफा, र सेवा भन्दा सत्ता हावी भएको अवस्था छ।

दलहरूका झण्डा फरक छन्, तर चरित्र एउटै छ — सत्ता प्राप्ति र संरक्षण नै मुख्य लक्ष्य बनेको छ। सिद्धान्त बिर्सिएका, अवसरवादमा डुबेका यिनै प्रवृत्तिहरूले नेपालको राजनीति “संक्रमित” बनाएको हो। जनताभन्दा ठूला बनेका दलहरू र नेताहरूले देशको भविष्यलाई नै अनिश्चितताको भुमरीमा पारेका छन्।

🔹 उपचार : समाजवादी विचारधाराको एकता

संक्रमित राजनीतिबाट मुक्ति पाउने एकमात्र बाटो भनेको समाजवादी विचारधारा बोकेका सबै शक्तिहरूबीचको ऐतिहासिक एकता हो।
समाजवाद केवल नारा होइन —
यो न्याय, समानता, श्रमको सम्मान र जनसत्ताको वास्तविक अभिव्यक्ति हो।

तर विडम्बना के छ भने, यही विचारका सन्तानहरू आज स–साना टुक्रामा विभाजित छन्। सैद्धान्तिक एकता हुँदाहुँदै पनि, व्यक्तिगत स्वार्थ, पदलिप्सा र असन्तुष्टिले उनीहरूबीच दूरी बढाएको छ।
यही विभाजनले प्रतिगामी सोचका दलहरूलाई बलियो बनाइरहेको छ।

अब आवश्यक छ —
👉 वैचारिक स्वच्छता र पुनर्मूल्यांकन,
👉 साझा समाजवादी नीतिको निर्माण,
👉 र सच्चा जनमुखी नेतृत्वमा आधारित सङ्गठित समाजवादी मोर्चा।

🔹 नयाँ युगको सुरुवात

यदि समाजवादी शक्तिहरू एउटै झण्डामुनि, एउटै दृष्टिकोणमा उभिन सके भने —
नेपालले पुनः न्याय, समानता र आत्मनिर्भर विकासको बाटो समात्नेछ।
जनताको आशा फेरि जाग्नेछ।
र संक्रमणको अन्धकार अन्त्य भई समाजवादी बिहान उदाउनेछ।

अब समय शब्दको होइन — कार्यको एकता हो।
समाजवादी विचारका सिपाहीहरूले भिन्न नाम होइन, एउटै आन्दोलनको स्वरमा बोल्नुपर्ने बेला आएको छ।

नेपालको मुक्ति संक्रमणबाट समाजवादतिरको यात्रामा निहित छ।
त्यसैले —
समाजवादी एकता अब केवल विकल्प होइन, राष्ट्रिय आवश्यकता हो।

👤 लेखक परिचय :

मीन प्रसाद कोइराला “प्रतीक”
समसामयिक राजनीतिक विश्लेषक, साहित्यिक लेखक तथा समाजवादी दृष्टिकोणका प्रखर आवाज।
समाज र विचारमा सन्तुलन खोज्ने युवा कलम, जसको लेखनी परिवर्तन र चेतनाको पक्षमा समर्पित छ।

स्याङ्जामा क्रियाशील मिडियाले सिडियोलाई ध्यानाकर्षण सहित बुझाए घोषणापत्र

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लामा क्रियाशील रहेका मिडियाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ध्यानाकर्षण सहित ९ बुँदे भीरकोट घोषणापत्र बुझाएका छन्।

खबरकलम डटकम, स्मार्ट अखबार डटकम तथा अकला आवाज राष्ट्रिय साप्ताहिक मिडियाले आज जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई कार्यालयमै भेटेर ९ बुँदे भीरकोट घोषणापत्र बुझाएका हुन्।

खबरकलम डटकमका प्रधान सम्पादक जीवन अर्याल, स्मार्ट अखबार डटकमका सञ्चालक नारायणप्रसाद कोइराला तथा अकला आवाज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रेले यही असोज २५ गते भीरकोट नगरपालिकाको सभाहलमा आयोजित “स्याङ्जाको पत्रकारिता: विगत वर्तमान र भविष्यको चुनौति तथा संभावना” विषयक अन्तरक्रिया कार्यक्रमबाट जारी गरिएको ९ बुँदे भीरकोट घोषणापत्र प्रजिअ अर्याललाई आज बुझाउँदै घोषणापत्रमा राखिएका बुँदाहरुबारे प्रष्ट्याएका थिए।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपाने, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रोशन लामिछाने, अकला आवाज राष्ट्रिय साप्ताहिकका प्रबन्ध सम्पादक ध्रुव गौंडेल, स्याङ्जा अपडेटका सञ्चालक भविश्वर गैह्रे, पत्रकारहरु आयुष्मा काफ्ले, बिना रेग्मी लगायतको उपस्थितिमा स्याङ्जा जिल्लाको पहिचानको रुपमा रहेको आँधीखोलाको संरक्षण तथा व्यवस्थापन, सरकारी सवारीको बढ्दो दुरुपयोग, स्याङ्जा जिल्लास्थित सरकारी कार्यालयबाट प्रकाशन गरिने टेण्डर तथा विज्ञापनको ठूलो हिस्सा स्याङ्जामा रहेका स्थानीय मिडियालाई बाइपास गरी अन्य मिडिया मार्फत हुने कमिसनको खेल, पेट्रोलियम पदार्थको कालोबजारी, दैनिक उपभोग्य वस्तुको गुणस्तर, शान्ति सुरक्षाका विषयमा मिडियाको तर्फबाट ध्यानाकर्षण गराइएको थियो।

ध्यानाकर्षण सहित बुझाइएको घोषणापत्र बुझ्दै प्रजिअ अर्यालले सभ्य समाज निर्माणको दायित्व हरेक नागरिकको भएको बताउँदै मिडियाले सकरात्मक सुचना तथा जानकारी प्रवाह गर्ने मात्र नभई सकारात्मक समाज निर्माणमा समेत भूमिका निर्वाह गर्न आग्रह गरे।

साझा प्रयासबाट नै समुन्नत समाजको निर्माण हुने भन्दै आफू हातेमालो गर्न सँधै तयार रहेको उनको भनाइ थियो। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कार्यालयको तर्फबाट भएगरेका कामका प्रगति विवरणबारे जानकारी दिएका थिए। जिल्लामा शान्ति सुरक्षाका विषयमा प्रहरी सँधै सक्रिय र क्रियाशील रहेको कुरा समेत उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

के-के छन् ९ बुँदे भीरकोट घोषणापत्रमा?

१) स्याङ्जा जिल्लाभर विभिन्न संचारमाध्यमहरूमा क्रियाशील पत्रकारहरूबिच मैत्रीपूर्ण सहकार्य एवं सम्बन्ध स्थापित गर्न जोड दिने ।


२) स्याङ्जाको पत्रकारिताको ऐतिहासिक दस्तावेज तयार पार्न सबै क्रियाशील पत्रकार एकजुट भएर काम अगाडि बढाउने ।


३) पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राख्दै पत्रकारको पेशागत सुरक्षा र आत्मसम्मानप्रति दृढ रहने वातावरण गराउने।


४) स्याङ्जाका आम नागरिकको जनबोलीको प्रतिनिधित्व गर्दै सकारात्मक, नैतिक, सभ्य र मर्यादित समाज निर्माणमा मिडिया मार्फत सकारात्मक र सिर्जनात्मक भूमिका खेल्ने ।


५) सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउने । स्याङ्जा जिल्लाको धरोहरको रुपमा रहेको आँधीखोलाको संरक्षण गर्दै यसको दोहन रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने। स्याङ्जा जिल्ला स्थित सार्वजनिक सेवा प्रवाह गर्ने सेवाप्रदायक निकायहरुले प्रवाह गर्ने सेवालाई जनमुखी, नागरिकमैत्री, चुस्तदुरुस्त बनाउन खबरदारी गर्ने तथा सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता कायम गर्न गराउन मिडिया तथा सञ्चार जगतबाट निरन्तर सकरात्मक भूमिका निर्वाह गर्ने।


६) स्याङ्जाको आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धनको लागि संचार माध्यमबाट पहल गर्दै सरोकारवाला निकायबिच हातेमालो गर्ने ।


७) जिल्ला स्थित सरकारी निकायहरूले प्रकाशन गर्नुपर्ने टेण्डर, सूचना , लोककल्याणकारी विज्ञापन एवं विभिन्न सूचनाहरू स्याङ्जामा संचालित संचारगृहहरूमा उच्च प्राथमिकताका साथ प्रकाशित गर्न गराउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउने ।


८) स्याङ्जा जन्मथलो भई स्वदेश तथा विदेशमा रही पत्रकारितामा सक्रिय सबै कलमजिवीहरुलाई भावनात्मक ढंगले एकजुट गराउने ।


९) स्याङ्जाको पत्रकारितामा पत्रकार महासंघलाई अगुवा संस्थाको रूपमा लिदै यसलाई गतिशील र शसक्त बनाउन सबै कृयाशील पत्रकारहरु एकजुट हुने।

बैंकर अर्यालको पहिलो सांगीतिक कोसेलीको छायांकन,कार्तिक २५ गते सार्वजनिक हुने

खबरकलम संवाददाता /स्याङ्जा:बैंकरको रुपमा पहिचान बनाएका गरिमा विकास बैंक लिमिटेड वालिङ शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले आफ्नो पहिलो सांगीतिक कोसेली स्वरुप ख्याली गीत बजारमा ल्याउने भएका छन्।

उनको रोइला भाकामा ख्याली गीत बजारमा आउन लागेको हो। स्याङ्जाको ऐतिहासिक स्थल वालिङ नगरपालिका वडा नं ११ पेखुमा सोमबार गीतको छायांकन गरिएको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ११, बगालथोक स्थायी घर भएका अर्यालले लामो समयको अथक मेहनत र प्रयासले पहिलो गीति प्रस्तुति ख्याली मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला राख्न लागेको बताए।

नेपालीहरुको पुरानो संस्कार, संस्कृति, विशेषगरी स्वस्थानी पूजाको महत्वलाई रक्षा गर्ने र गाउँघरको पुरानो मौलिक जीवनशैलीको झल्को दिने उदेश्यले यो गीत तयार पारिएको उनको भनाइ छ। सानैदेखि नै संगीतका क्षेत्रमा रुचि राख्दै आएका अर्यालले लामो समयदेखि स्याङ्जाको परिवेशलाई नियाल्दै शब्द सिर्जना गरेका छन्।

आफ्नै शब्द सिर्जना रहेको रोइला भाकामा उनी स्वयम् र गायिका रिना केसीले आवाज भरेका छन्। उक्त गीत गायक घनश्याम रिजालको युट्युब च्यानलबाट कार्तिक २५ गतेदेखि बजारमा आउने छ ।

फाेटाेग्राफर मञ्च स्याङजाकाे अध्यक्षमा न्यौपाने निर्वाचित

खबरकलम संवाददाता/स्याङजा: स्याङजाकाे विभिन्न स्थानमा छरिएर रहेका फोटोपेशामा संलग्न व्यापारी व्यवसायीहरूलाई एउटै संस्थामा आबद्ध गराउने उद्देश्यले गठन गरिएको संस्था ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ ।

अधिवेशनले पत्रकार समेत रहेका हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको नयाँ अध्यक्षमा चयन गरेको छ। नवगठित १५ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाबुराम रेग्मी, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा प्रदीप पाठक, र कोषाध्यक्षमा बिकास खाँण चयन भएका छन्।

अधिवेशनमा जिल्लाभरिका फोटो व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाका सम्पूर्ण फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहितको पक्षमा संस्था अग्रसर रहने प्रतिबद्धता जनाए।

वालिङका पुरानो फोटोग्राफर बिमल खनालको सभापतित्व र फोटोग्राफर मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सिराम रेग्मीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा उक्त क्षेत्रका बारेमा विभिन्न छलफल भएको थियोे ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराइ,फाेटाेग्राफर मञ्च,गण्डकी प्रदेशका महासचिव प्रेम पराजुली, गल्याङ चेम्वर अफ कमर्शका अध्यक्ष अर्जुन रानाभाट, ढाकाराम खनाल,बाबुराम रेग्मी,प्रदिप पाठक लगायतले बोलेका थिए ।

स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारहरुबीच ” स्याङ्जाको पत्रकारिता विगत, वर्तमान र भविष्यको संभावना तथा चुनौति” विषयमा आज एक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

खबरकलम डटकम, स्मार्ट अखबार डटकम र अकला आवाज राष्ट्रिय साप्ताहिकको संयुक्त आयोजनामा आज भीरकोट नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकारदेखि भर्खरै पत्रकारितामा प्रवेश गरेका नवपुस्ताहरुको समेत उपस्थिति रहेको थियो। देशमा राजनीतिक परिवर्तनको लामो इतिहासको साक्षी बन्दै कलम चलाएका अग्रज पत्रकार ओमप्रकाश शर्मा, मुक्ति न्यौपाने, हिमलाल पराजुली, गोपाल जिटी,प्रकाश डोटेल, श्रीकृष्ण सिग्देल, भवानी अधिकारीदेखि प्रदिप कोइराला, अमृत अर्याल, राधाकृष्ण डुम्रे, अर्जुन काफ्ले, तोलाकान्त बगाले, टिकाराम अधिकारी, केपी खनालले आफूले पत्रकारितामा देखे-भोगेका अनुभवहरु साटेका थिए।

यस्तै पत्रकारहरु ध्रुव गौंडेल, नारायण विश्वकर्मा, युवराज पौडेल, आरती कुँवर, रामबहादुर रोका, सागर न्यौपाने लगायतले पत्रकारितामा प्रविधिको प्रयोगबारे चासो राखेका थिए। युवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न खेल्नुपर्ने भूमिकाबारे पत्रकार महासंघ स्याङ्जालाई थप क्रियाशील बनाउनुपर्ने कुरामा नयाँ पुस्ताका पत्रकार आयुष्मा काफ्ले, बिना रेग्मी, पवन मरासिनीले जोड दिएका थिए।

सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पत्रकारले भोग्नुपरेका कठिनाईहरु चर्चा गर्दै पत्रकारले लेख्ने र देख्ने कुराहरुले कसरी समाज परिवर्तनमा सकरात्मक सन्देश प्रवाह गर्न सक्छन् भन्ने विषयमा अकला आवाज राष्ट्रिय साप्ताहिकका सम्पादक प्रकाश डुम्रेले प्रष्ट्याएका थिए।

कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले भीरकोट नगरपालिकाले गरेका असल अभ्यासहरुबारे चर्चा गरेका थिए। कार्यक्रममा तीन दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन खबरकलम डटकमका प्रधान सम्पादक जीवन अर्यालले गरेका थिए भने सभापतित्व स्मार्ट अखबार डटकमका सञ्चालक नारायण प्रसाद कोइरालाले गरेका थिए।

९ बुँदे भीरकोट घोषणापत्र जारी।

साथै आजको अन्तरक्रिया कार्यक्रमबाट ९ बुँदे भीरकोट घोषणापत्र जारी गरिएको छ। जसमा
भीरकोट घोषणापत्र २०८२

१) स्याङ्जा जिल्लाभर विभिन्न संचारमाध्यमहरूमा क्रियाशील पत्रकारहरूबिच मैत्रीपूर्ण सहकार्य एवं सम्बन्ध स्थापित गर्न जोड दिने ।
२) स्याङ्जाको पत्रकारिताको ऐतिहासिक दस्तावेज तयार पार्न सबै क्रियाशील पत्रकार एकजुट भएर काम अगाडि बढाउने ।
३) पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राख्दै पत्रकारको पेशागत सुरक्षा र आत्मसम्मानप्रति दृढ रहने वातावरण गराउने ।
४) स्याङ्जाका आम नागरिकको जनबोलीको प्रतिनिधित्व गर्दै सकारात्मक, नैतिक, सभ्य र मर्यादित समाज निर्माणमा मिडिया मार्फत सकारात्मक र सिर्जनात्मक भूमिका खेल्ने ।
५) सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउने ।
६) स्याङ्जाको आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धनको लागि संचार माध्यमबाट पहल गर्दै सरोकारवाला निकायबिच हातेमालो गर्ने !
७) जिल्ला स्थित सरकारी निकायहरूले प्रकाशन गर्नुपर्ने टेण्डर, सूचना , लोककल्याणकारी विज्ञापन एवं विभिन्न सूचनाहरू स्याङ्जामा संचालित संचारगृहहरूमा उच्च प्राथमिकताका साथ प्रकाशित गर्न गराउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउने ।
८) स्याङ्जा जन्मथलो भई स्वदेश तथा विदेशमा रही पत्रकारितामा सक्रिय सबै कलमजिवीहरुलाई भावनात्मक ढंगले एकजुट गराउने ।
९) स्याङ्जाको पत्रकारितामा पत्रकार महासंघलाई अगुवा संस्थाको रूपमा लिदै यसलाई गतिशील र शसक्त बनाउन सबै कृयाशील पत्रकारहरु एकजुट हुने।

जस्ता घोषणाहरु रहेका छन्।