२०८३ अशोज ५, सोमवार

ब्रम्हकुमारीज बयरघारीद्वारा आयोजित पाँच दिवसीय श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ सुरु

जेठ ६/स्याङ्जा: ब्रम्हकुमारीज बयरघारीद्वारा आयोजित पाँच दिवसीय श्रीमद्भगवद गीता ज्ञान महायज्ञ तथा व्यावहारीक एवं बैज्ञानिक प्रवचन कार्यक्रम भव्यताको साथ समुद्घाटन भएको छ।

भीरकोट नगरपालिका वडा नं ७ मर्तमास स्थित ओमकारेश्वर महादेव मन्दिरमा आजबाट पाँच दिनसम्म उक्त ज्ञान महायज्ञ एवम् प्रवचन कार्यक्रम सुरु भएको हो।

आज आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, भीरकोट नगरपालिका उपप्रमुख भगवती अर्याल, भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनाल, भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला, पब्लिक आवाज साप्ताहिक पत्रिकाका सम्पादक अमृत अर्याल, कालिका बचत तथा ऋण सहकारीका अध्यक्ष भविश्वर कोइराला लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियो भने प्रमुख वाचिका राजयोगिनि ब्रह्माकुमारी अमृत दिदीले प्रवचन वाचन गरेकी थिइन्। उक्त कार्यक्रमको सञ्चालन ब्रह्माकुमार शिशिर रेग्मीले गरेका थिए भने कार्यक्रम सभापतित्व ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय बयरघारी शाखाकी प्रमुख राजयोगीनि ब्रह्माकुमारी सुवाष दिदीद्वारा गरिएको थियो।

उक्त श्रीमद्भागवत गीता ज्ञान महायज्ञ अनिवार्य दान र सहयोग उठाउन आयोजना गरिएको नभई विशुद्ध धार्मिक एवम् प्रवचन र आत्मिक अनुष्ठानको निम्ति आयोजना गरिएको आयोजकले जनाएको छ।

श्रीमद्भागवत गीता ज्ञान महायज्ञको पूर्वसन्ध्यामा हिजै बयरघारी बजारबाट महायज्ञ स्थलसम्म कलशयात्रा तथा झाँकी प्रदर्शन गरिएको थियो।

मुक्तिनाथ बिकास बैंक स्याङ्जा शाखाको एक दिने तरकारी खेती तथा सुन्तला खेती तालिम सम्पन्न

वैशाख २९/स्याङ्जा:

मुक्तिनाथ बिकास बैंक बयरघारी शाखाले लघुबैंकिङ अन्तर्गत कर्जा कारोबार गरि कृषि पेशामा आवद्ध रहि अन्नबाली , तरकारी खेती तथा सुन्तला खेती व्यवसाय संचालन गर्दै आएका सदस्यहरुलाई एक दिने तालिम सम्पन्न गरेको छ ।

” जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ ” भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ , लघुबैंकिङ र सिमित बैंकिङ एकै साथ संचालन गर्ने नेपालको पहिलो बैंक मुक्तिनाथ बिकास बैंक लिमिटेडको लघुबैंकिङ डेस्क कार्यालय बयरघारी स्याङ्जा शाखाबाट कर्जा लिई कृषि पेशामा आवद्ध रहेका ५० जना सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा व्यवसायिक कृषक बन्न प्रेरित गर्दै केन्द्रका सदस्यहरु , स्थानीय बुद्धिजीवी , भद्रभलाद्मीहरुको उपस्तिथिमा एक दिने तरकारी खेती तथा सुन्तला खेतीको तालिम दिइएको हो ।

आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्ने जानकारी बयरघारी शाखाका कर्मचारी मिनबहादुर घर्तीले दिए।

“मानवसेवामा स्याङ्जाबासीको सोच, एक करोड अक्षयकोष” कार्यक्रम पोर्चुगलमा सम्पन्न

वैशाख २७/पोर्चुगल:

“मानवसेवामा स्याङ्जाबासीको सोच, एक करोड अक्षयकोष “ भन्ने मुल नाराका साथ प्रथम यूरोप भेला पोर्चुगलको लिस्बोनमा भब्यताका साथ बिभिन्न घोषणापत्र जारी गर्दै सभ्य रुपमा सम्पन्न भएको छ । स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष बिनयशिल ब्यक्तित्व अर्जुन अर्यालको अध्यक्षता रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज समन्यब समितिका अध्यक्ष सरल व्यक्तित्व टुकराज अर्याल प्रमुख अतिथि हुनुहुन्थ्यो भने मुल आयोजक पोर्चुगल रहेको थियो । दोश्रो दिनको कार्यक्रमको आयोजक युरोप शाखाको समन्वयम सम्पन भयो जसको अध्यक्षता यूरोप संयोजक रामन्द्र शर्माले गर्नुभएको थियो ।
दोश्रो दिन पोर्चुगलका केही स्थानहरु भ्रमण समेत गरिएको थियो । बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित करिब सय जनाको उपस्थितिले कार्यक्रमलाई सफल बनाउन सहयोग पुगेको बताइएको छ। कार्यक्रममा विभिन्न देशबाट निम्नलिखित व्यक्तिहरुको उपस्थिति थियो।
स्याङ्जा सहयोग समाज पोर्चुगल अध्यक्ष: अर्जुन अर्याल
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय अध्यक्ष/ प्रमुख अतिथि : टुकराज अर्याल
बरिस्ठ सल्लाहकार – थर्क सेन ( बेलायत )UK
सल्लाहकार : शशी पौडेल नेदरल्याण्ड
सल्लाहकार : धुर्ब राज पौडेल बेल्जियम
सल्लाहकार : एम पि अर्याल
उपाध्यक्ष : हेमन्त रानाभाट स्पेन
सचिव : इन्दिरा खनाल बेल्जियम
युरोप संयोजक : राम चन्द्र शर्मा बेल्जियम
स्याङ्जा समाज यु के : अध्यक्ष सारदा गुरुङ
स्याङ्जा समाज स्पेन : अध्यक्ष बिमल गुरुङ
स्याङ्जा समाज नेदरल्यान्डस : अध्यक्ष राजेन्द्र शर्मा
स्याङ्जा समाज बेल्जियम : उपाध्यक्ष पुण प्रसाद खनाल
स्याङ्जा समाज फ्रान्स : महासचिब उदय राज पान्डे
दिल माया शर्मा पौडेल – बेल्जियम
राष्ट्रिय कलाकार : रुपक डोटेल
पोर्चुगल स्थित सम्पुर्ण स्याङ्जावासी तथा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको विशेष उपस्थिति रहेको थियोे ।
पूर्व महासचिब ( पोर्चुगल ) बिपिन अर्यालले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष देवी डोटेलले गर्नुभएको थियो भने रुपक डोटेल लगायतका कलाकारले आफ्नो प्रस्तुति दिनुभएको थियो ।
एमपी अर्याल