२०८३ अशोज ६, मङ्लबार

काँग्रेसको आमसभा जस्तै भयो चापाकोटको प्रशासकीय भवन उद्धघाटन, पत्रकारलाई समेत फोटो खिच्न दिइएन

स्याङ्जा , चैत १३: निर्वाचन प्रणालीमा कुनै दलको उम्मेद्वार निर्वाचन सम्पन्न भएपश्चात साझा हुनुपर्दछ । पछिल्लो समय स्थानीय तह पार्टीको कार्यालय नै बन्न थालेका छन् । बिहीबार चापाकोट नगरपालिकामा पनि यस्तै दृश्य देखियो । ठुलो धनराशि खर्च गरेर तामझामको साथ चापाकोट नगरपालिकाको भवन उद्धघाटन गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गरिएको थियो ।

०७२ सालमा करिव ५ करोडमा निर्माण गरिएको प्रशासकीय भवनको उद्धघाटन नगरपालिकाको प्राङ्गणमा गरिएको थियो । त्यो भवन कुनै राजनैतिक दलको थिएन। नगरबासीको साझा हो। तर , मंच हेर्दा नेपाली काँग्रेसको आमसभा भन्दा फरक थिएन। छिमेकी जिल्ला पाल्पादेखि छिमेकी पालिकाका नेपाली काँग्रेसका निर्वाचीत जनप्रतिनिधिले मंच भरिभराउ थियो । मंचमा झण्डा मात्र थिएन अरु पार्टीको आमसभा जस्तै थियो।

नगरपालिकाको भवनमा नेपाली काँग्रेसका कार्यकर्ता तथा नेताको मात्र पहुँच हुनुपर्छ भन्ने होइन आमसर्वसाधारणको उत्तिकै अधिकार छ। त्यही मंचमा पार्टी प्रवेश सम्म गराइएपछि चापाकोटबासीले यो कार्य घृणित भएको टिप्पणी गरेका छन् । साझा थलोमा , राज्यको सम्पत्ति प्रयोग गर्दै पार्टीको कार्यक्रम गर्नु सत्ता र शक्तिको दुरुपयोग भएको नगरबासीको भनाई छ।

नेकपा माओबादीको अघिल्लो निर्वाचनमा उपप्रमुखको प्रत्यासी सिता आचार्य सहित करिव एक दर्जनलाई पार्टी प्रवेश गराइएको थियो । ‘कुनै पनि कार्यक्रममा पार्टी प्रवेश गर्नु गराउनु कुनै नौलो विषय होईन । तर , राज्यको खर्चमा र स्थानीय तहको हाता भित्र यो कार्यले स्पष्ट पार्दछ कि चापाकोट नगरपालिकामा खुलेआम राजनीति भैरहेको छ । ’ चापाकोट—९ सुन्तलीटारका एक स्थानीयले भने।

त्यसो त नगरपालिकाको प्रत्येक योजना एकपक्षीय हुने , भूगोल केन्द्रीत हुने र कार्यकर्ताको मात्र पहुँचमा हुने समस्या नगरबासीले भोग्दै आएका छन् ।

संचारकर्मीलाई सास्ती :- पाएनन् उद्धघाटनको फोटो खिच्न!

सुरक्षाको दृष्टिकोणले समाचार संकलन गर्न गएका संचारकर्मीलाई समेत सास्ती भएको थियो । सुरक्षाकर्मी तथा प्रधानमन्त्रीका गार्डले संचारकर्मीलाई मंचको अघिल्लो भागमा जान रोक लगाए । जहाँ , साउण्ड सिस्टम र संचारकर्मीले छायाँकन गर्ने स्थल बनाइएको थियो।

नगरको भवन उद्धघाटन कार्यक्रममा प्रधानमन्त्रीले भवन उद्धघाटन गरेको दृश्य नै खिच्न पाएनन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार बाहेक अरु संचारकर्मीले त्यो दृश्य खिच्न नपाएपछि अधिकाशं मिडिया हाउसले राससको तस्बिर प्रयोग गरेका थिए । त्यहाँ गएका संचारकर्मी दङ्ग परे । ‘भवन उद्धघाटन त भयो , मंचमा दियो बालेको दृश्य तथा तस्विर प्रयोग गर्नुपर्यो ।’ संचारकर्मीको भनाई थियो।

प्रधानमन्त्री अन्यौल, “नगर हो कि गाउँपालिकाको उद्धघाटन”

प्रधानमन्त्री शेर बहादुर देउवाले उद्धघाटन गरेको कार्यक्रमा देउवा नै अन्यौल छन् । आँफूले उद्धघाटन गर्ने कार्यक्रम नगर हो कि गाउँपालिकाको हो भन्ने विषयमा स्पष्ट नभई कार्यक्रममा सम्बोधन गरे । चापाकोट नगरपालिकाको भवन उद्धघाटन गर्न आएका देउवा आँफुले नगरपालिका मा हो कि गाउँपालिकामा आएको हो भन्ने विषयमा पत्तै पाएनन् ।

नयाँ भवनको झै तामझामसहित उद्धघाटन गरिएको नगरपालिकाको भवन नयाँ भवन नभई तला थप गरिएको भवन हो ।

छैटौँ दिपन स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कन्साइन्स स्कुल विजयी

चैत ८/खबरकलम संवाददाता: आजबाट सुरु भएको छैटौँ दिपन स्मृति क्रिकेट प्रतियोगितामा कन्साइन्स आवासीय मावि हेलुले विजयी सुरुवात गरेको छ।‌‌

आज भएको उद्घाटन खेलमा‌ कन्साइन्स स्कुल हेलुको टीमले भुपु सैनिक एकेडेमी बयरघारीमाथि विजयी भएको हो। हेलु लामाचाैर युवा क्लब भीरकाेट वडा नं १ लामाचाैरको आयोजनामा आज चैत्र ०८ देखि १३ गतेसम्म सञ्चालन हुने “छैठौँ दिपन स्मृति क्रिकेट प्रतियोगिता” २०७८ काे एक कार्यक्रमबीच भीरकाेट नगरपालिका उपप्रमुख सिमा केसी कर्माचार्यले उद्घाटन गरेकी छन्।

कार्यक्रममा भीरकोट नगरप्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष दीपेन्द्र क्षेत्री, नेपाली काँग्रेस भीरकाेट नगर सभापति एवं ५ नम्बर वडाध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) लगायतका वक्ताले मन्तव्य राखेका थिए । भीरकाेट १ लामाचाैर खेलमैदानमा हुने उक्त प्रतियोगितामा स्याङ्जा, कास्की र पाल्पाका १५ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

उक्त उद्घाटन कार्यक्रमको संचालन युवराज अर्यालले गरेका थिए भने स्वागत मन्तव्य रामकुमार भण्डारीले व्यक्त गरेका थिए।

सवारी चालक अनुमतिपत्र परीक्षामा सहभागी नक्कली परीक्षार्थीहरु पक्राउ

चैत ७/बुटवल: सवारी चालक अनुमतिपत्र परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीहरुलाई वुटवल प्रहरीले पक्राउ गरेको छ।

२०७८ साल चैत ५ गते यातायात व्यवस्था कार्यालय लुम्बिनीद्वारा संचालन गरिएको सवारी चालक अनुमति पत्रको लिखित परिक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परिक्षार्थीहरु क्रमशः जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं.७ बस्ने वर्ष २२ को उद्दयराज भण्डारी, जिल्ला कपिलबस्तु नगरपालिका वडा नं.४ बस्ने वर्ष २० को दुर्गेश पाल,भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज बस्ने वर्ष १९ को सन्दिप कुर्मी, सोही स्थानमा बस्ने वर्ष १९ को महिप बर्मा समेतलाई पक्राउ गरी सार्वजनिक कसुरअन्तर्गत अनुसन्धान भई रहेको जानकारी प्रहरीले दिएको छ।

वालिङमा नयाँ डिएसपी र पत्रकारहरुको अन्तरक्रिया र परिचयात्मक कार्यक्रम सम्पन्न

चैत ६/जीवन अर्याल: स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा अवस्थित वडा प्रहरी कार्यालयका नयाँ कार्यलय प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले पत्रकारहरुसँग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन्।‌

वडा प्रहरी कार्यालय वालिङमा आजबाट पदभार ग्रहण गर्दै प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायमको निमित्त सहकार्य गर्न आफू तयार रहेको बताएका थिए। पत्रकार महासंघ स्याङ्जा, प्रेस चौतारी स्याङ्जामा आबद्ध पत्रकारहरुसँग कुरा गर्दै डिएसपी खतिवडाले सत्य सूचना प्रवाह गर्न र समाजमा न्यायको अनुभूति गर्न नपाएकाहरुलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए।

वडा प्रहरी कार्यालय वालिङको प्रमुखमा प्रहरी निरीक्षकको दरबन्दी स्वीकृत भएकाले आफू काजमा आएको र चाँडै नै काज दरबन्दीलाई स्थायी दरबन्दी बनाउन पहल गर्ने उनको भनाई थियो। २०६१ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा सुरु गरेका खतिवडा ६ वर्ष अघि प्रहरी नायब उपरीक्षकमा बढुवा भएका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यान तथा इलाका प्रहरी कार्यालय धरानमा यसअघि काम गरिसकेका खतिवडा सिनियर डिएसपीहरुमध्ये एक हुन्।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जा जिल्लाकै संवेदनशील स्थानको प्रहरी कार्यालय हो। भीरकोट नगरपालिका, वालिङ नगरपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिकाका अपराध अनुसन्धान र शान्ति सुव्यवस्था तथा मुद्दा दर्ता सम्बन्धी सम्पूर्ण कामकाजहरु वडा प्रहरी कार्यालय वालिङबाटै संचालन हुन्छन्।

स्याङ्जा जिल्लाको राजनैतिक, आर्थिक तथा व्यापारिक केन्द्र वालिङ भएकाले पनि यो ठाउँमा डिएसपीको दरबन्दी आवश्यक रहेको र डिएसपी नै कार्यालय प्रमुखको रुपमा पाउँदा आफूहरु हर्षित भएको पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रेले बताए। प्रेस चौतारी स्याङ्जाका अध्यक्ष सुशिल सुवेदीले सिदार्थ राजमार्ग लागूऔषध तस्करको मुल ट्रान्जिट बन्दै गएकाले यसमा विशेष ध्यान दिन अनुरोध गरेका थिए। प्रेस चौतारी स्याङ्जाका सचिव जीवन अर्यालले वालिङमा भएगरेका घटनाका सूचना पाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई नै गुहार्नुपर्ने अवस्था रहेकाले यसबारे समन्वय गरी वालिङबाटै सूचना पाउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए।‌

प्रेस चौतारी गण्डकी प्रदेश सचिव गोपाल जिटी, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोइराला, पिएनएन खबर डटकमका सम्पादक तथा पत्रकार महासंघ पर्वतका उपाध्यक्ष नारायण निर्भिक, वालिङ टिभीका मोहन सुनार लगायतका संचारकर्मीले डिएसपीको स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भीरकोट साना किसान सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न

चैत ५/स्याङ्जा:- जीवन अर्याल: भीरकोट साना किसान सहकारी संस्था लिमिटेड भीरकोट ६ बगरेबजारले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ। बालोदय आवासीय मावि बगरेबजारको प्राङ्गणमा सहकारीले आज साधारणसभा सम्पन्न गरेको हो।

आज सम्पन्न भएको उक्त साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका सांसद् माननीय मोहन रेग्मीले विकास निर्माण कार्यमा राजनीति भन्दा माथि उठेर रचनात्मक सहयोग गर्नुपर्ने तथा प्रदेश सरकारले पारेका योजनाहरु पूरा हुनुपर्ने कुरामा जोड दिएका थिए। आफू सर्वसाधारणको साझा व्यक्ति भएकाले आफ्ना पीरमर्का निर्धक्क भएर सुनाउन र सहकारीको विकासमा डटेर अघि बढ्न हौसला प्रदान समेत गरेका थिए।

यस्तै, विशिष्ट अतिथिको रुपमा आफ्नो भनाई राखेका भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले सहकारीको विकासका लागि आफू र नगरपालिका सदैव तयार रहेको भन्दै सहकारीलाई राजनैतिक रंग नदिई साझा संस्था बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। सहकारी मार्फत पशुबिमा, कृषिसम्बन्धी कार्य गर्न र नगरपालिकालाई सहकारी मार्फत गाउँ-गाउँमा पुर्याउन तयार रहेको भन्दै सहकार्यमा जोड दिएका थिए। एक घर एक सहकारी प्रवर्द्धनका निमित्त नगरपालिकाले विपन्न परिवारलाई एक हजार रुपैयाँ बराबरको शेयर नगरपालिकाले प्रदान गरिदिने समेत उनको धारणा थियो।

अन्य विशिष्ट अतिथिहरु भीरकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष लक्ष्मण खत्री, नगर प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, भीरकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष चन्द्रबहादुर बस्नेत, माछापुच्छ्रे सहकारी संस्था लिमिटेडका अध्यक्ष डोलराज ढुंगाना, तुलसी भञ्ज्याङ साना किसान सहकारी संस्था लिमिटेडका प्रबन्धक शम्भु अधिकारी, ग्रामीण कृषि सहकारी संस्था लिमिटेडकी प्रबन्धक सरिता अधिकारी लगायतका वक्ताहरुले सहकारी प्रवर्द्धनका निमित्त आफ्ना धारणा राखेका थिए।‌‌

संस्थाका अध्यक्ष विश्वनाथ अर्यालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सहकारीले गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। उनका अनुसार आगामी आर्थिक वर्षमा २००० शेयर सदस्य पुर्याउने, सम्पूर्ण आर्थिक कारोबार कम्प्युटर र सफ्टवेयर मार्फत गराउने, अनुदानका कार्यक्रम सञ्चालन गराउने, कृषकलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने लगायतका योजना प्रस्तुत गरेका थिए।

संस्थाका शेयर सदस्य पर्वत खाम्चाले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डासिनारायण अर्याल तथा धन्यवाद ज्ञापन संस्थाकै संचालक समिति सदस्य भगवती शर्माले गरेकी थिइन्। करिब ३५०‌ जना शेयरसदस्यहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।

उत्पादनमा शेयर सदस्यहरुको सक्रियता बढाउन सहकारीले काक्रो, घिरौंला, सिमी, बोडी, लौका, रायोको साग, भिन्डी लगायतका तरकारीको बीउ समेत उपलब्ध गराएको थियो।

फागुपूर्णिमाको अवसरमा अर्जुनचौपारीमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु

चैत ३/रामबहादुर रोका: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. १ बजारमा फागुपूर्णिमाको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

भलिबलको उद्घाटन गर्दै अध्यक्ष दीर्घनारायण अर्याल र उपाध्यक्ष चीनमाया गुरुङ

दरौँखोला युवा परिवारले आयोजना गरेको उक्त भलिबल प्रतियोगिता चैत्र ०२ गते पालिका प्रमुख दीर्घनारायण अर्यालद्वारा उद्घाटन गरिएको सोही युवा परिवारका सचिव लोक प्रसाद पौडेल(सारस)ले जानकारी दिनुभयो।

चैत्र ०२ गतेदेखी शुरु भएको अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७७,७७७ , द्धितीय पुरस्कार ५५,५५५ , तृतीय पुरस्कार २५,५५५ साथै शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने वेष्ट प्लयेर , स्पाइकर र लिफ्टरलाई समेत आकर्षक पुरस्कार रहेको युवा परिवारका अध्यक्ष दुबिन गुरुङले बताउनुभयो।

उहाँले खेल राष्ट्रिय रेफ्रीहरुद्वारा पोल सिस्टम अनुसार खेलाइने र मादक पदार्थ सेवन गरेका खेलाडीलाई खेलमा समावेश नगरिने साथै खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय रहने बताउनुभयो ।

उक्त उद्घाटन समारोहमा अर्जुनचौपारी गाउँपालिका प्रमुख दीर्घनारायण अर्याल , उपप्रमुख चिनमाया गुरुङ , नेकपा एमाले पालिका अध्यक्ष मोहन बहादुर अधिकारी , नेपाली काङ्ग्रेस पालिका कार्यसमितिका उपसभापति क्षेत्र बहादुर रोकाहा , समाजसेवी ललित थापा , अर्जुनचौपारी प्रहरी चौकीका इन्चार्ज नेपाल प्रहरीका नायव निरीक्षक भेषराज रेग्मी लगायत उल्लेखनीय दर्शकहरुको उपस्थिति रहेको उक्त परिवारका उपाध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो ।

स्याङ्जाका प्रहरी निरीक्षक “Police Of The Month” सम्मानद्वारा सम्मानित

चैत १/रामबहादुर रोका: जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक “उत्कृष्ट प्रहरी” सम्मानद्वारा सम्मानित भएका छन् ।


हरेक महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उत्कृष्ट प्रहरीलाई सम्मान गर्दै आएको छ । यसै क्रममा आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारी र बफादारीका साथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन गरी आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने काम गरेकोमा प्रहरी निरीक्षक शिव थापालाई माघ महिनाको “Police of The Month” सम्मानद्वारा सम्मानित गरिएको हो ।


आफ्नो जिम्मेवारी अन्तर्गत गत पौष महिनाको २१ गतेका दिन स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका वडा नं.१ पल्लोस्वाँरा स्थितमा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार अभियुक्तहरूलाई पक्राउ गरी सफलताका साथ अनुसन्धान गर्नमा अहम भुमिका निर्वाह गरेका थिए । त्यस्तै निज निरीक्षकले जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान अधिकृतको जिम्मेवारी सम्हाल्दै विभिन्न शीर्षकका चालू तथा पेन्डिङ अवस्थामा रहेका मुद्दाहरुको सफल अनुसन्धान गरि मुद्दा फछ्र्यौट , साथै विभिन्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आम नागरिक सामु नेपाल प्रहरी संगठनको नाम उच्च गराएकोमा उनी सम्मानित भएका हुन् ।
विभागीय नीति निर्देशनलाई पुर्ण रुपमा पालना गर्दै लगनशील तथा कर्तव्यनिष्ट भई उच्च व्यवसायिक कार्य कुशलताका साथ उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गरेकोमा निज प्रहरी निरीक्षक शिव थापालाई २०७८ साल माघ महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
निज उत्कृष्ट प्रहरी निरीक्षकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले कदर-पत्र प्रदान गर्दै आगामी व्यवसायिक सफलताको कामना एवं बधाई दिनुभएको हो । हरेक महिना कामको प्रगति अनुसार उत्कृष्ट प्रहरी सम्मान पदकबाट प्रहरी संगठन केन्द्रीय कार्यालयको नीति अनुसार प्रहरीहरु सम्मानित गर्दै आएको डिएसपी अधिकारीले बताउनुभयो ।

नेपाल मुस्लिम इत्तिहाद संगठन स्याङजाको जिल्ला अधिवेशन सम्पन्न

फागुन २८/जीवन अर्याल: नेपाल मुस्लिम इत्तिहाद संगठन स्याङ्जाको जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा हाजि सेर अलिको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनले नुरुल हक मियाँको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

नेपाल मुस्लिम इत्तिहाद संगठनको केन्द्रीय अध्यक्ष सेराज अहमत फारुकी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि नाजिर हुसेन (नेपाल मुस्लिम इत्तिहाद संगठनका संस्थापक अध्यक्ष), नेपाल मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय उपाध्यक्ष हाजी इस्लाम मियाँ, माननीय मोहन रेग्मी (प्रदेश सांसद्), मिनप्रसाद गुरुङ (प्रदेश सांसद्), नेकपा एमालेकी केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति स्याङ्जाकी अध्यक्ष सिता सुन्दास,नेकपा एमालेका जिल्ला अध्यक्ष पारस गैह्रे, उपाध्यक्ष कृष्ण खाँण, नेकपा एमाले स्याङ्जा सचिव राजेन्द्र डुम्रे, सहसचिव विश्व पौडेल, पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा क्षेत्री, उपप्रमुख महेश पुरी, मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय सदस्य जबुल मियाँ, तारा शर्मा, जिसस उपाध्यक्ष दिलिप बगाले लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा इमाम मोहम्मद युसुफ मियाँले इस्लाम धर्मग्रन्थ कुरान पढेर कार्यक्रमको सुरुवात गरेका थिए भने कार्यक्रम सञ्चालन नासिर खानले गरेका थिए। मुस्लिमहरुको हकहितको लागि स्थापित भएको उक्त संगठनले नयाँ कार्यकालका लागि सर्वसम्मत अध्यक्ष नुरुल हक मियाँ, उपाध्यक्ष शहनसा अली, सचिव मुन्नु निशा, सह सचिव मोहम्मद अजिज खान, सह सचिव अनुर अली, कोषाध्यक्ष अब्दुल मजिद लगायतको ३३ सदस्यीय पूर्ण कमिटी चयन गरेको हो।

अध्यक्ष:- नुरुल हक मियाँ
उपाध्यक्ष :- शहनसा अली
सचिव :- मुन्नु निशा
सह सचिव :- मोहम्मद अजिज खान
सह सचिव :- अनुर अली
कोषाध्यक्ष:- अब्दुल मजिद मियाँ
सदस्य :- अलि हुसेन
सदस्य :- मोहम्मद आरीफ
सदस्य :- हजरत अली
सदस्य :- फजीर दिन मियाँ
सदस्य :- अमिर हम्जा
सदस्य :- मोहम्मद अजिम
सदस्य :- समसुदिन मियाँ
सदस्य :- दिन अहमद मियाँ
सदस्य :- सौकत अली
सदस्य :- अलि हमिद मियाँ
सदस्य :- शेर अली
सदस्य :- अहमद नासिर
सदस्य :- मोहम्मद रनजान खाँ
सदस्य :- वइस मियाँ
सदस्य :- अलि अक्बर मियाँ
सदस्य :- इस्माइल मियाँ
सदस्य :- नजमा खातुन
सदस्य :- नसिब मियाँ
सदस्य :- असगर अली
सदस्य :-सायरा बानु
सदस्य :- सुकुर अलि मियाँ
सदस्य :- अमिना खातुन
सदस्य :- हाजीरा खातुन
सदस्य :- सकुरा मियाँ
सदस्य :- साएरा निशा, सदस्य:- अहमद अलि मियाँ
सदस्य :- अलि मोहम्मद मियाँ
सदस्य :- अहमद दिन मियाँ

सिरुबारीमा भएको भलिबल प्रतियोगितामा पर्वतको भगेँरा विजयी, स्याङ्जाको राङ्खोला उपविजेता

फागुन २७/स्याङ्जा: राम बहादुर रोकाहा
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर १ सिरुवारीस्थित कुर्ले झाँक्रीथानमा १० औं शिरसुवा गम्भीर सिंह गुरुङ स्मृतिकप भलिबल प्रतियोगितामा पर्वतको भगेँरा युवा क्लब विजयी भएको छ भने स्याङ्जाको राङ्खोला युवा क्लब उपविजेता भएको छ।

यहि मिति २०७८ साल फाल्गुन २३ गतेका दिन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभएको थियो भने २४ गते पुर्व सांसद एवं गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यता , २५ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपाली र नेपाली काङ्ग्रेस स्याङ्जा जिल्लाका सभापति राजु थापाको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता भएको स्थानीय समाजसेवी उर्मिला गुरुङले बताउनुभयो।

फाल्गुन २३ गतेदेखि आज २७ गतेसम्म भएको उक्त स्मृतिकप भलिबल प्रतियोगितामा १६ टिमभन्दा बढी टिमका बीच प्रतिस्पर्धा भएकोमा प्रथम हुने पर्वतको भँगेरा युवा क्लबले रु. एक लाख आफ्नो हातमा पारेको थियो भने उपविजेता स्याङ्जाको राङ्खोला युवा क्लबले रु. पचास हजारको बाजि मारेको र त्यस्तै तृतीय हुने पर्वतको महाशिलाले रु. पच्चीस हजार आफ्नो हातमा पार्दै तीनवटै क्लबलाई पदक समेत वितरण गरिएको आयोजक टिमका संस्थापक मेजर लिल बहादुर गुरुङले जानकारी दिनुभयो ।

विगत केही वर्ष अगाडिबाटै स्मृतिकप भलिबल प्रतियोगिता हुँदै आएको भएतापनी यसअघि गाउँपालिकाभित्र मात्रै प्रतियोगिता गर्दै आएको तर यस वर्ष भएको १० औं स्मृतिकपमा भने दायरा बढाई पर्वत जिल्ला र सोही आयोजक पालिकाको सिमानास्थित पालिकाहरुलाई पनि समावेश गरिएको मेजर लिल बहादुर गुरुङले बताउनुभयो ।

भ्याली पब्लिक विद्यालय भङ्गाल सुन्दरबस्ती काठमाडौंको प्रायोजनमा रहेको उक्त प्रतियोगितामा विद्यायले सहभागी भएका सम्पुर्ण टिमका खेलाडीहरु , स्वयंसेवकहरु र स्वतन्त्र पत्रकारहरुका लागि पोसाक(जर्सी) र क्याप समेत उपलब्ध गराइएको कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उक्त भलिबल प्रतियोगितामा नेपाल भलिबल संघका रेफ्रीहरु जीवन गुरुङ र विष्णु बहादुर थापा रहेका थिए भने सुपरिवेक्षण पूर्ण न्यौपानेले गरेको स्थानीय समाजसेवी उर्मिला गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै ५ दिनसम्म भएको प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख आतिथ्यता भने स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल , स्याङ्जाका प्रहरी प्रमुख एसपी राजिब बहादुर बस्नेत , स्याङ्जाका सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी मोहन न्यौपाने र राष्ट्रिय अनुसन्धान विभाग स्याङ्जाका प्रमुख बिरेन्द्र सिंह कार्कीको रही सो कार्यक्रम भव्यताका र सभ्यताका साथ सम्पन्न भएको आयोजक टिमका संस्थापक मेजर लिल बहादुर गुरुङले जानकारी दिनुभयो ।

संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो

फागुन २६/काठमाडौं: संखुवासभा जिल्लामा आज भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको जानकारी संखुवासभा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दिएका छन्।

बा ४ ख ७३५ नम्बरको बस बिहानै सातघुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटनासँगै ३५० मिटर तल खसेको जनाइएको छ।

मृतकमा त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला रहेको तथा घाइते पाँच जनालाई अस्पताल लगिएको र अहिले पनि उद्धार कार्य जारी रहेको जानकारी प्राप्त भएको छ।