२०८३ अशोज ५, सोमवार

परिषदको छन्दोबद्ध कविता बाचन सम्पन्न

पोखरा/फागुन १५: नेपाली भाषा शिक्षक परिषद कास्की,नेपालको आयोजनामा माध्यमिक तहस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

बालप्रभात बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका ३१ जना प्रतियोगी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।प्रमुख अतिथिले परिषद्ले गरेका कार्यक्रमको प्रशंसा गर्नुभएको थियो।छन्दोबद्ध कविता वाचन कार्यक्रममा पोखरा मा.वि का प्रशंसा त्रिपाठी प्रथम, डायमण्ड मा.विका पुनम भण्डारी द्वितीय,पोखरा चिसाखोला वेद विद्याश्रमका नवराज लम्साल तृतीय र केफ माविका आइसा पराई र ज्ञानसागर एकेडेमीका सरिस्मा बास्तोला सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

,संस्कृत क्याम्पस बगरका क्याम्पस प्रमुख उपप्रा. डा जगन्नाथ रेग्मी र छन्द बचाउ अभियानका अभियान्ता माधव वियोगी निर्णायक रहनुभएको कार्यक्रममा सल्लाहकार सहप्रा.डा यमनाथ तिमिल्सिना, बोधराज ढकाल, लोकचन्द्र खनाल ,डोलराज अर्याल,दिनेश सापकोटा र बाल प्रभात बोर्डिङ स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर कुँबर लगायतले मन्तव्य दिनुभएको थियो । परिषद्का सदस्य नारायण पराजुलीले संयोजन गर्नुभएको कार्यक्रमको सभापतित्व  परिषदका अध्यक्ष डिल्लीराम अर्यालले गर्नुभएको थियो भने सञ्चालन सचिव सूर्य प्रसाद लम्सालले गर्नुभएको थियो ।

सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा हेलुमा सुरु

फागुन १५/स्याङ्जा: सनराईज बैंकले स्याङजाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

याेसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।

कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शेषकान्त अर्याल, भीरकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद कोराला र बैङ्कका वालीङ्ग शाखा प्रमुख ध्रुव लम्सालले मन्तव्य राख्नुभएको थियो । सनराईज बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वालीङ्ग शाखा प्रमुख ध्रुव लम्सालले गर्नुभएको थियो ।

उक्त शाखारहित बैंकिङ सेवाको व्यावसायिक प्रतिनिधिको रुपमा बैंकले युवराज अर्याललाई नियुक्त गरेको छ ।

पुतलीबजार नगरपालिका वडा नं. ११, हेलुमा खोलिएको शाखारहित सेवाको उद्घाटन पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष भवानीप्रसाद लामिछाने र बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले संयुक्तरुपमा गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष भवानीप्रसाद लामिछानेले अत्याधुनिक बैकिङ्ग सेवा गाउँमै आउँदा आफु निकै खुशी भएको र आफ्नो सक्दो सहयोग रहने बताउनुभयो ।

सनराइज बैंक गण्डकी प्रदेशका प्रदेश प्रमुख सुजन पौडेलको सभापतित्व तथा पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष ख्यामनारायण लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिँदै सनराइज बैंक वालिङ शाखाका शाखा प्रमुख ध्रुवप्रसाद लम्सालले सनराइज बैंकको महत्व र बैंकले दिने सेवाहरुबारे प्रष्टाएका थिए।

शाखारहित सेवाबाट ग्राहकले बैङ्कका प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, मोबाइल र डिसहोम टेलिभिजन रिचार्ज लगायत सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

लागू औषध सहित २ जना पक्राउ

फागुन ९/स्याङ्जा: स्याङ्जा जिल्लामा लागुऔषध सहित २ जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जि. स्याङ्जा पुतलीबजार न.पा. वडा नं. १ प्रगतिनगर निवासी २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गा.पा. वडा नं. १ बस्ने २२ वर्षीय अमुल परियार शंकास्पद अवस्थामा पक्राउ गरी सोधपुछ गर्दा निजहरुले लागू औषध खरिद गरी दिवस गुुरुङको घरमा लुकाई छिपाई राखेको अवस्थामा BUPRENORPHINE २८ एम्पुल, Diazepam २८ एम्पुल, Phenergan २८ एम्पुल गरी जम्मा ८४ एम्पुल, लागु औषध गांजा र सिरिन्ज समेतका लागू औषध बरामद गरी लागू औषध मुद्धामा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जिल्ला युवा समिति अध्यक्षमा विश्वनाथ अर्याल चयन

फागुन ८/स्याङ्जा: जिल्ला युवा समिति स्याङ्जाको अध्यक्षमा विश्वनाथ अर्याल चयन भएका छन्।

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार नेकपा भीरकोटका अध्यक्ष तथा नेकपा स्याङ्जा जिल्ला सदस्य अर्यालले युवा समिति स्याङ्जाको अध्यक्षमा जिम्मेवारी पाएका हुन्।

युवाहरुको माझ मात्र नभई हरेक पुस्ताका मानिसमा उनी लोकप्रिय मानिन्छन्। खेलकुदप्रेमी, समाजसेवी र असल राजनीतिक नेताको रुपमा छवि बनाएका उनको नियुक्ति पश्चात युवाहरुमा निकै आसा पलाएको छ।

क्लष्टर फर एकेडेमिक डेभलपमेन्ट (CAD) द्वारा आयोजित फुटबल प्रतियोगिता सम्पन्न

फागुन ४/स्याङ्जा: क्लष्टर फर एकेडेमिक डेभलपमेन्ट (CAD) भीरकोटद्वारा आयोजित प्रथम जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिता सम्पन्न भएको छ।

एक कार्यक्रमका बीच माघ ३० गतेबाट सुरु गरिएको उक्त प्रतियोगिताको फाइनल फागुनको ३ गते सम्पन्न भएको थियो।

कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको खेलकुद तथा शैक्षिक उन्नतिका लागि पहिलोपटक जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको क्याड भीरकोटका संयोजक जीवन अर्यालले बताए।

केन्द्रीय प्याब्सन पनि भूमिकाविहीन भएको र जिल्ला प्याब्सन पनि सक्रिय नभएको अवस्थामा भीरकोट नगरपालिकामा संचालित पाँच वटा निजी विद्यालयको संयुक्त पहलमा उक्त कार्यक्रम आयोजना गरिएको प्याब्सन केन्द्रीय सदस्य अमृत अर्यालले खबरकलमलाई जानकारी दिए।

कुल २५ वटा टीम सहभागी उक्त कार्यक्रममा भुपु सैनिक आवासीय मावि वालिङले सान्त्वना स्थान प्राप्त गरेको छ। तेश्रो स्थानमा कन्साइन्स आवासीय मा वि हेलुले चित्त बुझायो।

निकै राम्रो खेल पस्किएको भुम्रे मावि वालिङलाई ट्राइ ब्रेकरमा हराउँदै बालज्योति आवासीय मावि बयरघारी च्याम्पियन हुन सफल भयो।

चार दिनसम्म चलेको उक्त प्रतियोगितामा‌ प्रथम हुनेले नगद रु १५००० ट्रफी मेडल र प्रमाणपत्र, द्धितीय हुनेले नगद रु १०००० ट्रफी मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद रु ५००० ट्रफी मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु २००० ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनालले भीरकोटका विद्यार्थीहरुको उन्नयनमा CAD ले गरेको कार्यक्रमको सह्राहना गर्दै नगरपालिकाको तर्फबाट उचित सहयोग प्रदान गर्न तयार रहेको जनाएका थिए।

समापन कार्यक्रम पानी तथा हावा हुरीको कारण बिथोलिए पनि सफल रुपमा सम्पन्न भएको खेल संयोजक रेशम देवकोटाले जानकारी दिए।

उक्त प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रमको संचालन माधव गैह्रेले गरेका थिए।

भीरकोटको उर्वर फाँट पकानमा प्रथम आलु महोत्सव हुने

स्याङ्जा, १ फागुन । भीरकोट नगरपालिका वडा नं. ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । यही फाल्गुन ७ र ८ गते प्रथम आलु महोत्सवको तयारीका लागि शनिबार छलफल कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख छायाराम खनालले जिल्लामै पहिलो पटक आयोजना गरिएको आलु महोत्सवले कृषकहरुलाई प्रेरणा र उत्साह जागेको भन्दै कृषिमा नयाँ आयाम थपिने बताए।

महोत्सव आयोजना सम्बन्धी छलफल तथा अन्तरक्रियामा बोल्दै प्रमुख खनालले आलु महोत्सवबाट यस क्षेत्रका स्थानीयको मात्र नभई समग्र भीरकोट नगरपालिका र जिल्लाकै लागि गौरवको विषय भएको बताए ।

कार्यक्रममा भीरकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष यामप्रसाद अधिकारी, पत्रकार अमृत अर्याल, कृषक पोतप्रसाद तिवारी, शेषकान्त तिवारी, मोतिलाल पौडेल लगायतले मन्तव्य राखेका थिए । कृषिको लागि निकै संभावना रहेको पकान फाँटमा यसपटक कृषकहरुले सामुहिक आलु खेति गरेका छन् ।

पकान फाँटमा यसपटक ३ सय रोपनी क्षेत्रफलमा सामुहिक आलु खेति गरिएको वडा अध्यक्ष अधिकारीले बताए।

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष देवि पाण्डे तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष अधिकारी र सञ्चालन संस्थाकी सचिव अम्बिका अर्यालद्वारा भएको थियो।

भरुवा बन्दुक सहित १ जना मानिस पक्राउ

माघ २७/स्याङ्जा: स्याङ्जामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।

हरिनास गाउँपालिका वडा नं. ३ बलाम्दी बस्ने ४० वर्षीय तुल बहादुर रानाको घरमा अवैध भरुवा वन्दुक छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनलाई पक्राउ गरेको हो।

निजको घर खानतलासी गर्दा भरूवा बन्दुक र सो सँग सम्बन्धित सामानहरू फेला परेको हुँदा पक्राउ तथा बरामद गरी “हातहतियार तथा खरखजना सम्बन्धी” कसुर मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा बस दुर्घटनाग्रस्त

माघ २४/स्याङ्जा: स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा बस दुर्घटनाग्रस्त भएको छ।

पोखरादेखि अवलोकन भ्रमणमा आएको आमा समूहको टोली बोकेको बस सुरुवारी अवलोकनगरी फर्कने क्रममा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ६ निउवाबोटमा दुर्घटना भएको छ।

भ्रमण टोलीमा ३७ जना रहेको तथा ६ जना घाइतेको थप उपचारको लागि पोखरा रिफर गरिएको र सामान्य घाइते ४ जनालाई आँधीखोला सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको उद्धारमा संलग्न स्थानीयले जानकारी दिएका छन्।

स्याङ्जाको पर्यटकीय स्थल सिरुवारीमा माघ २७ देखि होम स्टे सुरु

माघ २४/स्याङ्जा: नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुबारीमा होम स्टे सेवा पुन सुचारु हुने भएको छ।

लामो समयसम्म देशमा चलेको कोरोना भाइरसको महामारी तथा बन्दाबन्दीको अवस्थामा बन्द गरिएको होम स्टे सेवा पुनः सुचारु गर्न लागिएको स्थानीयले बताएका छन्।

यही माघ २७ गते देखि सुचारु हुन लागेको होम स्टे सेवामा विभिन्न सांस्कृतिक कार्यक्रम, भेषभुषा, गुरुङ संस्कृति समेत देखाइने भएको छ।

साविकको पंचमुल गाविसको सिरुवारी गाउँ हाल अर्जुन चौपारी गाउँपालिका तथा आँधीखोला गाउँपालिका अन्तर्गत पर्दछ।

प्राकृतिक रूपमा मात्रै नभई सांस्कृतिक रुपमा समेत स्याङ्जा जिल्लाको सिरुवारी पर्यटनको लागि प्रसिद्ध छ।

सिद्धार्थ राजमार्गमा सवारी जुध्दा चार घाइते

माघ २३/खबरकलम संवाददाता: सिदार्थ राजमार्ग अन्तर्गत फेदीखोला गाउँपालिका वडा नं २ मा टिप्पर र बस जुध्दा चार जना घाइते भएका छन्।

फेदीखोलादेखि पोखरा जाँदै गरेको ग १ ख ७६११ को टिप्पर र पोखरादेखि सुनौली जाँदै गरेको ग १ ख ९३७४ नंबरको बस सिदार्थ राजमार्ग अन्तर्गत फेदीखोला गाउँपालिका वडा नं २ मा एक आपसमा जुध्दा ४ जना घाइते भएका हुन्।‌

घाइते चालक टिप्परमै च्यापिएकाले क्रेन लगाएर निकाली उपचारार्थ पोखरा पठाइएको र हाल राजमार्ग सुचारु हुन लागेको खबरकलमलाई खबरकलम संवाददाताले जनाएका छन्।