२०८३ अशोज ५, सोमवार

पोखराबाट सिटी वन टेलिभिजनको परीक्षण प्रसारणको थालनी

भदौ १४/राम बहादुर रोकाहा/स्टार नेपाल मिडिया हब प्रा.लि.द्वारा संचालित गण्डकी प्रदेशको पोखरा नयाँबजारमा प्रधान कार्यालय भएको सिटी वन टेलिभिजनले आजबाट परीक्षण प्रसारण शुरु गरेको छ।

श्रीकृष्ण जन्माष्टमीको शुभ दिन पारेर नेपाली सञ्चार माध्यमको जगतमा “समाचार र मनोरञ्जनका लागि सिटी वन”भन्ने मुल नारा सहित आज टेलिभिजन स्टुडियोमा एक कार्यक्रम सहित उक्त प्रा.लि.का अध्यक्ष पवन प्रजापतिद्वारा आजबाट औपचारिक रुपमा देशव्यापी परीक्षण प्रसारण सुरु भएको हो ।

आजबाट परीक्षण प्रसारणमा रहेको उक्त एचडी टेलिभिजन क्लियर टिभि रिसिभरको ९६३ च्यानल नम्बर साथै आधिकारिक फेस्बुक पेज र युट्युब च्यानलबाट समेत हेर्न पाइन्छ ।


आजबाट परिक्षण प्रसारण थालनी भएसङ्गै अध्यक्ष प्रजापतिले गण्डकी प्रदेशका सम्पूर्ण नागरिक एवं दर्शकलाई आत्मसात गर्दै उहाँहरुकै आवाज टेलिभिजनबाट बोलिने भन्ने बताउनुभयो । सोही टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले आगामी असोज महिनादेखि टेलिभिजनले नियमित प्रसारण गर्ने जानकारी दिइन् ।


प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार टेलिभिजनले परिक्षण प्रसारण शुरु गरेसङ्गै सूचना ,मनोरञ्जन , विभिन्न रियालिटी सो कार्यक्रम साथै पर्दा पछाडी रहने सम्पुर्ण विषयवस्तु र आवाजबिहिनको आवाज बनेर आफ्ना समाचार एवम् कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो । साथै उहाँले अन्लाईन र टेलिभिजनको मोबाइल एपलाई पनि थप परिस्कृत गर्दै लैजाने बताउनुभयो ।

राष्ट्रिय युवा संघको कार्यकर्ता भेला तथा कमिटी विस्तार कार्यक्रम सम्पन्न

भदौ १२/खबरकलम संवाददाता: रास्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँपालिका वडा नं १ अन्तर्गत रास्ट्रिय युवा संघ नेपालको वडा कमिटी विस्तार , प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख अतिथि क. राम बहादुर थापा नेकपा एमाले प्रदेश कमिटी सदस्य , विशिष्ट अतिथिमा क. विश्व पौडेल नेकपा एमाले क्षेत्र १ का क्षेत्रीय कमिटी अध्यक्ष , क. राजेन्द्र डुम्रे नेकपा एमाले वालिङ नगरकमिटी अध्यक्ष , समन्वय समिति स्याङ्जाका उपसभापति क. दिलिप बगाले , क. अर्जुन सुवेदी रास्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य लगायतका प्रशिक्षकले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।

आज सम्पन्न उक्त कार्यक्रममा करिब १२० जनाको उपस्थिति रहेको थियो र उक्त कार्यक्रमको संचालन राष्ट्रिय युवा संघको वडा नं १ का सहसंयोजक पिताम्बर अर्यालले गरेका थिए।

लायन्स क्लब अफ गण्डकी आँधीखोलाको परिचयात्मक कार्यक्रम सम्पन्न

भदौ १२/राजनप्रसाद पौडेल: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं १ स्थित श्रेष्ठ होटलको सभाहलमा लायन्स क्लब अफ गण्डकी आँधीखोलाले नयाँ सदस्यहरुबीच परिचयात्मक कार्यक्रम आज सम्पन्न गरेको छ।

लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीको संयोजनमा गरिएको उक्त कार्यक्रममा सदस्यबीच परिचयका साथै एक दिने लायन्स प्रशिक्षण समेत दिइएको थियो।‌ उक्त कार्यक्रमको अध्यक्षता पोखरा फेवा बेगनास चौतारीका लायन वर्ष २०२० – २०२१ का अध्यक्ष महेश्वर रिमालले गरेका थिए । प्रमुख अतिथिको रुपमा उपस्थित भएका कलष्टर प्रमुख मधुसूदन कोइरालाले सहभागी लायन्स सदस्यहरुलाई ओरियन्टेसन दिदैं लायन्स क्लब एउटा अन्तर्राष्ट्रिय सामाजिक सेवाको भावनाले ओतप्रोत भएको विशुद्ध राजनीतिरहित संस्था भएको र यो संस्थामा आबद्ध हुन चाहने र भएका सदस्यले स्वयंसेवक रुपमा मानव कल्याणको काममा लाग्नुपर्ने बताएका थिए ।

त्यसैगरी अर्का प्रशिक्षक सन्तोष घिमिरेले पनि क्लबको बारेमा जानकारी गराएका थिए। विश्वका २१२ भन्दा बढी देशमा १४ लाख भन्दा बढी सदस्यहरु रहेको र ४८००० शाखा संजालसहित समाज सेवा, आपतकालीन उद्धार, रक्तदान, स्वास्थ्य सेवा, वातावरण संरक्षण लगायतका क्षेत्रमा सकृयताका साथ काम गरिरहेको संस्थामा जोडिएर काम गर्न पाउनु आफैमा एक चुनौति र अवसर रहेको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहने सन्तोष घिमिरेको भनाइ थियो।‌‌

नवगठित लायन्स क्लब अफ गण्डकी आँधिखोलाका अध्यक्ष लायन जीवन अर्याल, सचिव सन्दिप काफ्ले र कोषाध्यक्ष रेशम देवकोटालाई प्रमुख अतिथिद्वारा लायन्सको लोगो अंकित ब्याच लगाएर बधाइ तथा शुभकामना दिइएको उक्त कार्यक्रममा विभिन्न पेशा, व्यापार, व्यवसाय तथा उद्योग गरेका व्यक्ति, पत्रकार, शिक्षक, कर्मचारी र राजनीतिकर्मी समेतको उपस्थिति थियो ।

करिब ३ घण्टा चलेको उक्त कार्यक्रमको अन्त्यमा नवगठित लायन्स क्लब गण्डकी आँधीखोलाका अध्यक्ष जीवन अर्यालले उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने कार्यक्रमको संचालन लायन क्लब पोखरा फेवा चौतारीका पिआरओ टंकप्रसाद ढकालले गरेका थिए।

बेरुजु सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन गाउँपालिकाले गर्यो पत्रकार सम्मेलन

भाद्र ९/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले ‌हालैमात्र महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु रकम सम्बन्धमा सामाजिक संजालमा गरिएका प्रश्न र जिज्ञासाको उत्तर आज पत्रकार र राजनैतिक दलको भेलामार्फत दिएको छ।

केही दिन यता सामाजिक संजालमा ‌अर्जुनचौपारी गाउँपालिका र यसका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतमाथि बेरुजुको विषयलाई लिएर विभिन्न टीका टिप्पणी तथा प्रश्नहरु तेर्साइएका थिए। ती तमाम कुरालाई ध्यानमा राख्दै आज गाउँपालिकाले भेला कार्यक्रम मार्फत यसको जवाफ दिएको हो।

नियमसंगत नभएका, पेश्की दिएर फर्छ्यौट नभएका, काम सम्पन्न नभईसकेका आयोजनाहरुका बिलभरपाई लगायतका कुरामा कागजातहरु नपुगेका जस्ता कारणले यस वर्ष गाउँपालिकामा देखिएको बेरुजु जिल्लामै अग्र स्थानमा थियो।

बेरुजुका विषयमा उठेका प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले बेरुजु देखिँदैमा भ्रष्टाचार नै गरेको भन्ने नहुने तर प्रकृयागत कुरामा कतिपय तालमेल नमिल्दा यस्तो समस्या देखिएकाले आफूले तुरुन्त यो समस्या समाधान गर्न उचित पहल गर्ने आश्वासन दिएका थिए।

गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले पनि न्यायिक तथा अन्य विषयमा आफूले ख्याल राख्दाराख्दै पनि यसरी बेरुजु देखिन गएकाले आउँदा दिनहरुमा आफ्नो भूमिका अझै सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिन्। बेरुजु सम्बन्धमा सर्वसाधारणको गुनासो र प्रतिक्रिया जायज हुने तर यही कारण आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदा चित्त दुखेको उनको भनाइ थियो।

प्रशासकीय अधिकृत कमल गौतमले देखिएको बेरुजुमध्ये केही शीर्षकको रकम उठाइसकिएको र आफू मातहतका कर्मचारीलाई थप समन्वय गराउँदै आउँदा दिनमा यो समस्या न्यूनीकरण गर्न सक्दो कोसिस गर्ने जनाएका छन्।

बेरुजुका विषयमा नेपाली कांग्रेसका अर्जुनचौपारी गाउँपालिका सभापति बोधनारायण रेग्मी, नेकपा एमाले अर्जुनचौपारी कमिटी अध्यक्ष मोहन अधिकारी, नेकपा माओवादी केन्द्र अचौगापा कमिटी इन्चार्ज तथा पत्रकार अर्जुन काफ्ले, जनशक्ति पार्टीका अध्यक्ष भीमबहादुर गोदार, नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले आफ्नो धारणा सार्वजनिक गरेका थिए।

सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधि, राजनैतिक दलका भातृ संगठन संयोजक, पत्रकार लगायत करिब ४० जना सम्मिलित उक्त कार्यक्रमको संचालन प्रशासकीय अधिकृत कमल गौतम र अध्यक्षता दीर्घनारायण अर्यालले गरेका थिए।

भीरकोट साना किसानले वितरण गर्यो, अन्तिम लट कुखुराका चल्ला

भदौ १/स्याङ्जा: भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले अन्तिम लटमा ७५०० भन्दा बढी लोकल कुखुराका चल्ला किसानलाई निःशुल्क वितरण गरेको छ।

भीरकोटका निम्न आयस्रोत भएका किसानलाई सहयोग स्वरुप निशुल्क लोकल कुखुराका चल्ला वितरण गर्ने कार्य सफलतापूर्वक सकिएको सहकारीका अध्यक्ष विश्वनाथ अर्यालले खबरकलमलाई जानकारी दिए।‌‌

पहिलो लटको वितरण कार्यक्रममै किसानहरुलो उल्लेख्य सहभागिता भएपछि दोश्रो, तेश्रो र चौथौ लटमा समेत कुखुराका चल्लाहरु वितरण गर्नुपरेको हो। बट्टाई, कालिज, टर्की, ब्रोइलर र लोकल प्रजातिका चल्ला वितरण गरेर किसानहरु आफैले चाडबाड तथा दशैंतिहारको समयमा उत्पादन गर्न मिल्ने र सोही समयमा खपत गराउन सकिने गरी सहकारीले चल्ला बाँडेको हो।

चाडबाडको समय यसैपनि खर्चिलो समय हो। दशैँतिहारको बेलामा अस्वभाविक रुपमा मासुको माग बढी हुन्छ। आफैले पालेका कुखुरा नै सो समयमा तयार हुने हुँदा तिनै कुखुरा मासुको रुपमा प्रयोग गर्न सकिने र मासुको लागि खर्च हुने पैसा समेत जोगाउन मिल्ने गरी यही समय पारेर बाँडिएको अर्यालको भनाई थियो।

सहकारीले नेपाल सरकारले प्रदान गर्ने अनुदानमा आधारित रहेर कृषि टनेल तथा विभिन्न प्रजातिका पंक्षीका चल्लाहरु वितरण गरिरहेको छ।

२०७५ सालमा स्थापना भएको भीरकोट साना किसान सहकारी संस्थामा हाल ६०० भन्दा बढी शेयर सदस्य पुगेका छन्।‌ निम्न आयस्रोत भएका किसानलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उदेश्यले सहुलियत दरमा ऋण समेत उपलब्ध गराउँदै आएको सहकारीले जनाएको छ। सहकारीले मासिक तथा समूह बचत नामक कार्यक्रम ल्याई बचतमा समेत जोड दिएको छ भने निकट भविष्यमै पशुबीमा,बालीबीमा, उत्पादनमा‌ आधारित सहुलियत ऋण तथा अनुदान कार्यक्रम समेत संचालनमा ल्याइन लागिएको संस्थाका अध्यक्ष विश्वनाथ अर्यालले जनाएका छन्।‌‌

साना किसान सहकारी संस्था देशभर नै शाखा भएको राष्ट्रिय स्तरको सहकारी संस्था हो। यसमा सहभागी हुन चाहनेले आफ्नो क्षेत्रमा रहेको साना किसाम सहकारी संस्थामा गई रु १०००‌ मै शेयरधनी हुन सकिन्छ।

नदीजन्य पदार्थ उत्खनन पक्राउ

साउन ३२/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अवैध रुपमा नदी उत्खननमा संलग्न रहेकालाई प्रहरी चौकी अर्जुनचौपारीले कारबाही गरेको छ।


अवैध रुपमा नदी दोहन कार्यमा संलग्न रहेको एउटा डोजरलाई कारबाही गरिएको हो । सम्राट कोहिनुर कन्स्ट्रक्सन प्रा.लि.को नाममा रहेको उक्त डोजर यस पालिकाको वार्ड न.- ३ सहरेस्थित दरौँखोलामा अवैध रुपमा नदी उत्खनन कार्यमा संलग्न रहेको प्रहरी चौकी अर्जुनचौपारीका प्रमुख असई लिलामणी उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा अवैध रुपमा नदी उत्खनन गरी चोरी निकासीमा डोजर प्रयोग गरिएको आधारमा उक्त कन्स्ट्रक्सन कम्पनीका संचालकहरुलाई कारबाही स्वरुप रु.२५ हजार जरिवाना गरी छाडिएको हो ।


अवैध रुपमा नदीजन्य पदार्थहरु चोरी निकासी नै गरेको ठोस प्रमाण नरहेपनि उक्त कन्स्ट्रक्सन कम्पनीको नाममा रहेको डोजर प्रयोग गरी थुपारिएको बालुवाको आधारमा जरिवाना तिराई कारबाही गरिएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालको भनाइ छ । यसै विषयमा स्थानीयले भने ठुलै नेताका सहयोगीहरुको सपोर्ट पाएर नै रातको समयमा अवैध रुपमा नदी उत्खनन कार्य गरिएको बताएका छन्। ।

जबर्जस्ती करणी गर्ने स्याङ्जाका एक युवा पोखरामा पक्राउ

साउन २६/पोखरा: जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक स्याङ्जाली युवालाई पोखराबाट पक्राउ गरेको छ।


स्याङ्जाका एक पुरुषले २६ वर्षीया युवतीलाई डर , त्रास र धाकधम्की दिई होटेलमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।


स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका घर भई कास्कीको पोखरा महानगरपालिका -१७ स्थित बिरौटामा बसोबास गर्दै आएका राजु भनेर चिनिने ३६ वर्षीय ख्याम बहादुर घर्तीलाई डर , त्रास र धाकधम्की देखाई पोखरा -६ स्थित खहरेको एक होटेलमा लगि जबर्जस्ती करणी गरेको भन्ने पिडित युवतीले दिएको जाहेरीका आधारमा गत सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनु भयो ।


जिल्ला अदालत कास्कीबाट पक्राउ परेका घर्तीलाई जबर्जस्ती करणी सम्बन्धी उद्योगमा ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

साउन २४/राम बहादुर रोका : स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यतामा निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ।

आज साउन २४ गते बिहान १०:३० बजेदेखि सुरु गरिएको उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आन्तरिक व्यवस्थापन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जा र रेडक्रस स्याङ्जाको सहकार्यमा सम्पन्न गरिएको थियो।

स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी प्रमुख होविन्द्र बोगटी, स्थानीय व्यक्ति तथा प्रहरी कर्मचारीको उपस्थितिमा आज बिना मास्क हिँड्ने करिब १५० जनालाई मास्क वितरण गरिएको जानकारी प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले दिए।

स्याङ्जा जिल्लामा केही दिनदेखि बढिरहेको कोरोना महामारी नियन्त्रण गर्न तथा कोरोना सम्बन्धी सचेतना फैलाउन पनि उक्त कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा निशुल्क रुपमा करिब १०००० थान मास्क वितरण गरिने जिल्ला प्रहरी कार्यालयले जानेको छ।

नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु

साउन २०/रवि थापा: नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस स्कुवा इन्टरनेसनल , मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षा देखि अर्को एउटा ताज सहमेत थप गरी यो वर्षा बाट ५ जना सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ। सहभागीले भदौ १५ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।

राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालको अध्यक्ष राम के सीले जानकारी गरउनु भयो । पछिल्लो तीन वर्षदेखि लगातार रुपमा आयोजना गरि राहेको यो प्रतियो गीतामा स्थानीय र प्रदेशमा रहेका युवतीहरुलाई पनि सहभागी गराउने उद्देश्यले साउन २० देखि भाद्र ११ सम्म नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताइयो । अन्तिम अडिसनका लागि भने होटल नेपालयमा भदौ १९ मा गरिने श्री प्रशाद शर्माले बताए । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने किरियो ग्राफर रोजिन शाक्यले बताउनु भयो । लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्ष केसीको भनाई छ।

पत्रकार सम्मेलनमा मिस ग्रान्ड नेपाल टुरिजम प्रीति पौडेल , मिस ग्रान्ड नेपाल लण्डस्केप अस्मिता ढुंगाना , किसन राज सिंह , उनीहरूले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे।

मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै, मोबाइल फोन , कम्पनी ambassador र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२१ , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्। कार्यक्रमको फारम आउदो साउन २० गते बाट देश भर खुल्ला गरिने छ , भने अडिसन, पोखरा, बिराटनगर ,बुटवल, चितवन, धरान ,लागाएतका विभिन्न सहर हरुमा हुने र मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपउक्त कक्षाबाट तालिम प्रदान गर्दै असोजको दशैंको घटस्थापनाका दिन गरिने बताउनु भयो।

अडिसन स्थान हुने र मिति।
– साउन २८ गते पाल्पा , साउन ३० गते पोखरा , भदौ ३ गते चितवन , भदौ ५ गते बिराटनगर , भदौ ९ ,गते धारन , भदौ १३ ,गते बुटवल , भदौ १५ ,गते हेटौडा , भदौ २० ,गते काठमाडौँ

स्याङ्जामा थप ६७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

साउन २०/स्याङ्जा: स्याङ्जा जिल्लामा आज थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले गरेको एन्टिजेन परीक्षणमा थपिएका ३२ जना सहित ६७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ भने आज थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।


वालिङ नगरपालिका वडा नंवर ९ की ७४ वर्षीया महिलाको उपचारको क्रममा आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , पोखरामा मृत्यु भएको हो ।