२०८३ अशोज ६, मङ्लबार

विरुवा गाउँपालिका बालश्रम मुक्त गाउँपालिका घोषित

असार १४/स्याङ्जा : स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकालाई बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको छ।

आज एक कार्यक्रम आयोजना गरी विरुवा गाउँपालिकालाई पूर्ण रुपमा बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको जानकारी विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले दिए। उनका अनुसार संविधान र संघीय कानून समेतले बालश्रमलाई निषेध गरेको र बालश्रम गराउनु कानूनी रुपमा दण्डित कार्य भएकाले सोही कानूनको पालना गर्दै विरुवा गाउँपालिकाभर बालश्रम कार्यलाई निषेध गरिएको हो।

विरुवा गाउँपालिका वडा नं २ का वडाध्यक्ष तथा विरुवा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक नोमबहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर, अतिथिको रुपमा विरुवा गाउँपालिका उपाध्यक्ष भगवती शर्मा, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य उपस्थित थिए।

बालकल्याण परिषद्का प्रतिनिधि, गुड सेफर्ड इन्टरनेसनलका प्रतिनिधि, विरुवा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी, स्थानीय बुद्धिजीवी, विद्यार्थी सहित करिब १०० जना उक्त कार्यक्रममा उपस्थित रहेका थिए।

विरुवा गाउँपालिकास्थित सम्पूर्ण घरधुरीमा स्थलगत अनुगमन तथा निरीक्षण गरी बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको उक्त कार्यक्रमका सञ्चालक दीपक ढुङ्गानाले थप जानकारी दिए।

आजैका मितिबाट यो घोषणा लागू गरिने र कहिंकतै बालश्रम गरिएको भेटिएमा कानूनबमोजिम कारवाही हुने छ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको दोस्रो पार्टी स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता /भीरकोट: राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपा स्याङ्जाद्वारा भीरकोटमा चियापान कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ।

भीरकोट स्थित सिटी हलमा आज एक कार्यक्रमका बीच आफ्नो दोस्रो स्थापना दिवस मनाइएको राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोटका अध्यक्ष सुरेश उचैं ठकुरीले जानकारी दिए। स्थापना भएकै साल राज्यको चौथो ठूलो दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो वैकल्पिक शक्तिको रुपमा आफूलाई उभ्याउन सफल भएको र आम जनताको मन जित्दै जनमैत्री काम गर्न आफूहरुले मिसन ८४ को नारा लिएर अघि बढेको उक्त कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका गण्डकी प्रदेश इन्चार्ज झविलाल डुम्रेले बताए।

विशिष्ट अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदीले जनतामा आधारित कार्यक्रम बनाएर घरघर पुग्नुपर्नेमा जोड दिंदै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना आाधिकारिक दस्तावेज, घोषणापत्र तथा नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्न जोड दिए।

उक्त चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए। नेपाली कांग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), नेकपा एमाले भीरकोटका अध्यक्ष हर्क गुरुङ, नेकपा माओवादी केन्द्र भीरकोटका अध्यक्ष मिनप्रसाद कोइराला लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य सुनौलो रहेकाले जनपक्षीय भएर काम गर्न शुभकामना सहित शुभेच्छा प्रकट गरे।

स्थानीय स्तरमा सक्रिय राजनीतिक दलका अतिरिक्त आमा समूह, युवा क्लब, लायन्स क्लब, उद्योग वाणिज्य संघ भीरकोटका प्रतिनिधि, समाजसेवी, पत्रकारहरु समेत उपस्थित उक्त कार्यक्रमको सञ्चालन डा. तुलसी प्रवास खनालले गरेका थिए भने सभापतित्व राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल स्याङ्जाका अध्यक्ष रुक्मांगद भण्डारीले गरेका थिए।

योग दिवसको अवसरमा अर्जुनचौपारीमा सरसफाइ कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अन्तराष्ट्रिय योग दिवस -२०२४ को अवसरमा योगासहित सरसफाइ कार्यक्रम गरी मनाइएको छ ।

अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा `आफू र समाजको लागि योग´ भन्ने मुल नारासहित बजार क्षेत्रका आमा समूह, युवा क्लब तथा पालिकाका कर्मचारी लगायतको उपस्थितिमा पालिकाको प्राङ्गणमा योगा कार्यक्रम गरी अर्जुनचौपारी बजारदेखि मजुवा बजारसम्म सरसफाइ गरी विश्व योग दिवस मनाइएको हो ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रन बहादुर थापाले योग र ध्यानको लागि पालिकाले सधैं प्राथमिकताका साथ अगाडि बढाउने कुरा व्यक्त गरेका थिए ।

त्यस्तै, अर्जुनचौपारी आयुर्वेद शाखाका कबिराज शिवप्रसाद अर्यालले आफू र समाजको लागि योग भन्ने विषयमा प्रशिक्षण दिँदै उचित आहार बिहार र स्वस्थ जीवनशैलीको बारेमा जानकारी दिएका थिए ।

अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रनबहादुर थापाको अध्यक्षतामा सम्पन्न विश्व योग दिवसको कार्यक्रममा स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत सन्तोष पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैद्य निरीक्षक ललित थापाले सञ्चालन गरेका थिए ।

विरुवामा उपाध्यक्ष महिला विकास कार्यक्रम अन्तर्गत ढाका बुनाइ तालिम सम्पन्न

जीवन अर्याल/स्याङ्जा : स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उपाध्यक्ष महिला विकास कार्यक्रम अन्तर्गत ढाका बुनाई तालिम सम्पन्न गरेको छ।

२०८० चैत २५ गतेदेखि २०८१ असार ५ गतेसम्म सम्म सञ्चालन भएको उक्त तालिममा १६ जना महिला सहभागी थिए। महिला उद्यमशीलता, व्यवशायीकरण साथै महिला सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा सहित उक्त तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

आगामी आर्थिक वर्षमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी सहित समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष भगवती शर्माले महिला लक्षित कार्यक्रमहरु सञ्चालन गरी महिलाहरुको सीप अभिवृद्धि, क्षमता विकास र व्यवशायीकरणमा अगाडी बढाउँदै महिलाहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गर्ने प्रयास गरिने बताइन्।

अर्जुनचौपारी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न, फजुल खर्च कटौतीले बजेटमा १२ करोड वृद्धि

जीवन अर्याल/असार ३: अर्जुनचौपारी गाउँपालिकाले आफ्नो १५ औं गाउँसभा सम्पन्न गरेको छ।‌

आज गाउँपालिकाको सभाहलमा आयोजना गरिएको १५ औं गाउँसभामा पालिका प्रमुख प्रकाश तिवारीले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।‌

फजुल खर्च कटौतीले बजेटमा उल्लेख्य वृद्धि गर्दै आर्थिक वर्ष २०८१/८२ को लागि कुल ५६ करोड ६० लाख ७५ हजारको स्रोत व्यवस्थापन गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

के-के छन् नीति तथा कार्यक्रम?

शिक्षा क्षेत्रमा सुधारका लागि अर्जुनचौपारी गाउँपालिकामा नमूना विद्यालय बनाइने। “म जिम्मेवार शिक्षक” नारासहित सम्पूर्ण माध्यमिक विद्यालयमा डिजिटल हाजिरी व्यवस्था गरिने। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि (basic life skills) सिकाइ लागू गरिने, कक्षा ६-८ सम्म अनिवार्य संस्कार शिक्षा लागू गराइने।

” नागरिकलाई टेवा, टोल-टोलमा स्वास्थ्य सेवा” कार्यक्रम मार्फत स्वास्थ्य सेवा र पूर्वाधारको थप विकास गरिने। स्याङ्जा,पोखरा लगायतका अस्पतालमा रिफर गरिएका बिरामीको सुविधाको निम्ति “स्वास्थ्य सेवा सहजीकरण कार्यक्रम” सुरु गरिने‍।

विद्यार्थीको स्वास्थ्य र सरसफाइको नियमित जाँच गर्न “विद्यालय स्वास्थ्य कार्यक्रम” सञ्चालनमा ल्याइने। स्थानीय स्तरमा उत्पादित खाद्यवस्तुको दिवाखाजामा अधिकतम प्रयोग गरिने।

कृषि पलायनलाई सम्बोधन गर्न आमा समूह र कृषि समूह मार्फत सामुहिक खेती कार्यक्रमलाई प्राथमिकता दिइने। पशुपालनलाई धर्म र संस्कृतिसँग जोड्दै “एक टोल, एक काठे गाई” कार्यक्रम सञ्चालन गरिने।

पर्यटकीय गन्तव्यको पहिचान सहित पालिकालाई शैक्षिक गन्तव्य बनाउन ” म्याथमेटिकल पार्क र बोटानीकल पार्क” निर्माण गरिने।

पालिकाको केन्द्रदेखि वडासम्म पुग्न कालोपत्रे मोटरबाटो निर्माण गरिने। गोरेटो बाटो निर्माणलाई निरन्तरता दिइने। स्वास्थ्य संस्था, विद्यालय पुग्ने बाटोलाई प्राथमिकतामा राखिने।

कार्यक्रम र योजनाको सामाजिक लेखापरीक्षण गरिने। घरजग्गाको अभिलेखीकरण तथा नक्सापास अनिवार्य गराइने।

युवा, दलित, महिला, श्रमिक, साना किसान, असाहाय तथा अपाङ्ग भएका व्यक्ति, गरिब तथा विपन्न, सीमान्तकृत अल्पसंख्यक र पिछडिएको वर्गहरूको सबलीकरण र सशक्तीकरणका लागि सीपमूलक र रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने।

सीपमूलक रोजगार प्रवर्द्धनको लागि रोजगार सेवा केन्द्र, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, गरिब संग बिशेश्वोर कार्यक्रम, स्थानीय रोजगार कार्यक्रम र दलित उत्थान केन्द्रका कार्यक्रमहरू प्राथमिकताका साथ अगाडि बढाइने।

महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्न र समुदायिक विकासका कार्यहरूमा समान सहभागिताका लागि उपयुक्त वातावरण प्रदान गरिने। यसको लागि सबै जातजातिको प्रतिनिधित्व हुने गरी सबै टोलमा आमा समूह गठन र परिचालन लाई अझै सुदृढ र सशक्त बनाइने।

लैङ्गिक हिंसा, घरेलु हिंसा, जातीय छुवाछुत, भेदभाव र बोक्सीका आरोप जस्ता कुरीति, कुप्रथा अन्त्य गर्न निरोधात्मक, संरचनात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने।

सडक बालबालिका, अनाथ, असहाय, टुहरा, अपाङ्गता भएका बेवारिसे तथा हिंसा पीडितको उद्धार, संरक्षण, न्यायमा पहुँच र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाइने। बालमैत्री, अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्दै लगिने, साथै सबैखाले बालश्रम शोषणको अन्त्य गरिने।

दिगो विकासका लक्ष्य हाशिल गर्न वातावरणको संरक्षण अपरिहार्य भएकाले जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन बिना अव्यवस्थित रुपमा खनिएका ट्रयाकहरुले गर्दा सुक्दै गएका खानेपानीका मूलहरुमूलहरूको संरक्षण गर्ने र खानेपानी समस्या हुन नदिन भरणपोखरी निर्माण र वृक्षारोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाइने।

स्थानीय स्तरमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, स्थानीय तटबन्द, नदी र पहिरोको नियन्त्रण, विपद जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थान्तरण गर्ने एवं विपद व्यवस्थापनका लागि वडा वडामा विपद व्यवस्थापन समितिलाई परिचालन गर्ने नीति लिइने।

सार्वजनिक जग्गा एवं सम्पत्ति संरक्षणको लागि आवश्यक कानुनको निर्माण गरिनेछ। पालिकामा विद्युतीय प्रणाली QR कोड मार्फत राजस्व भुक्तानीको व्यवस्था गरिने। अनावश्यक निर्माण, अनावश्यक अनुदान र फजुल खर्चलाई कटौती गरिने। क्षतिपूर्ति, आर्थिक सहायता वितरण र पालिकाबाट उपलब्ध सेवा सुविधालाई पारदर्शी र वैज्ञानिक बनाउँदै लगिने।

सेवा प्रवाहको लागि आवश्यक पर्ने न्यूनतम प्रशासनिक खर्चका लागि बजेट विनियोजन गरी प्रशासनिक संरचना र कार्यहरूलाई मितव्ययी बनाउन अनुत्पादक खर्चहरू कटौती गर्ने नीति अवलम्बन गरिने।

जनप्रतिनिधि र कर्मचारीहरूको अन्तरसम्बन्ध सुदृढ गर्न, कार्यक्षमता अभिवृद्धि गर्न तथा जवाफदेही बनाउने कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने।

अर्जुनचौपारी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न, फजुल खर्च कटौतीले बजेटमा १२ करोड वृद्धि

जीवन अर्याल/असार ३: अर्जुनचौपारी गाउँपालिकाले आफ्नो १५ औं गाउँसभा सम्पन्न गरेको छ।‌

आज गाउँपालिकाको सभाहलमा आयोजना गरिएको १५ औं गाउँसभामा पालिका प्रमुख प्रकाश तिवारीले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।‌

आर्थिक वर्ष २०८१/८२ को लागि कुल ५६ करोड ६० लाख ७५ हजारको स्रोत व्यवस्थापन गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

के-के छन् नीति तथा कार्यक्रम?

  • शिक्षा क्षेत्रमा सुधारका लागि अर्जुनचौपारी गाउँपालिकामा नमूना विद्यालय बनाइने। “म जिम्मेवार शिक्षक” नारासहित सम्पूर्ण माध्यमिक विद्यालयमा डिजिटल हाजिरी व्यवस्था गरिने। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि (basic life skills) सिकाइ लागू गरिने, कक्षा ६-८ सम्म अनिवार्य संस्कार शिक्षा लागू गराइने।
  • ” नागरिकलाई टेवा, टोल-टोलमा स्वास्थ्य सेवा” कार्यक्रम मार्फत स्वास्थ्य सेवा र पूर्वाधारको थप विकास गरिने। स्याङ्जा,पोखरा लगायतका अस्पतालमा रिफर गरिएका बिरामीको सुविधाको निम्ति “स्वास्थ्य सेवा सहजीकरण कार्यक्रम” सुरु गरिने‍।
  • विद्यार्थीको स्वास्थ्य र सरसफाइको नियमित जाँच गर्न “विद्यालय स्वास्थ्य कार्यक्रम” सञ्चालनमा ल्याइने। स्थानीय स्तरमा उत्पादित खाद्यवस्तुको दिवाखाजामा अधिकतम प्रयोग गरिने।
  • कृषि पलायनलाई सम्बोधन गर्न आमा समूह र कृषि समूह मार्फत सामुहिक खेती कार्यक्रमलाई प्राथमिकता दिइने। पशुपालनलाई धर्म र संस्कृतिसँग जोड्दै “एक टोल, एक काठे गाई” कार्यक्रम सञ्चालन गरिने।
  • पर्यटकीय गन्तव्यको पहिचान सहित पालिकालाई शैक्षिक गन्तव्य बनाउन ” म्याथमेटिकल पार्क र बोटानीकल पार्क” निर्माण गरिने।
  • पालिकाको केन्द्रदेखि वडासम्म पुग्न कालोपत्रे मोटरबाटो निर्माण गरिने। गोरेटो बाटो निर्माणलाई निरन्तरता दिइने। स्वास्थ्य संस्था, विद्यालय पुग्ने बाटोलाई प्राथमिकतामा राखिने।
  • कार्यक्रम र योजनाको सामाजिक लेखापरीक्षण गरिने। घरजग्गाको अभिलेखीकरण तथा नक्सापास अनिवार्य गराइने।
  • युवा, दलित, महिला, श्रमिक, साना किसान, असाहाय तथा अपाङ्ग भएका व्यक्ति, गरिब तथा विपन्न, सीमान्तकृत अल्पसंख्यक र पिछडिएको वर्गहरूको सबलीकरण र सशक्तीकरणका लागि सीपमूलक र रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने। सीपमूलक रोजगार प्रवर्द्धनको लागि रोजगार सेवा केन्द्र, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, गरिब संग बिशेश्वोर कार्यक्रम, स्थानीय रोजगार कार्यक्रम र दलित उत्थान केन्द्रका कार्यक्रमहरू प्राथमिकताका साथ अगाडि बढाइने।
  • महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्न र समुदायिक विकासका कार्यहरूमा समान सहभागिताका लागि उपयुक्त वातावरण प्रदान गरिने। यसको लागि सबै जातजातिको प्रतिनिधित्व हुने गरी सबै टोलमा आमा समूह गठन र परिचालन लाई अझै सुदृढ र सशक्त बनाइने।
  • लैङ्गिक हिंसा, घरेलु हिंसा, जातीय छुवाछुत, भेदभाव र बोक्सीका आरोप जस्ता कुरीति, कुप्रथा अन्त्य गर्न निरोधात्मक, संरचनात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने।
  • सडक बालबालिका, अनाथ, असहाय, टुहरा, अपाङ्गता भएका बेवारिसे तथा हिंसा पीडितको उद्धार, संरक्षण, न्यायमा पहुँच र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाइने। बालमैत्री, अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्दै लगिने, साथै सबैखाले बालश्रम शोषणको अन्त्य गरिने।
  • दिगो विकासका लक्ष्य हाशिल गर्न वातावरणको संरक्षण अपरिहार्य भएकाले जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन बिना अव्यवस्थित रुपमा खनिएका ट्रयाकहरुले गर्दा सुक्दै गएका खानेपानीका मूलहरुमूलहरूको संरक्षण गर्ने र खानेपानी समस्या हुन नदिन भरणपोखरी निर्माण र वृक्षारोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाइने।
  • स्थानीय स्तरमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, स्थानीय तटबन्द, नदी र पहिरोको नियन्त्रण, विपद जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थान्तरण गर्ने एवं विपद व्यवस्थापनका लागि वडा वडामा विपद व्यवस्थापन समितिलाई परिचालन गर्ने नीति लिइने।
  • सार्वजनिक जग्गा एवं सम्पत्ति संरक्षणको लागि आवश्यक कानुनको निर्माण गरिनेछ। पालिकामा विद्युतीय प्रणाली QR कोड मार्फत राजस्व भुक्तानीको व्यवस्था गरिने। अनावश्यक निर्माण, अनावश्यक अनुदान र फजुल खर्चलाई कटौती गरिने। क्षतिपूर्ति, आर्थिक सहायता वितरण र पालिकाबाट उपलब्ध सेवा सुविधालाई पारदर्शी र वैज्ञानिक बनाउँदै लगिने।
  • सेवा प्रवाहको लागि आवश्यक पर्ने न्यूनतम प्रशासनिक खर्चका लागि बजेट विनियोजन गरी प्रशासनिक संरचना र कार्यहरूलाई मितव्ययी बनाउन अनुत्पादक खर्चहरू कटौती गर्ने नीति अवलम्बन गरिने।
  • जनप्रतिनिधि र कर्मचारीहरूको अन्तरसम्बन्ध सुदृढ गर्न, कार्यक्षमता अभिवृद्धि गर्न तथा जवाफदेही बनाउने कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने।

गाउँपालिकाको आर्थिक सहयोगमा दलित उत्थान केन्द्र अर्जुनचौपारीले‍ बनाइदियो गरिबलाई घर

खबरकलम डेस्क: अर्जुनचौपारी गाउँपालिकाको आर्थिक सहयोगमा दलित उत्थान केन्द्रद्वारा अर्जुनचौपारी गाउँपालिका वडा नं ४ रापाकोटमा ९२ वर्षीय धनकुमारी दर्जीको घर मर्मत तथा अर्जुनचौपारी गाउँपालिका वडा नं ५ मुलाबारीकी ५९‌वर्षीय फुलमाया दर्जी तथा वडा नं ५ आरुचौर निवासी धनबहादुर बिकको २ कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको छ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि अर्जुुुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत आशिष शर्मा, वडा नम्बर १ का वडाध्यक्ष रणबहादुर थापा, वडा नम्बर ५ का वडाध्यक्ष बद्री पौडेल, प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्ले, कार्यपालिका सदस्य प्रेम नेपाली, वडा सदस्यहरु नेत्र बहादुर गुरुङ, देवका चापागाईं, हिराकुमारी बिक, धनमाया बिक, रामु विष्ट लगायतका व्यक्तिको उपस्थितिमा नवनिर्मित घरको साँचो हस्तान्तरण गरिएको हो।

उक्त अवसरमा पौडेल फेन्सी स्टोर अर्जुनचौपारीका प्रोपाइटर बेलप्रसाद पौडेलले रापाकोटकी धनकुमारी दर्जीलाई १ सेट बेड बिस्तारा तथा लगाउने चप्पल, साडी, टिसर्ट सल लगायतका सामग्रीहरु सहयोग गरे।

दलित उत्थान केन्द्र अर्जुनचौपारीले‍ दलितहरुको घर निर्माणमा अग्रसरता देखाइरहेको छ।