२०८३ अशोज ५, सोमवार

भीरकोट जेसिसको चौथो साधारणसभा सम्पन्न

पौष ११/स्याङ्जा: भीरकाेट जेसीजकाे चाैथाे साधारणसभा र तेस्रो अधिवेशन आज सम्पन्न भएको छ।

उक्त अधिवेशनले वर्ष २०२२ का लागि सर्वसम्मत अध्यक्ष पदमा जेसी कृष्ण प्रसाद पाैडेललाई‌ चयन गरेको छ।

यसैगरी का.का उपाध्यक्ष : जेसी शिव प्रसाद खनाल, का.का उपाध्यक्ष : जेसी शिर्जना गाैतम, महासचिव : जेसी सुन्दर काेईराला, काेषाध्यक्ष : जेसी विजय गुरूङ, कानुनी सल्लाहकार : जेसी भरत खडका, उपाध्यक्ष : जेसी विमला रेग्मी श्रेष्ठ, उपाध्यक्ष : जेसी रिवन विश्वकर्मा, उपाध्यक्ष : जेसी रूद्र ढुङगाना, उपाध्यक्ष : जेसी ज्याेति थापा, शाखा निर्देशक : जेसी गेमा सारू , अध्यक्ष सल्लाहकार : जेसी सुशील ठकुरी, बाेर्ड सल्लाहकार : जेसी वर्षा पंगेनि चयन भएका छन्।

केही समय अघिमात्र पोखरामा जेसिसको राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो।

भीरकोट उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन सम्पन्न

पौष १०/राजनप्रसाद पौडेल: भीरकोट उद्योग वाणिज्य संघ तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ ।

पौष ९ र १० गते गरी २ दिनसम्म भएको सो साधारणसभाको उद्घाटन भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले गरेका थिए।

उद्घाटन समारोह बोल्दै उनले उद्योग वाणिज्य संघ र नगरपालिकाको सम्बन्ध जहिले पनि समुधुर भएको र आगामी दिनमा पनि हुने विश्वास व्यक्त गरेका थिए । अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै सबल र सक्षम चयन हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त अधिवेशनले जगदिश प्रसाद कोइरालालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्याल, प्रथम उपाध्यक्ष : चिन्तामणी चापागाईं द्वितीय उपाध्यक्ष : कमल त्रिपाठी
महासचिव :चोपनारयण श्रेष्ठ, सचिव : पर्वत खाम्चा मगर, कोषाध्यक्ष : राजकुमार श्रेष्ठ, सहकोषाध्यक्ष: कृष्ण वहादुर खत्री, सदस्य : मित्रकुमारी खनाल, शिव प्रसाद खनाल, धमन सिं गुरुङ, सुशील अर्याल, देवीप्रसाद चापागाईं, सन्दीप के. सी., छबिलाल बि. क., रेखा बसेल, राजन सुनार, जफर अलि सर्वसम्मत चयन भएका छन्।

प्रगति महिला विकास सहकारीको साधारणसभा सम्पन्न

पौष १०/युवराज अर्याल: पुतलीबजार नगरपालिकाका प्रमुख सिमाकुमारी क्षेत्रीले सहकारीबाट उद्यम र सामुहिक उत्पादन गरेर समृद्ध नगरको सपना पुरा हुने बताउनुभएको छ ।

पुतलीबजार नगरपालिका ११ स्थित मायाटारीमा रहेको प्रगति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै महिलाको सहभागितामा सञ्चालित सहकारीले महिलाको आर्थिक उन्नती संगसगै सामाजिक शसक्तिकरणमा ठुलो भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नुभयो ।


कार्यक्रममा पुतलीबजार नगरपालिकाका सहकारी शाखा प्रमुख विष्णु प्रसाद ढकाल, वडा नम्बर ११ का कार्यवाहक वडाध्यक्ष मनोज पौडेल, नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास समिति संयोजक बाबुकाजी जिटी, जिल्ला बचत तथा ऋण सहकारी संस्था का सल्लाहकार एवं नवज्योति कृषि सहकारी संस्थाका प्रबन्धक भुमीजंग केसी, गाउँले बचत तथा ऋण सहकारीका अध्यक्ष खेमराज अर्याल, उपाध्यक्ष डाँसीनारायण पौडेल, सचिव याम बहादुर केसी लगायतका वक्ताहरुले सहकारी सम्बन्धि आआफ्ना धारणा, अनुभबहरु र शुभकामना मन्तब्य राखेका थिए ।


साधारणसभामा संस्थाका अध्यक्ष तारा केसी अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भवानीदेवी ढकाल क्षेत्रीले आर्थिक प्रतिवेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाबाट वार्षिक नियमित कारोबार गर्ने र संस्थालाई बिभिन्न योगदान पुर्याउने शेयर सदस्य मध्ये ज्येष्ठ नागरिक, असल कर्जा सेवाग्राही र नियमित बचतकर्ता लाई सम्मान गरिएको थियो, त्यसैगरी संस्थामा प्राबिधिक सहयोग गर्ने युएनडिपिका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख ई. सुदिप अर्याललाई पनि सम्मान गरिएको थियो ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष तारा केसी अर्यालको अध्यक्षतामा सम्पन्न साधारणसभामा सदस्य जुना केसीले स्वागत मन्तब्य र सदस्य हिमकुमारी जिटीले धन्यबाद मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सीता अर्यालले गर्नुभएको थियो ।
संस्थाको आजै भएको अधिवेशन बाट तारा केसी अर्यालकै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ
जसको उपाध्यक्ष गङ्गा अर्याल,
सचिव सिता अर्याल,
कोषाध्यक्ष भवानी ढकाल क्षेत्री र
सदस्यहरुमा जमुना सेन्चुरी, हिम कुमारी जिटी, सरिता पौडेल केसी, राधा केसी रोका, जुना केसी, बिष्णु अर्याल, गिता केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।


त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रञ्जु अर्याल, शिक्षा उपसमितिमा ऋषिकुमारी पराजुली अर्याल र लक्ष्मी पौडेलको संयोजकत्वमा महिला हिंसा नियन्त्रण उपसमिति गठन गरिएको छ ।

प्याब्सन स्याङ्जाको अध्यक्षमा गैह्रे निर्विरोध निर्वाचित

पौष ४/स्याङ्जा: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन स्याङ्जाको जिल्ला अधिवेशन आज सम्पन्न भएको छ।

स्याङ्जाको सहयात्री पार्टी प्यालेसमा आज सम्पन्न भएको १४ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा पाइनिअज स्कुल वालिङका प्रिन्सिपल मेघराज गैह्रे निर्विरोध निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा माधब गैह्रे, सचिव लेखनाथ रेग्मी, कोषाध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।

यसैगरी, सहसचिव रेशम देवकोटा, सहकोषाध्यक्ष याम बहादुर जिसी सुनिल, सदस्यहरुमा जीवन अर्याल, मेखराज केसी, लक्ष्मी बराल, मुक्त राना, यामप्रसाद डुम्रे, गिरीराज वाग्ले लगायतका शैक्षिक व्यक्तित्वहरु चयन भएका छन्।

सम्पूर्ण निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई प्याब्सन नेपालका केन्द्रीय सदस्य अमृत अर्यालले शपथ ग्रहण गराएका थिए। सदस्यहरुको कार्यकाल ३ वर्षको हुनेछ।

उल्लेरी युवा क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने

मंसिर १५/स्याङ्जा:

राम बहादुर रोकाहा
स्याङ्जा र कास्की जिल्लाको सिमाना स्थित पर्ने उल्लेरी गाउँमा स्थानीय युवा क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ ।


“स्वास्थ्य जिवनका लागि खेल” भन्ने मुल नारा सहित यहि मंसिर २२ देखि २५ गतेसम्म पोखरा -२२, उल्लेरी स्थित ब्याडचौर खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको उल्लेरी युवा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो ।


उक्त प्रतियोगिता बाजि मार्ने प्रथम टिमलाई रु. ५०,००० , ट्रफी, मेडल , प्रमाणपत्र ,दृतिय हुने टिमलाई रु. २५,०००, ट्रफी, मेडल , प्रमाणपत्र र तृतीय हुने टिमलाई रु. १०,००० , मेडल , प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ भने गेमका उत्कृष्ट खेलाडी साथै बेस्ट गोलकिप्परलाई समेत ट्रफीले पुरस्स्कृत गरिने अध्यक्ष जीवन गुरुङले बताउनुभयो ।
त्यस्तै प्रतियोगितामा भाग लिन आउने टिमलाई दर्ता शुल्क रु. ५,००० रहेको र दर्ता मंसिर १८ गतेसम्म गर्न सकिने व्यहोरा क्लबका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।